पोर्नोग्राफीको लत


सञ्जीव शर्मा

नेपालका शहरी क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने ८२ प्रतिशत किशोर-किशोरी मध्ये ९८ प्रतिशतले अश्लील सामग्री हेर्छन्।
• ललितपुर, सानेपाकी एक किशोरीले अमेरिकामा बस्ने प्रेमीसँग अनलाइन वेबक्यामबाट कुराकानी गर्दागर्दै झ्गडा परेपछि उनलाई देखाएरै तत्काल आत्महत्या गरिन्।

• टोलाउने, खान नमान्ने रइन्टरनेट-टिभीमै झुम्मिरहने १० वर्षको छोराको चियोचर्चो गर्दा पोर्नोग्राफी हेर्ने लत बसेको थाहा पाएका काठमाडौं, मैतीदेवीका एक दम्पतीले। यसबाट छोरामा उब्जिएको मानसिक समस्या हल गर्न चिकित्सकलाई देखाउनु पर्यो।

• च्याटमा साथी बनेकी युवतीलाई इन्टरनेटबाट अश्लील भिडियो देखाएर आकर्षित गर्दै यौनसम्बन्ध राख्न पुगेका ललितपुरको एक स्कूलमा १० कक्षा पढ्ने विद्यार्थीले अन्ततः गर्भपतन गराउन विभिन्न बहानामा घरबाट पैसा मागेर र साथीहरूसँग सरसापट गरेर रु.३० हजार खर्च गर्नुपर्यो। ती किशोर भन्छन्, “मेरो जीवनमा सबैभन्दा ग्लानि र पीडाको क्षण थियो त्यो।”

इन्टरनेटको गलत प्रयोगले बालबालिकामा पार्ने दुष्प्रभावका केही उदाहरण हुन् यी। बाहिर नआएका घटना त कति छन् कति।

विकसित मुलुकमा डेढ दशकदेखि टाउकोदुखाइको विषय बनेको पोर्नोग्राफी (नग्न तस्बिर/चलचित्र) को कुलतमा इन्टरनेट र मोबाइल प्रयोग गर्ने नेपालका शहरी क्षेत्रका बालबालिका पनि फँस्दैछन्। त्यति गहन अनुसन्धान नभए पनि बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल मजदुर सरोकार केन्द्र सिविनले गरेको एक अध्ययनले नेपालका बालबालिकाहरू पनि इन्टरनेटबाट सुरक्षित नभएको देखाएको छ।

सिविनले काठमाडौं उपत्यकाका १४१६ सरकारी तथा निजी विद्यालयमा गरेको अध्ययनमा ८२ प्रतिशत बालबालिकाले इन्टरनेट चलाउने गरेको पाइएको छ। ६३ प्रतिशतले साइबर क्याफेमा र बाँकीले घरमै इन्टरनेट चलाउने यी बालबालिकामध्ये ९८ प्रतिशतले इन्टरनेटमा यौनजन्य सामग्री हेरेको र १.७ प्रतिशतले आफूलाई मनपर्ने पाँच वेबसाइटमध्ये एउटा पोर्नोसाइट भएको जानकारी दिएका छन्। पोर्नोग्राफीको लतले कस्तोसम्म परिणाम ल्याउन सक्छ भन्ने यसविरुद्ध काम गर्ने दक्षिण अफ्रिकी संस्था स्ट्याण्डिङ टुगेदर टु अपोज पोर्नोग्राफी (स्टप) को एउटा अध्ययनले प्रस्ट पार्दछ, जसअनुसार दक्षिण अफ्रिकाको डर्वान शहरमा सन् २००४-०५ मा बालयौन हिंसामा संलग्नमध्ये १३ वर्षमुनिका ४२ प्रतिशत बालबालिकाहरू कुनै न कुनै रूपमा पोर्नोग्राफीको कुलतमा फसेका थिए।

