Daily Archives: 21/11/2010

तमु समाज, कुवेत द्वारा ल्होछार २०१० भब्यताका साथ मनाउने


– राजु गुरुङ, कुवेत

गुरुङहरुको महान पर्व ल्होछार, कुवेतबासी गुरुङहरुले धुमधामका साथ ब्यापक कार्यक्रम गरी यही आउदो ३१ डिसेम्बर २०१० शुक्रबारमा मनाउने भएको छ। कुवेतबासी गुरुङ (तमु) हरुको साझा संस्था “तमु समाज, कुवेत” को नोवेम्बर १९, २०१० मा बसेको नियमित बैठकले सो निर्णय गरेको हो। बैठकमा कार्यक्रम गरिने स्थान भने तोकिएको छैन, अर्को सुचना मार्फत छिट्टै स्थान पनि तोकिने बताइएको छ। बैठकमा ल्होछार आयोजक मूल समिती खडा गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको भलिबल प्रतियोगिता (नोभेम्बर २०१०)


“हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने नाराका साथ कुवेतमा स्थापना भएको लालीगुराँस साँस्कृतिक परिवारले १९ नोभेम्बर २०१० का दिन, कुवेतमा खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गरेको छ । भलिबल प्रतियोगिताका प्रमुख झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

चौबाटोमा अल्मलिएको मुलुक


                                                                                                                      –  मेदिनीकुमार केवल 
मुलुक यतिखेर संविधान लेखनको महत्वोपूर्ण काममा भन्दा पनि सरकार बनाउने कार्यमा अल्झिएको छ । तरह-तरहका लेख र पृथक् पृथक्का वयानबाजीले राजनीतिक दल तथा तिनका नेताहरू अलग अलग हिँड्न थालेको भान हुँदैछ । नेपालको नयाँ संविधान निर्माणको सफलता मात्र नेताहरूको सफलता होइन, बरु सिङ्गो मुलुक र सार्वभौम नेपाली जनताको भविष्यप्रतिको सफलता हो भन्ने कुरा नेताहरूले बुझ्न नसकेको जस्तो लाग्छ । पढ्नेक्रम जारी राख्नुहोस्

पालुङटार विस्तारित बैठक: नीति र नेतृत्वको लडाइँ


भोजराज भाट,

काठमाडौं, मंसिर ५- विस्तारित बैठक हुन एक साताअघि एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाको बौद्धस्थित डेरामा पार्टीका शीर्षस्थ नेताहरूबीच जुनखाले रस्साकस्सी देखियो, त्यस्तो अवस्था पार्टीमा कहिलै आएको थिएन।

आसन्न विस्तारित बैठकमा ‘मिलेर जाऊँ’ भनेर अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई थापाको डेरामा बोलाएका थिए। करिब तीन घण्टाको बहसले उनीहरूमा मिल्ने कुनै लक्षण देखिएन, उल्टै एकअर्काबीच भएको ‘शाब्दिक वाण’ प्रहारले झनै दुरी बढायो। पढ्नेक्रम जारी राख्नुहोस्

अनुराधा सिएनएन हिरो घोषित


काठमाडौ, मंसिर ५ – माइती नेपालकी संस्थापक अनुराधा कोइराला ‘सिएनएन हिरो २०१०’ घोषित भएकी छिन् । सामाजिक सेवामा उल्लेखनिय कार्यगरेवापत उनलाई सिएनएनले हिरो घोषणा गरेको हो ।

मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइत नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्