कोशेली भनि ल्याएको छैन केहि,सुन र धनको
दुई,चार शब्द दिदैछु उपहार पवित्र मनको
अन्धकार रातमा पनि चम्किरहने दिब्य तिम्रो मुहार
ज्ञान,बिध्या,बुध्दी र उदारताका खानी,किन चाहियो जुहार
साहित्यको ऐनामा समाज को रुप चिनायौ सबैलाई
दीन दुखि माथि दया राखे पुण्य मिल्छ आफैलाई
मुनामदन,शकुन्तला जस्ता उपहार दिदै गयौ हामीलाई
लाज लाग्छ आफै देखि केहि उपहार दिन सक्या छैन तिमीलाई
हेरी लक्ष्मीपूजा को दिन घर आगनमा झिलिमिली दियो जलाई
कुरी रहेको हुनेछु लक्ष्मीप्रसाद फेरी पुन तिम्रो आगमनलाई !!!.
राजेन्द्र शर्मा
मराफी कम्पनी कुवेत
sharmarajendra1982@yahoo.com
Posted by: Thapa/Bikram Mr