सञ्जीव चापागाई/झापा
झापाको दर्गापुरका युवाहरुले तिहारमा देउसी खेलेर संकलन भएको रकम सामाजीक कार्यमा खर्च गरेका छन । स्थानीय दुर्गापुर युवा बजार व्यवस्थापन समितिले यसवर्ष तिहारमा देउसी खेलेर संकलर गरेको रकम बजार सरसफाइमा खर्च गर्नुका साथै ब्रेन ट्युमार भएकी एक वालिकालाई उपचारका लागि सहयोग गरका छन । युवा समुहले देउसी खेलेर २१ हजार रुपौया संकलन गरेको युवा समुहका संयोजक महेश कार्कीले जानकारी दिनुभयो ।
संकललित रकम भध्ये ३ हजार रुपैया झापा शान्तिनगरकी ब्रेन ट्युमरबाट पीडित बालिका मनिसा लेप्चालाई सहयोग गरिएको र बाकी रकम दुर्गापुर बजार सरसफाई र व्यवस्थापनमा अर्चिएको कार्किले बताउनुभयो ।
Posted by: Raju Gurung