इन्टरनेटमा अश्लील दृश्य हेरेर असामान्य व्यवहार देखाउने सिविनको एक कर्मचारीका सात कक्षामा पढ्ने छोरालाई सामान्य अवस्थामा ल्याउन लामो काउन्सिलिङ गर्नु परेको थियो। यो घटनामा अभिभावक सचेत भएकाले समयमै समस्याको पहिचान र समाधान सम्भव भयो, तर धेरै अभिभावक र शिक्षकहरू यस’bout सचेत हुँदैनन्। कतिसम्म भने ती बालकलाई अश्लील दृश्य हेर्ने साइटको जानकारी स्कूलकै कम्प्युटर शिक्षकले दिएका रहेछन्। सिविनकी क्याम्पेन अफिसर अर्चिता पन्तका अनुसार काठमाडौंका करिब ९० प्रतिशत अभिभावकलाई बालबालिकाले इन्टरनेटमा के गर्छन् भन्ने नै थाहा हुँदैन। यसका नकारात्मक पक्ष’bout अनभिज्ञ अभिभावकले छोराछोरीलाई बेडरुमसम्मै उपलब्ध गराइदिने इन्टरनेटको गलत प्रयोग भइरहेको साउथ एशिया पार्टनरसीप (साप)का प्राविधिक अधिकृत विभूषण विष्ट बताउँछन्।

समस्या काठमाडौंमा मात्रै छैन। विभूषणका अनुसार इन्टरनेट प्रयोगकर्ता धेरै भएका नेपालगञ्ज, पर्वतलगायत केही ठाउँमा साइबर क्याफेका क्याविनमा चुकुल लगाउने व्यवस्था समेत गरिएको हुन्छ। नेपालगञ्जको एउटा साइबरले रु.५० लिएर क्याविनभित्र ब्लु फिल्म को सीडी उपलब्ध गराउँछ, जहाँ फिल्म हेर्ने अधिकांश किशोर-किशोरी हुन्छन्।

पोर्नोग्राफी मात्रै नभएर कतिपय बालबालिका इन्टरनेट गेम र च्याटमा पनि अनुत्पादक ढङ्गले समय बिताइरहेका हुन्छन्। राति १२ बजेपछि सधैँजसो अनलाइनमा भेटिने १२ कक्षामा अध्ययनरत बसुन्धराकी श्रेष्ठ थरकी एक किशोरी इन्टरनेटमा आफूलाई मन लागेको काम गर्ने यही उपयुक्त समय ठान्छिन्। राति बेलामा नसुत्दा उनको कलेजको पहिलो कक्षा सधैंजसो छुट्छ।

स्कूले किशोर-किशोरीहरू भिडियो क्यामरा भएको मोबाइल फोनबाट पनि पोर्नोग्राफी आदान-प्रदान गर्छन्। अहिलेसम्म कम्प्युटर वा ब्लूटुथको प्रयोग गरेर सेटमा सारिने यस्ता भिडियो तस्बिरहरू थि्रजी सुविधा भएको मोबाइल सेवाबाट एसएमएस झ्ंै सजिलै पठाउन-पाउन सकिन्छ। मोबाइल सेटमा केटी साथीसँगको यौनव्यवहारको तस्बिर राख्नुलाई फेसन ठान्ने महाराजगञ्जस्थित क्याम्पेन कलेजमा १२ कक्षामा अध्ययनरत् एक छात्र यसलाई प्रेमिकासँग शारीरिक सम्बन्ध राखेको प्रमाण मान्छन्।

केही वर्षअघि भारतको दिल्लीमा पढ्ने एक नेपाली किशोरले मोबाइलबाट कलेजको केमेस्ट्री ल्याबमा केटी साथीसँग गरेको यौनक्रियाकलापको भिडियो खिचेर साथीलाई देखाएका थिए। सो भिडियो सार्वजनिक भएपछि ती किशोरी पढाइ छोडेर विदेशिइन्। काठमाडौंको एक प्रतिष्ठित क्याम्पसमा १२ कक्षामा पढ्ने छात्रछात्राले रेस्टुरेन्टको माथिल्लो तल्लामा गरेको मुखमैथुनको भिडियो तस्बिर प्रेमीले सार्वजनिक गरेपछि त्यसमा संलग्न छात्रा र उनको परिवारले पनि निकै मानसिक तनाव झ्ेल्नु परेको थियो।

