Daily Archives: 18/11/2010

मोबाईलको उपयोगीता – जानी राखे राम्रो!!!


मोबाईल फोन यस्तो साधन हो जस्को प्रयोग दिनानु दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ साधन मोबाईल फोन नै हो, यसमा पाइने बिभिन्न सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको हो, यद्दपी कतिपय सुबिधाहरु सबै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ। त्यही मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन रक्षक पनि बन्न सक्छ भन्ने कुरा सायद सबैलाई जानकारी नहुन सक्छ त्यसैले यस ’bout छोटकरीमा बर्णन गर्दैछु।              

 १) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ। यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

आइपुग्यो एमआरपी


काठमाडौं, मंसिर २ – मेसिनले पढ्ने राहदानी (एमआरपी) को पहिलो खेपअन्तर्गत केही सय थान बुक बुधबार आइपुगेको छ। फ्रान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार झरेको एमआरपी बुधबार मन्त्रालयमा दाखिल गरिएको छ। फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले पहिलो खेपमा ट्राभल डकुमेन्ट, अफिसियल, साधारण र कूटनीतिक गरी चारै किसिमका एमआरपी पठाएको छ। मन्त्रालयले पहिलो खेपको संख्या खुलाएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

मधुमेह उपचारमा वार्षिक १० अर्ब खर्च


सञ्जय पन्थी
काठमाडौं, ३० कात्तिक- नेपालका करिब ८ लाख मधुमेहका रोगीको उपचारमा वार्षिक १० अर्ब रुपैयाँ खर्च हुने गरेको छ । मधुमेहको पोस्ट ग्य्राजुयट कोर्समा सहभागी करिब डेढ सय चिकित्सकहरूले नेपालका मधुमेह रोगीको संख्यामा आधारित रहेर गरेको अध्ययनका आधारमा यो अनुमान गरेका हुन् ।
चिकित्सकहरूले प्रत्येक मधुमेह रोगीको औषधि उपचार र मधुमेहका कारण उत्पन्न हुने अन्य रोगको उपचारका लागि लाग्ने खर्चको आँकलन गरी यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । मधुमेहसँगै अन्य जटिल प्रकृतिका रोगले संक्रमण गर्ने गरेको तथ्य उजागर गर्दै चिकित्सकहरूले यो उपचार खर्च आउने दिनमा अझै बढ्नसक्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यूएईमा ग्ल्यामरस सेक्युरिटीको खोजी


योगेश खतिवडा/काठमाडौं

आर्थिक मन्दीका कारण नेपाली कामदारको मुख्य गन्तव्य संयुक्त अरब इमिरेट्स -यूएई) मा माग घटेपनि अहिले ‘ग्ल्यामरस सेक्युरिटी’ को माग उच्च दरले बढेको छ । यूएईले सन् २०१२ मा मुलुकका सबै स्थानमा सुरक्षाका लागि मात्र नभई आगन्तुको स्वागत गर्न सक्ने सुरक्षा गार्ड -ग्ल्यामरस सुरक्षा गार्ड) राख्ने योजना सुरु गरेपछि यस्तो भएको हो । यस्ता गार्डले सामान्य लेखपढ गरेको हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पर्यटन वर्ष २०११ को उल्टो गिन्ती काउन्ट डाउन प्रकृया सुरु


केशव सावद कञ्चनपुर,१ मंसिर

राष्ट्रिय पर्वका रुपमा मनाईन लागेको नेपाल पर्यटन वर्ष २०११ को नेपाल पर्यटन बोर्डले कञ्चनपुरबाट ६० दिने उल्टो गिन्ती काउन्ट डाउन प्रकृया सुरु गरेको छ । पश्चिमी सिमानाका गड्डाचौकीमा मँगलवार सहभागिता मुलक कार्यक्रमको आयोजना गरेर बोर्डले उल्टो गिन्ती सुरु गरेको हो । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा कार्यक्रम कार्यन्वयन समिती नेपाल पर्यटन वर्ष २०११ का सँयोजक किशोर थापाले तीन लाख पर्यटकहरुलाई स्थल मार्गबाट नेपाल भित्र्याउने लक्ष्य अनुरुप गड्डाचौकीबाट काउन्ट डाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले ६० दिनको अवधीमा आ–आफ्नो क्षेत्रलाई सफा सुग्घर राख्न सवैलाई आग्रह गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईको जेलमा ५६ जना नेपालीहरु कैदी जीवन बिताउदै


दुबई, मंसिर १ । पैसा कमाएर आफ्नो घरपरिवार लाई सुखी र खुशी बनाउने मिठो सपना बोकी खाडी मुलुक संयुक्त अरब एमिरेट्स यूएईमा आएका ५६ जना नेपाली बिभिन्न आरोपमा यहाँका बिभिन्न जेलहरुमा कैदी जीवन बिताइरहेका छन । जस मध्ये एक नेपालीलाई यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय पाउने दार्चुला ३ का अमरबहादुर बम रहेका छन भने अन्य कैदी जीवन बिताउने नेपालीको ’boutमा अहिले सम्म घरमा अधिकारिक जानकारी नदिएकोले वास्तविक घर ठेगाना खुलाइएको छैन।

पढ्नेक्रम जारी राख्नुहोस्