मोबाइल फोन शान घटेर सूचनाको साधन बन्दै


प्रकृति अधिकारी / अजय शर्मा
अन्तर्राष्ट्रिय बजारमा भर्खरै भर्खरै मोबाइल  फोन भित्रिएको थियो । प्रायः धनाढ्यको हातमा मात्र मोबाइल फोन देख्न पाइन्थ्यो । मोबाइल फोनका ’boutमा नेपालीबीचमा पनि चर्चा हुन्थ्यो । मोबाइल फोनका ’boutमा सुनेपछि नेपाली “ओहो, यस्तो गजबको फोन Û” भनेर अचम्म मान्ने गर्दथे । टाढा नजाऔँ, तिनताका भारतले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोबाइल फोन उपहार दिने घोषणा गरिएको थियो । खेलमैदानमा कारसँगै राखिएको मोबाइल फोनलाई टेलिभिजनले पटकपटक देखाउँथ्यो । यसपछि क्रमशः मोबाइल फोन नेपालमा पनि भित्रियो ।
सुरुका बेला मोबाइल फोन लिनसक्ने थोरै मात्र थिए । फोन लिन मोटो रकम बुझाउनुपर्ने, सेटलाई नै मोटो रकम तिर्नुपर्ने र त्यसमाथि चर्काे महसुल दर । सामान्य नागरिकको पहुँचभन्दा टाढाको विषय थियो । अझ भनौँ विलासिताको वस्तु नै मानिन्थ्यो मोबाइल । तिनताका त पत्रपत्रिकामा कसले कसले मोबाइल फोन लिएका छन् भन्ने ’boutमा समाचार नै बन्थ्यो । पहिले पोस्टपेड मोबाइल नेपालमा भित्रिएको थियो । केही वर्षमै पि्रपेड मोबाइल वितरण गरियो । सुरुका दिनमा भोलिपल्ट सिमकार्ड वितरण गरिन्छ भन्ने सूचनाका आधारमा सिमकार्ड लिन चाहने मानिस नेपाल टेलिकमको अफिसमा रात नै बिताउँथे । निकै लाम लाग्नु पथ्र्यो । फोन गर्नेले मात्र नभई सीसीभ गर्ने अर्थात् मोबाइल फोन बहाकले फोन उठाउँदासमेत पैसा तिर्नुपथ्र्याे ।

ती दिन अब कथा भइसकेका छन् । अब भरियाले मोबाइल फोनमा कुराकानी गरेको समाचार बन्न छाडिसकेका छन् । ग्रामीण भेगकी गृहणीसित होस् वा पशुपतिनाथ मन्दिरअगाडि बसी भिख माग्ने गरेका व्यक्तिनै किन नहुन् उनीसँग मोबाइल फोन अवश्य रहन्छ । मोबाइल अब विलासिताको वस्तु होइन, सूचना र सम्पर्कको अनिवार्य साधन बन्न पुगेको छ । मोबाइल फोनले ल्यान्ड लाइन टेलिफोनलाई विस्थापन गर्न नसके पनि त्यसभन्दा निकै लोकपि्रय बनेको छ । नेपालको जनसङ्ख्या झण्डै साढे दुई करोड पुगेको छ भने मोबाइल फोन प्रयोगकर्ता झण्डै एक करोड पुग्न लागिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०६७ असार मसान्तसम्म नेपाल टेलिकमका जीएसएम मोबाइलका ग्राहक सङ्ख्या ३९ लाख ६० हजार २९३ तथा सीडीएमएका ग्राहक आधार नौ लाख २० हजार २५७ र ल्यान्डलाइनको ग्राहक सङ्ख्या पाँच लाख ८३ हजार ५४२ तथा थ्रीजी गरी जम्मा ५४ लाख ६८ हजार १९१ रहेका छन् । त्यस्तै, युनाइटेड टेलिकम प्रालि -यूटीएल)का मोबाइल प्रयोगकर्ता चार लाख ६० हजार आठ सय, स्पाइस नेपाल -एनसेल)का २९ लाख ४२ हजार ६५०, एसटीएम टेलिकम सञ्चारका चार हजार ८४१, नेपाल स्याटेलाइट -हेलो नेपाल)का ५४ हजार ७३९ तथा स्मार्टका एक हजार ७४२ समेत गरी कुल नेपाली टेलिफोन प्रयोगकर्ता ८९ लाख ३३ हजार ४४७ पुगेका छन् ।

