नोबेल विजेताको विशेष पुरस्कार बाजियोलाई


टोकियो, कात्तिक २४ (एपी)- नोबेल शान्ति पुरस्कार विजेताहरूले वर्सेनि दिने विशेष पुरस्कार यो वर्ष इटालियन फुटबल स्टार रोबर्टो बाजियोलाई प्रदान गरिने भएको छ। गत वर्ष यो पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गरिएको थियो।

 नोबेल शान्ति पुरस्कार विजेताको विश्व सम्मेलन कार्यालयका अनुसार ४३ वर्षे बाजियोलाई लामो समयदेखि च्यारिटीमा दिएको योगदान र स्वतन्त्रताका लागि उठाएको आवाजका लागि पिस समिट अवार्ड २०१० प्रदान गरिने भएको हो। सन् १९९३ मा फिफा वर्ष खेलाडीमा चुनिएका बाजियोले म्यानमारकी प्रजातन्त्रवादी नेतृ एवम् नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीको स्वतन्त्रताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन्।

 

फुटबलमा चर्चा बटुलेका भए पनि बाजियोले अस्पताल निर्माणका लागि सहयोग संकलन गर्दै आएका छन्। उनले हाइटीको महाभूकम्पका पीडित एवम् बर्ड फ्लु पीडितहरूका लागि रकम संकलन गरी संयुक्त राष्ट्र संघसमेतलाई सघाएका छन्।

नोबेल शान्ति पुरस्कार विजेताहरूको बैठक शुक्रबारदेखि जापानको हिरोशिमामा सुरु हुँदैछ, जहाँ दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा अमेरिकाले खसाएको एटम बमले १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो। यसअघिको यो बैठकहरू युरोपमा हुने गर्दथ्यो।

नोबेल शान्ति पुरस्कारका विजेताहरूले एटम बमबाट मारिएका आफन्तहरूलाई पनि एक विशेष अवार्ड प्रदान गर्ने आयोजकले जनाएको छ। हिरोशिमामा परमाणु अप्रसार तथा दुई देशबीचका विवाद शान्तिपूर्ण रूपमा समाधान हुन्छ भन्ने आशा उच्च छ। यो वर्षको शान्ति बैठक परमाणु निशस्त्रिरकरणमा केन्द्रित हुने आयोजकहरूले बताएका छन्।

ब्रिटिस संगीतकार पिटर ग्याब्रियल, अमेरिकी अभिनेता जर्ज क्लोनी र डन चिडल तथा इटालियन कमेडियन निर्देशक राबर्टो बेनिग्नीले यो अवार्ड पाएका थिए। बैठकमा आमन्त्रित गरिए पनि ओबामा उपस्थित हुने छैनन्। तिब्बती धार्मिक नेता दलाई लामा, पोल्यान्डका लेक वालेसा, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डी क्लेर्क र इस्ट टिमोरका राष्ट्रपति जोसे रामोस होर्टा बैठकमा उपस्थित हुने कार्यक्रम रहेको छ।

Postaed by: Raju Gurung                                                                 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.