मनोरन्जन बिबिध…


एक्लै विवाह

एक कार्यालयमा कार्यरत ३० वर्षीया चेन वि-वेले आफ्नो विवाहको घोषणा गर्दै साथीहरूलाई निम्तो दिइन। ३० जना घनिष्ठ मित्रलाई भोजको निम्तो दिएर चेन एक्लै विवाहस्थलमा पुगिन। उनी एक्लै आएको देखेर निम्तालुहरू  छक्क परे। उनले निम्तालुहरूको कौतूहलता शान्त पार्दै आफूले आफैंसँग विवाह गर्न लागेको घोषणा गरिन। उनको कुरा सुनेर निम्तालुहरू हाँसे पनि उनले आफ्नो समस्या भने तत्काल भनिनन।

एसियाली मुलुकमा अझै पनि विवाह गर्न विपरीतलिङ्गी नै चाहिने मान्यता छ। आफूसरहका सबै साथीले विवाह गरेपछि आफूलाई पनि विवाह गर्ने रहर लागेको तर पुरुष जीवनसाथी पाउन नसकेपछि आफैंले आफैंसँग विवाह गर्नुपरेको  उनले बताइन।  चेनले भनिन  ‘मेरो पढाइ राम्रो छ, मसँग कामको अनुभव पनि छ। पुरुष जीवनसाथी नपाउनु अरू युवतीहरूमा पनि देखा पर्ने समस्या हो। त्यसैले पनि मैले आफैंले आफैंसँग विवाह गर्ने निर्णय गरें।  उनले आफ्नो  विवाहका तस्बिर फेसबुकमा अपलोड गरेपछि एसियाली महिलाहरूले सकारात्मक रूपमा प्रतिक्रिया दिएका छन। एक सुभेच्छुकले लेखेकी छन। हामीले पहिले आफैंलाई प्रेम गर्न सिक्नुपर्छ अनि मात्र हामी अरूलाई प्रेम गर्न सक्छौं। विवाहपछि चेनले आफ्नो एकल हनिमुन अस्ट्रेलियामा बिताउने बताएकी छिन।

यौनशिक्षा पढाउन गाह्रो भो!

विद्यालयस्तरमा यौनशिक्षा लागू गरे पनि अहिले बेलायतका शिक्षक-शिक्षिकालाई पढाउन असहज हुने गरेको छ। प्रत्येक पाँच जना शिक्षिक-शिक्षिकामध्ये ४ जनाले यौनशिक्षा विद्यार्थीहरूलाई पढाउन असहज हुने बताए। कतिपय धार्मिक  कारणले गर्दा विद्यार्थीहरूलाई यौन, सम्बन्ध र जीवनयापनका विषयमा पढाउन कठिन हुने उनीहरूले महसुस गरेका छन। त्यसबाहेक उनीहरूले यौनअंग र त्यसको कार्यका सम्बन्धमा बताउन पनि अप्ठ्यारो हुने गरेको बताए।

बेलायतका विद्यालयहरूमा लागू गरिएको यौनशिक्षाका सम्बन्धमा हालै भएको अनुसन्धानमा १ हजार ४ सय शिक्षक-शिक्षिका, अविभावक एवं सरकारी निकायका व्यक्तिहरूले सहभागिता जनाएका थिए। यौन शिक्षाको उपयोगिताका  सम्बन्धमा गरिएको सर्वेक्षणमा अधिकांश अविभावकले शिक्षकहरूले यौनशिक्षा व्यावहारिक रूपमा भन्दा पनि विशेषज्ञका रूपमा सिकाइरहेको बताए। अधिकांश अविभावकले विद्यार्थीहरूलाई सुरक्षित यौन र यौन सुरक्षाका विषयमा जानकारी  दिनुपर्ने बताए। एडिनबर्ग युनिभर्सिटीले गरेको सर्वेक्षणमा विद्यार्थीहरूले पनि यौन शिक्षाका विषयमा विद्यालयमा भन्दा पनि साथीभाइ तथा अविभावकहरूबाट बढी जानकारी पाउने गरेको बताए। पहिलो पटक भएको यस्तो सर्वेक्षणमा  विद्यार्थीहरूले पनि यौनशिक्षा शिक्षक-शिक्षिकाहरूबाट भन्दा पनि साथीभाइहरूबाट बढी पाइको बताएका थिए।

Posted by: Raju Gurung                                                                   Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.