विकृतिका रुप र परिणाम
इन्टरनेटका अश्लील सामग्रीले स्कूले किशोर-किशोरीमा पारेको कुलतको प्रभाव सामाजिक जीवनमै देखापर्छ। अश्लील चित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ, यौन सामान्य र सहज हो भन्ने छाप पर्दछ। उनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्ने, परिवार र साथीभन्दा वेग्लै बस्न रुचाउने, लागूपदार्थको कुलतमा फँस्ने, अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास गर्ने गर्छन्।

अमेरिकी क्लिनिकल साइकोलोजिष्ट भिक्टर क्लाइनको अध्ययनबाट पोर्नोग्राफी हेरेपछि बालबालिकाले त्यसको नक्कल गरी अन्य बालबालिकामाथि यौन दुर्व्यवहार गर्ने, घर-घरमै यौन दुर्व्यवहार र बलात्कार हुने, युवतीहरू १२-१३ वर्षमै गर्भवती हुने तथा बालमस्तिष्कमा परेको असर वयस्क अवस्थासम्म पनि रहिरहने देखिएको छ।

अमेरिकन अक्याडमी अफ पेडियाटि्रक्स को जर्नलमा रिवेक्का कोलिन्स लेख्छिन्, “इन्टरनेट वा अन्यत्र देखेको अश्लील दृश्यले बालबालिकालाई जोसँग जहाँ पनि यौनसम्पर्कका लागि प्रस्तुत हुन प्रेरित गर्छ। उनीहरू मनोरञ्जनका नाममा अधिक शारीरिक सम्पर्क गर्दछन्। यस्ता व्यक्ति मौका पाएसम्म पोर्नोग्राफी हेर्न र त्यसअनुसारको व्यवहार गर्न रुचाउँछन्। यस्तो बानी वयस्क भएपछि पनि छुटाउन गाह्रो पर्छ।”

इन्टरनेटको दुरुपयोगले दुर्घटना समेत निम्त्याउन सक्छ। करिब तीन वर्षअघि ललितपुर, सानेपाकी एक किशोरीले अमेरिकामा बसेको प्रेमीसँग अनलाइनमा कुराकानी गर्दागर्दै झ्गडा परेपछि वेबक्याममा प्रेमीलाई देखाएरै आत्महत्या गरिन्। उनले त्यसो गर्न लागेको देख्नासाथ अमेरिकाका युवकले किशोरीको घरमा खबर गरे, तर घरका मान्छे कोठामा पुग्न नपाउँदै उनको ज्यान गइसकेको थियो। सापका विभूषण बिष्टका अनुसार, वेबक्याम अगाडि भएको यो आत्महत्यालाई परिवारको अनुरोधमा प्रहरीले बाहिर ल्याएको थिएन।

केही वर्षअघि भारतीय सञ्चारमाध्यममा मुम्बईकी एक युवतीले फेसबुक मा अभिभावकहरू विदेश गएकाले घरमा एक्लै भएको सन्देश राखेपछि उनी आपराधिक समूहबाट सामूहिक बलात्कारको शिकार भएको घटना प्रकाशमा आएको थियो। सिविनले गरेको अनुसन्धानमा इन्टरनेट प्रयोगकर्ता बालबालिकामध्ये ६०.३ प्रतिशतले इन्टरनेटमा गफ भएका अपरिचित व्यक्तिलाई प्रत्यक्ष भेटघाट गर्दा उसले बताए अनुसारको नपाइने गरेको बताएका छन्।

पोर्नोग्राफी हेर्ने बानीले वयस्क अवस्थामा घरबार बिग्रेका र सार्वजनिक बेइज्जती भोग्नु परेका उदाहरण विदेशमा प्रशस्तै भेटिन्छन्। नेपालमा पनि धेरै यस्ता घटना भइरहेका हुनसक्छन्, खाली मानिसहरू खुलेर नआउने हुनाले सतहमा नदेखिएकोे विभुषण बताउँछन्। उनको भनाइमा आफ्नो हार्डडिस्कमा कैयौं टेराबाइट अश्लील भिडियो र तस्बिर जम्मा गरेर राख्नेहरू नेपालमा ठूलै सङ्ख्यामा छन्।

