साउदी राजकुमार नेपालमा


जो विश्वका १९ औं धनी हुन्

गोकर्ण अवस्थी

काठमाडौ, कार्तिक २८

 साउदी अरबका राजकुमार अल वालिद विन तलालको नेपाल भ्रमणका क्रममा सरकारले जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा लगानीका अवसर’bout जानकारी गराउने छ । तीनदिने भ्रमणमा शनिबार आइपुगेका विश्वका १९ औं धनी तलालसँग नेपाली मन्त्रीहरूको समूहले लगानीसँगै वैदेशिक रोजगारका अवसर र सुरक्षा’bout पनि छलफल गर्नेछन् ।

राजकुमार तलाललाई परराष्ट्र सचिव मदनकुमार भट्टराईले स्वागत गरे । उनी दुई निजी विमानमार्फत ३६ जनाको टोली नेतृत्व गर्दै आएका छन् । हयात रिजेन्सी होटलमा राजकुमार ड्रुक एयरबाट आइतबार बिहान भुटान गएर त्यही साँझ काठमाडौं र्फकने छन् । 

निजी भ्रमणका लागि नेपाल आएका राजकुमार तलालले सोमबार राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाललगायत मन्त्रीहरूसँग समेत भेटघाट गर्नेछन् । खाडी क्षेत्रका वारेन वफेटका नामले समेत चिनिने उनी साउदी राजपरिवारबाट नेपाल भ्रमण गर्ने पहिलो हुन् । वारेन वफेट सेयर लगायतका क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका संसारका तीन ठूला धनीमध्ये हुन् ।

सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालाले आयोजना गर्ने दिवाभोजमा राजकुमार तलालसँग अन्य चार मन्त्रीले पनि छलफल गर्नेछन् । अर्थमन्त्री सुरेन्द्र पाण्डे, जलस्रोतमन्त्री प्रकाशशरण महत र श्रममन्त्री मोहमद अफ्ताव आलम छलफलमा सहभागी हुने कार्यक्रम छ । ‘मन्त्रीहरूले नेपालमा जलविद्युत् र पर्यटनमा लगानीको सम्भावना’bout जानकारी गराउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । छलफलको औपचारिक एजेन्डा भने नेपालले तयार पारेको छैन । निजी भ्रमणका क्रममा आएका राजकुमारको समेत औपचारिक भेटघाटको एजेन्डा र लगानी’boutको प्रतिबद्धता भने केही नआइसकेको परराष्ट्र स्रोतले जानकारी दियो । ‘छलफलपछि उनको इच्छा हेरेर सोहीअनुसार वातावरण तयार पारिने छ,’ स्रोतले भन्यो ।

नेपाली श्रमिकको मुख्य गन्तव्य साउदी अरबमा रोजगारीका थप अवसर र तिनको सुरक्षाका विषयमा पनि नेपाली उच्च अधिकारीहरूले छलफल गर्नेछन् । साउदी अरबमा ३ लाखभन्दा बढी युवा रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगारका आधारमा साउदी नेपालीका लागि तेस्रो ठूलो गन्तव्य हो । करिब १४ खर्ब रुपैयाँ -१९ अर्ब अमेरिकी डलर) का मालिक राजकुमारले पनि नेपालमा लगानीको वातावरण’bout अध्ययन गर्ने सम्भावना रहेको परराष्ट्रले जनाएको छ ।

प्रख्यात बैंक सिटिग्रुपमा समेत ३.५ प्रतिशत सेयर रहेका राजकुमार तलालसँग एयरबस ३२० सहित ४ निजी जेट विमान छन् । उनको कम्पनी किंगडम होल्डिग्स सिटिग्रुपसँगै न्युज कर्पोरेसन, टाइम वार्नर आदिमा लगानी छ । समाचार एजेन्सीहरूका अनुसार करिब २ खर्ब २० अर्ब रुपैयाँ -३ अर्ब डलर) को दरबार र घरजग्गाका मालिक राजकुमार तलालसँग करिब ५४ अर्ब रुपैयाँ -७३ करोड डलर) बराबरको गरगहनाको संकलन छ । तलालको कम्पनीको बैंकिङ, होटल, रियल स्टेटमा मुख्य लगानी छ । नेपाल बसाइका क्रममा दरबार स्क्वायरको अवलोकनसँगै उनी माउन्टेन फ्लाइटमा समेत जाने कार्यक्रम छ ।

Posted by: Narayan Nepal                                                    Source: eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.