सर्टफिल्म शृंखलासाथ संगीता


कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक २९ – घरमै बसेर फिल्मको स्वाद लिन चाहने दर्शकका लागि संगीता श्रेष्ठले नयाँ प्रयोग गर्दै छिन् । उनले निर्देशन गरेका आधाघन्टे सर्टफिल्महरू शृंखलाका रूपमा मंगलबार साँझदेखि कान्तिपुर टेलिभिजनमा प्रसारणमा आउँदै छन् ।

‘यो नयाँ प्रयोग हो,’ ७० जति म्युजिक भिडियो निर्देशनको अनुभव सँगालिसकेकी संगीताले दाबी गरिन्, ‘अहिलेसम्म सर्ट फिल्मका शृंखलाहरू टेलिभिजनमा प्रसारण भएको देखेकी/सुनेकी छैन।’ जीवनमा हुने प्रेमसम्बन्धी विशेष घटना/सन्दर्भ या अविस्मरणीय क्षणमा आधारित हुने बताइएको सर्ट फिल्म शृंखलाको नाम दिइएको छ ‘कथा प्रेमका’ । टेलिशृंखलामा जस्तो यो एउटै कथा, पात्र र सिलसिलेवार घटनाक्रममा आधारित नुहने संगीताले बताइन् । ‘हरेक सर्टफिल्मको कथा, कलाकार, स्थान सबै फरक हुनेछन्,’ कान्तिपुर टेलिभिजन निर्माता रहेको सर्टफिल्म शृंखला’bout उनले भनिन्, ‘घरमै बसी दर्शकले आफ्ना मन पर्ने कलाकारको अभिनय हेर्न पाउनेछन् ।’

शृंखलाका सबै फिल्म प्रेमसम्बन्धी नै रहनेछन् । ‘जीवनमा कहिलेकाहीँ यस्तो क्षण भोग्नुपर्छ, जुन सधैँका लागि नबिर्सिने घटना भएर बस्छ,’ उनले भनिन्, ‘प्रेमको सेरोफेरोमा रहेका यस्तै सन्दर्भहरू फिल्ममा हुनेछन् ।’ शृंखलाका लागि आधा दर्जन फिल्म बनाइसकेको उनले जानकारी दिइन् । यो शृंखलाका लागि उनले नन्दिता केसी, तृप्ति नाडकरदेखि रंगकर्मी निशा शर्मा पोखरेलसम्मलाई समेटिसकेकी छन् ।

‘अरू कलाकारसँग कुरा भइरहेको छ,’ उनले भनिन्, ‘फिल्ममै नाम चलेका कलाकारहरू प्राथमिकतामा पर्नेछन् ।’ मंगलबार साँझको पहिलो शृंखलामा भने एलिजा गिरी, सज्जु मल्ल, सञ्जीव कुँवर, पे्रष्का उदासलगायत देखिनेछन् ।

भिजेका रूपमा करिअर थालेकी संगीता पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त थिइन् । अब फिल्म निर्देशनतिर करिअर बनाउने धोकोसहित म्युजिक भिडियोको काम केही समय थाँती राखेर सर्टफिल्ममा लागेको उनले बताइन् । उनी निर्देशित ‘माछी मार न हो दाइ हो…’, ‘काली सुन्दरी…’, सुन सुन सनम मलाया छाउनी…’, ‘ढल्केन ढल्केन…’ ‘जहाँ भमर छ…’ लगायत म्युजिक भिडियो चर्चित

छन् । यस वर्षको टेलिअवार्डअन्तर्गत ‘जहाँ भमर छ…’ले उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट मोडल -महिला-पुरुष) गरी चार अवार्ड पाएको थियो ।

सर्टफिल्मको कथा लेखन पनि उनी स्वयंले गरिरहेकी छन् । ठूलो पर्दाको फिल्म निर्देशनको थुप्रै अफर आएको भए पनि राम्रो काम गर्ने अनुभव बटुल्न उनी सर्टफिल्म शृंखला निर्देशनमा लागेकी बताइन् । ‘पछिको योजना त ठूलो पर्दाकै फिल्मको निर्देशन गर्ने हो,’ उनले भनिन्, ‘राम्रो काम गर्न राम्रै अनुभव पनि त चाहियो नि ।’ हेरौं ।

Posted by : Narayan Nepal                                                           Source: eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.