योगेश खतिवडा/काठमाडौं
आर्थिक मन्दीका कारण नेपाली कामदारको मुख्य गन्तव्य संयुक्त अरब इमिरेट्स -यूएई) मा माग घटेपनि अहिले ‘ग्ल्यामरस सेक्युरिटी’ को माग उच्च दरले बढेको छ । यूएईले सन् २०१२ मा मुलुकका सबै स्थानमा सुरक्षाका लागि मात्र नभई आगन्तुको स्वागत गर्न सक्ने सुरक्षा गार्ड -ग्ल्यामरस सुरक्षा गार्ड) राख्ने योजना सुरु गरेपछि यस्तो भएको हो । यस्ता गार्डले सामान्य लेखपढ गरेको हुनुपर्छ ।
यसअघि नपढेकालाई पनि सुरक्षा गार्डमा लिने गरेको यूएईको यस्तो कदमपछि ग्ल्यामरस गार्डको माग विगत दुई महिनायता तिन गुणाले बढेको छ ।
‘मन्दीपछि सुरक्षा गार्डबाहेक अन्य क्षेत्रको माग पहिलेको अवस्थामा आउन सकेको छैन्,’ वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुमोद खनालले भने, ‘तर सुरक्षा गार्डको माग भने तीन गुणाले बढेको छ ।’
उनी अहिले दैनिक ३० देखि ४० जना नेपाली यूएईमा सुरक्षा गार्डका लागि जाने गरेको बताउँछन् । मन्दी अघि पनि यस क्षेत्रमा दैनिक १०/१५ जना कामदार जाने गरेका छन् । यसरी लगिएका ग्ल्यामरस सेक्युरिटीको न्यूनतम मासिक तलब २ हजार रियाल -करिब ४० हजार रुपैयाँ) तोकिएको छ ।
तर मन्दी अघि गार्डको काममा जानेभन्दा अन्य क्षेत्रमा धेरै नेपाली जान्थे । यो व्यवस्थापछि मन्दीले घटेको अन्य क्षेत्रको मागमा भने बृद्धि हुन सकेको छैन् । ‘अन्य क्षेत्रमा जाने कामदारको संख्या अहिले औसत दैनिक १०/१५ मात्र छन्,’ उनले भने, ‘मन्दी घटिरहँदा पनि अन्य क्षेत्रमा कामदारको माग भने बढ्न सकेको छैन् ।’
यसरी लैजाने सेक्युरिटी गार्डले न्यूनतम प्लस टु पढेको हुनुपर्ने व्यवस्था छ । ‘प्लस टु पास गरेकाले मात्र ग्ल्यामरस सेक्युरिटी गार्डको रूपमा काम गर्न पाउँछन्,’ उनले थपे, ‘गार्डको अन्तर्वार्ता लिन रोजगारदाता कम्पनीले उत्तैबाट मानिस पठाउने गरेका छन् ।’ तर अंग्रेजीमा सामान्य कुराकानी गर्न सक्ने एसएलसी पास गरेकालाई पनि अपवादमा लगेको पाइएको उनले जानकारी दिए । यस्तो काममा महिलाका लागि महिलाको माग पछि आउने गरेको छ । ‘महिलालाई एसएलसी पास गर्दा हुने जस्ता केही सहज व्यवस्था गरेको छ,’ उनले भने ।
आर्मी वा पुलिस भएर जागिर छोडेका व्यक्ति नभई अहिले भखरका व्यक्ति प्राथमिकतामा पर्ने गरेको उनी बताउँछन् ।
‘सुरक्षा गार्ड सुरक्षाका लागि मात्र नभई आगन्तुकलाई सम्मान गर्न समेत प्रयोग गर्ने यूएईको उद्देश्य हो,’ उनले भने, ‘त्यसैले नाम ग्ल्यामरस सेक्युरिटी राखिएको हो । यस्ता सेक्युरिटी गार्डसँग हतियार पनि हँुदैन् ।’
दुबई पुगेपछि यूएई प्रहरीले उनीहरूलाई दुई साता लामो सुरक्षा गार्डको प्रशिक्षण दिन्छन् । प्रहरीको प्रशिक्षण प्रमाणपत्र पाएपछि रोजगारदाता कम्पनीले कम्पनी र कामको ’boutमा सामान्य प्रशिक्षण दिन्छ ।
‘यस्तो प्रशिक्षण पूरा गर्न डेढदेखि दुई महिनासम्म लाग्छ,’ सचिव खनालले भने, ‘त्यसवेलामा पनि उनीहरूले रोजगारदाता कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गनर्ुपर्ने भएकाले तलब पाइरहने बताए ।’
यूएईले मार्चदेखि यो व्यवस्था ल्याएपछि मन्दीले प्रभावित भएकाले अहिले बढेको उनले बताए । यो व्यवस्था अहिले दुबईबाहेक सबै राज्यमा लागू गरिसकिएको छ ।
वैदेशिक रोजगार विभागमा निर्देशक उमाशंकर जोशी पछिल्लो समयमा माग बढेको बताउँछन् । ‘यूएईमा माग बढेको छ,’ उनले भने, ‘यसका साथै मलेसिया जाने पनि बढेकाले अघिल्लो महिनाभन्दा बढी कामदार आउने महिना विदेशिने देखिन्छ ।’ तर यूएई जाने कामदार र क्षेत्र’bout भिन्दाभिन्दै तथ्याङक् आफूलाई जानकारी नभएको उनले बताए ।
Posted by: Raju Gurung Source: Kantipur