सञ्जीव शर्मा
नेपालका शहरी क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने ८२ प्रतिशत किशोर-किशोरी मध्ये ९८ प्रतिशतले अश्लील सामग्री हेर्छन्।
• ललितपुर, सानेपाकी एक किशोरीले अमेरिकामा बस्ने प्रेमीसँग अनलाइन वेबक्यामबाट कुराकानी गर्दागर्दै झ्गडा परेपछि उनलाई देखाएरै तत्काल आत्महत्या गरिन्।
• टोलाउने, खान नमान्ने रइन्टरनेट-टिभीमै झुम्मिरहने १० वर्षको छोराको चियोचर्चो गर्दा पोर्नोग्राफी हेर्ने लत बसेको थाहा पाएका काठमाडौं, मैतीदेवीका एक दम्पतीले। यसबाट छोरामा उब्जिएको मानसिक समस्या हल गर्न चिकित्सकलाई देखाउनु पर्यो।
• च्याटमा साथी बनेकी युवतीलाई इन्टरनेटबाट अश्लील भिडियो देखाएर आकर्षित गर्दै यौनसम्बन्ध राख्न पुगेका ललितपुरको एक स्कूलमा १० कक्षा पढ्ने विद्यार्थीले अन्ततः गर्भपतन गराउन विभिन्न बहानामा घरबाट पैसा मागेर र साथीहरूसँग सरसापट गरेर रु.३० हजार खर्च गर्नुपर्यो। ती किशोर भन्छन्, “मेरो जीवनमा सबैभन्दा ग्लानि र पीडाको क्षण थियो त्यो।”
इन्टरनेटको गलत प्रयोगले बालबालिकामा पार्ने दुष्प्रभावका केही उदाहरण हुन् यी। बाहिर नआएका घटना त कति छन् कति। पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...