विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य


मोहन गुरुङ, काठमाडौं
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)मा कार्यरत कर्मचारीहरूलाई अनिवार्य श्रम स्वीकृति लिन पत्राचार गरेको छ । नेपालमा करिब ५० हजार विदेशी कामदार बिनाश्रम स्वीकृति गैरकानुनी ढंगबाट काम गर्दै आएको अनुमान मन्त्रालयको छ । अहिलेसम्म नेपालमा कार्यरत विदेशी कामदारमध्ये ५ हजारले मात्रै मन्त्रालयबाट स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति नलिई कामदार नियुक्त गर्नेमा नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय अप्रवासी संगठनलगायतका नियोग छन् । यी संस्थामा कुनै पनि कर्मचारीले श्रम स्वीकृति लिएका छैन। सरकारको नियमअनुसार कूटनीतिक तहका व्यक्तिबाहेक अन्य विदेशी कर्मचारीलाई नेपालमा श्रम स्वीकृति लिनु अनिवार्य छ ।


श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद अफताव आलमले मन्त्रालयका सचिव, सहसचिव तथा श्रम विभागका महानिर्देशकलगायत उच्चस्तरका कर्मचारीलाई विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य गर्न निर्देशन दिएपछि मन्त्रालयले विभिन्न निकायमा पत्राचार गरेको हो ।
विभागले विदेशी कर्मचारीलाई श्रम स्वीकृति लिन सार्वजानिक सूचना निकाल्ने तयारी गरिरहेको छ । तोकिएको समयमा स्वीकृति नलिए श्रमऐन, विषयगत ऐन र अध्यागमन ऐनअनुसार कारबाही गरिने भएको छ । स्रोतका अनुसार विदेशी कामदारले गैरकानुनी ढंगबाट काम गर्दा एकातिर नेपाली कामदार रोजगारीबाट वञ्चित भएका छन् भने राज्यले अर्बांै रुपैयाँ राजस्व गुमाइरहेको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थामा रहेका विदेशी कर्मचारीको संख्या’bout उद्योग मन्त्रालय र समाज कल्याण परिषद्ले अनुगमन गरिरहेको स्रोतले बताएको छ ।
विदेशी कामदारलाई श्रम स्वीकृति दिएबापत सरकारले प्रतिकामदार १० हजार रुपैयाँ शुल्क लिन्छ भने सामाजिक सुरक्षा करबापत कामदारबाट तलबको एक प्रतिशत रकम कट्टी गरिन्छ । श्रम स्वीकृति नहुँदा विदेशी कामदारसँग लिनुपर्ने आयकरबाट पनि वञ्चित भएकाले वार्षिक अर्बांै रुपैयाँ राजस्व घाटा भइरहेको मन्त्रालयले जनाएको छ । “अन्तरमन्त्रालय समन्वय नहुँदा यस्तो समस्या भएको हो,” मन्त्रालयका एक उच्च अधिकारीले भने ।
नेपालको ठूलो खानेपानी आयोजना मेलम्ची, स्कुल÷कलेज, ठूला होटेल, दूरसञ्चार सेवाप्रदायक एनसेल र सबैजसो हाइड्रोपावर कम्पनीमा विदेशी कामदार छन्, जसले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन् । “बैंक र कन्सल्टेन्सीमा पनि हजारौं कामदारले स्वीकृतिबिनै काम गर्दै आएका छन्,” स्रोतले भन्यो, “नेपाली कामदारले गर्नसक्ने काममा पनि जबर्जस्ती विदेशीलाई राखिएको छ ।”
विदेशी नागरिकहरू पर्यटक तथा अध्ययन भिसामा आई नेपालका विभिन्न संस्थाहरूमा काम गर्दै आएको मन्त्रालय स्रोतको भनाइ छ । होटेल, बैंक, निर्माण र हाइड्रोपावर कम्पनीबाट विदेशी कामदारलाई पर्यटन भिसा दिएर नेपालमा श्रम स्वीकृति नदिई कर्मचारीको रूपमा नियुक्त गरिएको स्रोतले बतायो ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद सञ्जेलले जनशक्ति अभावका कारण विदेशी कामदारले स्वीकृति नलिएको विषयमा अनुगमन गर्न नसकिएको स्वीकार गरे । “विद्यार्थी र पर्यटन भिसामा विदेशी कामदारले काम गर्दै आएका छन्,” उनले भने, “विभागले केही अनुगमन गरी विदेशी कामदारलाई घर फिर्ता गर्दै आएको छ ।”

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.