विश्वका उत्कृष्ट CEO हरु


अधिकांश सीईओहरूले कम्पनीलाई प्रगति पथमा दोहो¥याउनका लागि दीर्घकालीन योजना अर्थात् कम्तीमा ३ वर्षसम्मको योजनालाई अगाडि प्रस्तुत गरेका हुन्छन् । जस अनुसार केही सफल हुन्छन् भने कोही असफल, तर वास्तविक सीईओको परीक्षण गर्ने हो भने उनीहरू कम्पनीलाई अगाडि बढाउन समय र परिस्थिति अनुकूलको योजनालाई जोड दिएका हुन्छन् ।
यिनैमाथि उल्लेखित भनाइको आधारमा हार्भर्ड बिजनेस रिभ्युले हालैमात्र विश्वका उत्कृष्ट प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) को सूची प्रकाशित गरेको थियो । सीईओहरूको अनुसन्धानमा संलग्न हार्भर्ड बिजनेस रिभ्युका अनुसन्धानकर्ताहरू–मोर्टन टी ह्यान्सन, हर्मिनिया आइबरा र यर्स पेयरले कम्पनीको आकार तथा कम्पनीमा पु¥याएको अधिकतम योगदानलाई आधारमा सूची तयार पारेको जानकारी दिएका छन् ।
सो आधारमा यो वर्ष प्रविधि कम्पनी एप्पल इंकका कार्यकारी अधिकृत स्टिभ जब्स उत्कृष्ट घोषित भएका छन् । उनी आफ्नो कार्यकालमा विश्वमा नै सबैभन्दा राम्रो प्रदर्शन गर्न सफल भएका छन् । दोस्रो स्थानमा सामसुङका सीईओ युन जोङ योङ छन् भने तेस्रो स्थानमा ग्याजप्रोमका सीईओ एलेक्सी मिलर छन् । त्यसैगरी चौथोदेखि १० औं स्थानसम्म क्रमशः सिस्कोका जोन चेम्बर्स, रिलायन्सका मुकेश अम्बानी, जिलियड साइन्सका जोन मार्टिन, एमेजनको जेफ्री बेजोस, इबेका मार्गरेट विटम्यान, गुगलका एरिक स्किमिड्ट र मोनसन्टोका हफ ग्रान्त छन् ।
एप्पलले पहिलो पटक जब्सको नेतृत्वमा सन् १९७० ताका पर्सनल कम्प्युटरको क्रान्ति गरेको थियो । एप्पलले पर्सनल कम्प्युटर ‘एप्पल’ को उत्पादन गरेको थियो । त्यसपछि जब्सकै नेतृत्वमा सन् १९८० मा पीसीको आविष्कारमा नयाँ आयाम थपियो अर्थात् पुरानो प्रविधिको सुधारित रूप म्याकिन्टोस (म्याक) देखा प¥यो ।
हाल एप्पलले जब्सको निर्देशनमा प्रविधि क्षेत्रमा वर्चश्व कायम गरिरहेको देखिन्छ । एप्पलले नयाँ–नयाँ आविष्कार एवं उत्पादन सामग्री ल्याउने क्रम जारी छ । ओएस एक्स अपरेटिङ सिस्टम, आइलाइफ तथा प्रोफेसनल एप्लिकेसन सिस्टममा ठूलो उपलब्धि हासिल गर्न सफल छ ।
त्यसैगरी पछिल्लो समयमा आफ्ना नयाँ उत्पादन आइफोनसँगै एप्पल मोबाइल बजारमा प्रवेश गरेको छ । एप्पलसँग जति पनि नयाँ–नयाँ आविष्कार तथा उत्पादनका सामग्री छन् । तीमध्ये अधिकांशको अस्तित्वमा जब्सको धेरै महत्वपूर्ण स्थान छ ।
Posted by: Raju Gurung

One response to “विश्वका उत्कृष्ट CEO हरु

  1. I’m very happy getting an opportunity to read the news through your news material. Thanks a lot to all the team of Kuwait News.
    Nanda Kumar Bhandari

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.