छठ मनाइरहेका युवाको गोली हानी हत्या


जनकपुर, कात्तिक २७ । छठ मनाइरहेका एकजना युवाको जनकपुरस्थित अंगराजसर पोखरीमा शनिबार बिहान ३ बजेतिर गोली हानी हत्या गरिएको छ ।
जानकी चोकमा चस्मापसल गरेर बसेका २५ बर्षीय मुकेश दत्तको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । 
राती जाग्रमा बसेका मुकेश र अन्य साथीहरु पोखरी किनारामा तास खेली रहेको बेला पैदल आएका एक समुहले उनको घाँटीमा गोली हानेको थियो । गोली लागेर ढलेका मुकेशलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
गोली चल्दा करिव सय मिटरको दुरीमा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटिएका थिए । डिएसपी पोखरेलले भीड ठूलो रहेको र पडकाहरु पढ्की रहेकाले गोली चलेको अनुमान लगाउन नसिकएको बताए । गोली लागेर ढलेरपछि होहल्ला भएपछि मात्र प्रहरी थाहा पाएको थियो । त्यस क्षेत्रमा हजारौ तिर्थालु छठ मनाइरहेका थिए ।

 मुकेशका दाजु मनोज द्वन्दकालमा माओवादी आरोपमा प्रहरीले बेपत्ता बनाएका थिए । अझै उनको अवस्था अज्ञात छ । बाबु पूर्व शिक्षक हुन् । घट्नाको कसैले जिम्मेवारी लिएको छैन ।

Posted by : Narayan Nepal                                             Source : Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.