सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुणा बढी रहेको तथ्य देखाएको छ । अनुसन्धान अनुसार तातो चियाले घाँटीको कोमल तन्तुमा असर गर्छ ।
चिया पाक्ने बित्तिकै पिउने मानिसमा ४ अथवा ५ मिनेटपछि पिउने मानिसको तुलनामा क्यान्सरको खतरा पाँचगुणा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन करिब ५० हजार मानिसमा गरिएको हो । विशेषज्ञहरूकाअनुसार चिया कपमा हालेको दस मिनेटपछि पिउनुपर्छ ।
Posted by: Jay Ale