CNN Heroes र अनुराधा कोइराला


अमेरीकी टेलिभिजन च्यानल सीएनएनले प्रदान गर्ने सीएनएन हिरो पुरस्कार उत्कृष्ट दशमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला मनोनित हुनुभएको छ । उक्त टेलिभिजनले विहीवार राति र्सार्वजनिक गरेको नतिजामा उहाको नाम उत्कृष्ट दशमा पर्न सफल भएको हो । उत्कृष्ट दशपछि पनि सीएनएनले अनलाइन मतका आधारमा अन्त्यमा एक जनालाइ सीएनएन हिरोको रुपमा चयन गर्नेछ ।

अमेरीकाको जर्जियामा मुख्यालय रहेको सीएनएनले यस पुरस्कारलाइ तीन वर्ष अघि स्थापना गरेको हो जुन विश्वभर मानव अधिकार, सामाजिक वातावरणर राजनीतिक क्षेत्रमा काम गर्नेलाइ दिने गरीन्छ । यी क्षेत्रमा कार्यरत हजारौवाट निर्णायकले २५ जना विश्व नायकवाट उत्कृष्ट दश जना छानिन्छन् । प्रसिद्ध सीएनएन हिरो पुरस्कारको दाबेदारिमा नेपालमा महिला तथा बालबालिका बेचबिखन रोक्न आफ्नो महत्पपूर्ण योगदान गरिरहनुभएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पर्नुभएको छ । महिला तथा वालवालिका वेचविखन रोक्न कोइरालाले स्थापना गरेको संस्था माइती नेपालका तर्फाट मनोनयनमा परेपछि संस्थाले पनि खुशी व्यक्त गर्नुभएको छ । संस्थाका निर्देशक विश्वराम खड्काले कोइराला दश उत्कृष्टभित्र पर्नु माइती नेपालको मात्र नभइ समग्र देशकै गौरवको विषय भएको वताउनुभयो ।  अमेरीकाको जर्जियामा आफ्नो मुख्य कार्यालय रहेको उक्त संस्थाले संसारभरमा मानव अधिकार, सामाजिक वातावरण र राजनितिक क्षेत्रमा विशेष योगदान गर्नेलाई मनोनयनमा पार्ने गर्दछ । विश्वभरबाट हजारौको संङख्यामा दाबेदारीमा परेका मध्येबाट २५ जना विश्व नायकमध्येबाट पनि नेपालकी अनुराधा कोइराला उत्कृष्ट १० मा पर्न सफल हुनुभएको हो । सीएनएन टेलिभिजनले सार्वजनिक गरेको नतिजामा कोइराला उत्कृष्ट दशमा पर्नुभएको हो । प्रतिस्प्रधामा रहेका उत्कृष्ट १० मध्येबाट पनि आगामि नोमेम्भर २५ मा हुने अनलाइन भोटिङको नतिजाले सीएनएन हिरोको छिनोफानो गर्नेछ । उत्कृष्ट १० मा परेको थाहा पाएलगक्तै माइती नेपालका तर्फबाट एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । उहाँले ‘अधिकार विहिनलाई रक्षा गरेकोमा’ उक्त मनोनयनमा पर्न सफल हुनुभएको सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ । यस्तै नतिजा बाहिर आएपछि कोइरालालाई एक सम्मान कार्यक्रमको आयोजना पनि गराइएको थियो । आफु उत्कृष्ट दशमा परेकोमा खुसी व्यक्त गर्दे कोइरालाले सम्पूर्ण नेपाली इन्टरनेट प्रयोगकर्तालाई भोट गर्न अनुरोध पनि गर्नुभएको छ । नेपाली समाज र मिडियाको सहयोगले आफु उत्कृष्ट दशमा पर्न सफल भएको भन्दै उहाँले अब आफुलाई सीएनएन हिरो बनाउने महत्वपूर्ण सहयोग पनि नेपाली समाज र मिडियाको रहेको सम्मान कार्यक्रममा बताउनुभएको थियो ।

ओखलढुङ्गामा गुरुङ परिवारमा जन्मेर भारतको कोलकक्ताबाट स्नातक गर्नुभएकी कोइरालाले १७ वर्षअघि ‘माइती नेपाल’को स्थापना गर्नुभएको थियो । ‘माइती नेपाल’ खासगरी चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था हो, यसबाहेक उक्त संस्थाले विदेशमा यातना पाउने, असाहाय र अन्यायमा परेका महिला, घरेलु हिंसाबाट पिडित महिला र एच.आइ.भी. पिडित महिलाहरुलाई विशेष सहारा बन्दै आएको छ । पशुपति क्षेत्रको सडकमा नाङ्लो पसल गर्ने महिलाको सेवाबाट सुरु गरिएको यो संस्था हाल नेपालका २८ जिल्लामा महिला तथा बालबालिकाको अधिकारका लागि कार्यरत छ ।

उनलाई अनलाइनमार्फत Vote गर्नका लागी http://heroes.cnn.com/vote.aspx मा जानुहोस र Anuradha koirala मा select गरी captha type गरेर Vote मा click गर्नुहोस । अथवा यस http://www.kuwaitnepal.com को दाँया तर्फ राखिएको Vote for Anuradha Koirala भनी गरिएको अपिलमा क्लिक गरेर पनि vote गर्न सकिन्छ।  भोट नोवेम्बर १८ तारिक राती १२ बजे सम्म दिन सकिन्छ। जोसुकै इन्टरनेट प्रयोगकर्ताले पटक पटक बिनासर्त भोट दिन सक्छन् ।

Posted by: Raju Gurung

One response to “CNN Heroes र अनुराधा कोइराला

  1. Mrs. Koirala is doing the great job unless the whole community is sleeping silently, she is the one fighting for the right. I m ready to support her always.

    Thanks

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.