Daily Archives: 14/11/2010

साउदी राजकुमार नेपालमा


जो विश्वका १९ औं धनी हुन्

गोकर्ण अवस्थी

काठमाडौ, कार्तिक २८

 साउदी अरबका राजकुमार अल वालिद विन तलालको नेपाल भ्रमणका क्रममा सरकारले जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा लगानीका अवसर’bout जानकारी गराउने छ । तीनदिने भ्रमणमा शनिबार आइपुगेका विश्वका १९ औं धनी तलालसँग नेपाली मन्त्रीहरूको समूहले लगानीसँगै वैदेशिक रोजगारका अवसर र सुरक्षा’bout पनि छलफल गर्नेछन् ।

राजकुमार तलाललाई परराष्ट्र सचिव मदनकुमार भट्टराईले स्वागत गरे । उनी दुई निजी विमानमार्फत ३६ जनाको टोली नेतृत्व गर्दै आएका छन् । हयात रिजेन्सी होटलमा राजकुमार ड्रुक एयरबाट आइतबार बिहान भुटान गएर त्यही साँझ काठमाडौं र्फकने छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

नोबेल विजेताको विशेष पुरस्कार बाजियोलाई


टोकियो, कात्तिक २४ (एपी)- नोबेल शान्ति पुरस्कार विजेताहरूले वर्सेनि दिने विशेष पुरस्कार यो वर्ष इटालियन फुटबल स्टार रोबर्टो बाजियोलाई प्रदान गरिने भएको छ। गत वर्ष यो पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गरिएको थियो।

 नोबेल शान्ति पुरस्कार विजेताको विश्व सम्मेलन कार्यालयका अनुसार ४३ वर्षे बाजियोलाई लामो समयदेखि च्यारिटीमा दिएको योगदान र स्वतन्त्रताका लागि उठाएको आवाजका लागि पिस समिट अवार्ड २०१० प्रदान गरिने भएको हो। सन् १९९३ मा फिफा वर्ष खेलाडीमा चुनिएका बाजियोले म्यानमारकी प्रजातन्त्रवादी नेतृ एवम् नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीको स्वतन्त्रताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री चुनाव स्थगित गरिने


माधव ढुङ्गेल

सर्वोच्च अदालतले ‘निरर्थक निर्वाचन नगराउन’ ध्यानाकर्षण गरेपछि संसदमा सत्रौं पटक हुन लागेको पूर्वनिर्धारित निर्वाचन स्थगित हुने भएको छ। सर्वोच्चको फैसला’bout परामर्श गर्न सभामुख सुवासचन्द्र नेम्बाङले आइतबार एकीकृत माओवादी, कांग्रेस, एमाले र चार मधेशवादी दलका संसदीय दलका नेता र मुख्य सचेतकको बैठक बोलाएका छन्। त्यसलगत्तै अपरान्ह कांग्रेसले संसदीय दलको बैठक हुँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता हुने


बिक्रम थापा, राजु गुरुङ/ कुवेत

यही आउदो डिसेम्बर १७ तारिक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता हुन गईरहेको हुँदा कुवेतबासी समस्त खेलप्रेमी खेलाडीहरुमा सहर्ष जानकारी गराउदछौ साथै प्रतियोगिता सम्बन्धी मिती र समय तालिका निम्न बमोजिम रहेको जानकारी समेत गराउदछौ। पढ्नेक्रम जारी राख्नुहोस्

देशमा केही गर्ने मन छ ? इन्टरनेट चलाउनुहोस् !


यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध नेपालको विश्वव्यापी पहिचान र बहुलबादको सँस्कारलाई समेत बढावा दिन्छ।

१. नेपाललाई चिनाउने : हामी यति धनी हुँदा हुँदै पनि हाम्रा यहाँका अतुलनीय विशेषता र मनोरम’bout विश्वलाई थाहा छैन। थोरैलाई मात्र थाहा छ । सगरमाथा त चीनमा होइन? भन्ने प्रश्न विदेशमा रहेका साथीभाइले बेलाबेलामा भोग्ने गरेका छन्। इन्टरनेटमा नेपालको ’boutमा लेखेर यहाँका विविधता र विशेषताका ’boutमा सूचना प्रवाह गरेरे हामी हाम्रो’bout विश्वलाई थाहा दिन सक्छौं जसले गर्दा पर्यटन उद्योग बढ्न सक्छ। पर्यटन हाम्रो जस्तो देशको लागि सबैभन्दा गज्जबको उद्योग हो। पढ्नेक्रम जारी राख्नुहोस्