पोर्नोग्राफिक भिडियो हेरेर अप्राकृतिक यौनमा आनन्द मान्नेहरू वास्तविक जीवनमा पनि यौनसाथीसँग त्यस्तै चाहन्छन्। साइकोलोजिस्ट क्लाइनका अनुसार पोर्नोग्राफीको लत बसेकाहरू वास्तविकताभन्दा पर पुगी कल्पनामा भौंतारिन्छन्। त्यसका लागि उनीहरू पैसा र पदको ख्याल गर्दैनन्। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का कार्यकारी सदस्य गौरव उपाध्याय पोर्नोग्राफीले नेपाली समाजलाई गाँज्न थालेकोले बेलैमा सचेत हुनुपर्ने बताउँछन्।

समाधानका उपाय
विकसित मुलुकमा इन्टरनेट पोर्नोग्राफीको प्रयोग धेरै भएपछि रोकथाम’bout सोचिँदैछ भने नेपालमा सुरुआत मात्र भएकोले प्रभावकारी अनुगमन तथा साइबर कानूनसम्बन्धी स्पष्ट व्यवस्था गर्नु जरुरी देखिएको छ। अश्लील साइटहरूलाई केही हदसम्म आफ्नै प्रयासबाट बन्द गर्न पनि सकिन्छ। इन्टरनेटबाटै कम्प्युटरमा लभतलबलथ।अय्क, हधबतअज जस्ता केही सफ्टवेयर तानेर सम्भावित पोर्नो साइटहरू रोक्न र बालबालिकाले हेर्ने साइटको अनुगमन गर्न सकिने सल्लाह छ सापका विभूषण बिष्टको। तर, इन्टरनेट पोर्नोग्राफी पूर्ण रूपमा रोक्न नसकिने यथार्थ पनि छ। भारत र चीनले बन्द गर्ने कानूनी व्यवस्था गरे पनि रोक्न सकेका छैनन्। भारतमा अङ्गे्रजी नजान्ने बालबालिकालाई समेत प्रभाव पार्ने गरी हिन्दीलगायत अन्य स्थानीय भाषामा समेत पोर्नोग्राफिक साइट शुरु भएको छ।

सूचनाप्रविधिको युगमा केलाई श्लील र केलाई अश्लील मान्ने भन्ने प्रश्न पनि उठ्ने गरेको छ। कसैलाई अश्लील लाग्ने सामग्री अरूका लागि सूचना पनि हुनसक्ने बताउँदै इन्टरनेट सेवाप्रदायक मर्कन्टाइलका नेटवर्क इन्जिनियर ज्ञानेन्द्र मिश्र प्रश्न गर्छन्, “युरोप, अमेरिकामा समेत बन्द हुन नसकेका यस्ता साइट नेपालमा कसरी बन्द होलान् ?” यस’bout उपभोक्ता आफैं सचेत हुनुको विकल्प नभएको क्यान सदस्य गौरवको धारणा छ। अभिभावकले सँगै बसेर इन्टरनेट चलाउने, हाईफाईभ वा फेसबुक जस्ता सोसल नेटवर्किङ साइटमा छोराछोरीहरूको साथी बनेर उनीहरूको सम्पर्क र गतिविधिको अनुगमन गर्ने, कम्प्युटरलाई सबैको पहुँच हुने बैठक वा अध्ययन कक्षमा राख्ने गरेमा बालबालिकाले के गरिरहेका छन् भन्ने थाहा पाउन सकिने धेरैको सुझाव छ।

सिविनकी कार्यक्रम संयोजक सुम्निमा तुलाधर साइबर क्याफेहरूले पनि सामाजिक दायित्वबाट विमुख हुन नमिल्ने बताउँदै तिनमा बालबालिका र वयस्कका लागि छुट्टै कम्प्युटरको व्यवस्था गरिनुपर्नेमा जोड दिन्छिन्। इन्टरनेट सेवा प्रदायकहरूले बालयौन र हिंसासम्बन्धी साइटहरू ब्लक गर्नुपर्ने तथा इन्टरनेट प्रयोगकर्ताको तथ्याङ्क कम्तीमा ९० दिनसम्म सुरक्षित राख्नुपर्ने उनको सुझाव छ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.