काठमाडौं, मंसिर ४ । एकीकृत नेकपा माओवादीले हिजो सदनमा भएको घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । सरकारले बलमिच्याईं गरेर सहमति विपरित बजेट ल्याउन लागेकोले सदनमा अवरोध गरिएको माओवादीको भनाई छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जवरजस्ती पूर्ण बजेट ल्याउने भएपछि रोस्टम घेर्ने क्रममा सामान्य ठेलमठेलमात्र भएको बताएका छन्।
अन्तरिम संविधानको धारा ९६ संसोधन गरेर कामचलाउ सरकारले बजेट ल्याउने सहमति भए पनि अन्तिम समयमा धारा ९३ अनुसार अध्यादेशमार्फत् बजेट ल्याउन लागिएकोले माओवादीले पूर्वनिर्धारित कार्यक्रमअनुसार विरोध गरेको उनको भनइ रहेको थियो ।
‘सहमति, संविधान र लोकतान्त्रिक विधिविपरित सरकारले बजेट ल्याउन लागेकोले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हामीले विरोध गरेका हौं,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘सदनमा जे भयो, त्यसको पूरा जिम्मवारी सरकारले लिनुपर्छ ।’
अध्यादेशमार्फत् बजेट ल्याउनु घोर आपत्तीजनक भएको भन्दै माओवादीले आफ्नो सहमतिविपरित चालु अधिवेशन अन्त्य गरिएकोमा पनि विरोध जनाएको छ ।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शनिबार विहान राष्ट्रपति डा. रामवरण यादवलाई भेट गरी अध्यादेशमार्फत् बजेट ल्याइए दलहरुबीच अझै असहमति बढ्ने बताएका थिए । राष्ट्रपतिको कार्यालय शीतल निबासमा भएको भेटमा माओवादी अध्यक्ष दाहालले सरकार प्रतिपक्षी दललाई सहमतिमा ल्याउनुको सट्टा चिढ्याएर सहमति बिथोल्न लागिपरेको टिप्पणी गरे ।
Posted by: Narayan Nepal Source: Weeklynepal
sarkar le bajet nalyauda desh nai nachale awstha vayepachhi bajet lyaunu baddyata nai ho mawobadi le saidantik bichar bimarsa garnu parne ho tara hatpat garnu ra dhakka mukka garnu naitik hin karya vayeko dekhinchha yesaile yesta kisimko galti nadohariyos vanera mawobadi parti lai sujhab dina chahanchhu.dhanyabad.