काठमाडौं, मङ्सिर ४- माओवादीले संसदमार्फत् बजेट जारी गर्न नदिएपछि सरकारले आज राष्ट्रिय योजना आयोगको हलबाट बजेट सार्वजनिक गरेको छ। बजेट जारी हुनु केही समयअघि मात्र राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसैका आधारमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।
बजेटले महिलालाई प्रत्यक्षरुपमा लाभ पुग्ने कार्यक्रममा बजेटको १७.९ प्रतिशत अर्थात् ६० अर्ब ६१ करोड विनियोजन गरेको छ। त्यसैगरी काठमाडौंको मूलपानी र रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान निर्माण गर्न ४ करोड छुट्ट्याइएको छ। कर्णाली रोजगार कार्यक्रमका लागि २५ करोड विनियोजन गरिएको छ।
कृषि तथा पशु बीमा गर्दा लाग्ने प्रिमियमको ५० प्रतिशत रकम अनुदानका रुपमा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइएको छ। कृषि क्षेत्रमा अनुसन्धान तथा विकास कार्यक्रम सञ्चालन गर्न ९८ करोड विनियोजन भएको छ। कृषकलाई रासायनिक तथा प्राङ्गारिक मलमा दिइने अनुदानमा उच्च वृद्धि गरी २ अर्ब ७५ करोड बजेट छुट्याइएको छ।
Posted by : Narayan Nepal Source: Nagariknews