नेपालमा वाषिर्क कति मोबाइल फोन खपत हुन्छ भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन । किनकि भारतसितको खुला सीमाका कारण दैनिक सयौँ मोबाइल सेट नेपाल भित्रिन्छन् । त्यस्तै, हवाईमाध्यम हुँदै बिदेशबाट आउँदा आफूसाथमा ल्याएको एउटा मोबाइल सेटलाई भन्सार तिर्नु नपर्ने भएकाले दैनिक नेपाल आएकाले भित्र्याउने गरेको सेटको सङ्ख्या पनि उत्तिकै हुन्छ ।

विश्वमा सबैभन्दा पहिले मोटोरोला कम्पनीको मोबाइल फोन भित्रिएको थियो । त्यसपछिको पुरानो नोकियो फोन हो । अहिले विश्वमा दर्जनौँ कम्पनीले मोबाइल फोन उत्पादन गर्ने गरेका छन् । नेपालमा पनि विगत छ महिना यता थुप्रै नयाँ उत्पादक कम्पनीका मोबाइल फोन भित्रिएका छन् । नेपाली बजार सानो भए पनि नयाँ नयाँ प्रविधिका मोबाइल फोनको विकाससँगै बिक्री पनि उत्तिकै छ । बजारमा न्यूनतम दुई हजार रुपियाँभन्दा पनि कम मूल्यमा रङ्गिन सेट नै किन्न पाइन्छ । त्यसैले अचेल श्यामश्वेत रङका मोबाइल सेटको विक्री खासै छैन । एउटामात्र होइन, तीन वटासम्म सीमकार्ड राख्न सकिने मोबाइल सेट बजारमा किन्न पाइन्छन् ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने अर्थात् बजारको ठूलो हिस्सा ओगट्न सफल हुँदै आएको छ नोकिया कम्पनीका मोबाइल फोनले । नेपालका लागि आधिकारिक बिक्रेता न्युटोरिक नेपालका एरिया सेल्स म्यानेजर सुवीर श्रेष्ठले मासिक २० देखि २२ हजार सेट विक्री गर्ने गरेको दाबी गर्नुहुन्छ । नोकियाको दुई हजार १६० देखि एक लाख १५ हजार रुपियाँसम्मका ५७ वटा मोडेलका सेट बजारमा उपलब्ध छन् । सो मोबाइलको सबैभन्दा बढी ८८०० मोडेलको सेट विक्री हुँदै आएको छ । सामसुङ ब्रान्डका ३१ वटा मोडेलमा मोबाइल सेट बजारमा पाइन्छन् । सामसुङका सेट एक हजार ८९० देखि ५५ हजार रुपियाँसम्मका छन् । इन्टरनेसनल मार्केटिङ सर्भिसेजका सिनियर टेरोटेरियल सेल्स अफिसर राम श्रेष्ठले मासिक १८ हजार वटासम्म यसको बिक्री हुँदै आएको दाबी गर्नुभयो । सामसुङ क्याम्प सबैभन्दा बढी विक्री हुने गरेको छ ।

त्यस्तै, एलजी ब्रान्डका मोबाइल सेट एक हजार ९९९ देखि ४० हजार रुपियाँसम्ममा पाइन्छन् । चौधरी ग्रुपका सहायक म्यानेजर विनायक पोखरेल २८ वटा मोडेलका एलजी मोबाइल सेट मासिक १० हजार वटासम्म बिक्री हुँदै आएको दाबी गर्नुहुन्छ । एलजी मोबाइलका देशका विभिन्न स्थानमा २६ वटा सर्भिस सेन्टर छन् । एलजीका कुकी सिरिजका मोबाइल सबैभन्दा बढी विक्री हुँदै आएका छन् । यी बाहेकका अन्य ब्रान्डका मोबाइल सेटको विक्री खासै धेरै छैन । भारतमा बनेको कलर्स र स्पाइसको मासिक विक्री २० हजार रहेको तथा यसको मूल्य दुई हजारदेखि ३० हजार रुपियाँसम्म पर्ने गरेको न्यु एसिया प्यासिफिक ट्रेडर्सका प्रशान्त अग्रवालले बताउनुभयो । पशुपति ट्रेड लिङ्कका मार्केटिङ अफिसर सुवोध सिंहले कार्बन मोबाइल सेटको मूल्य दुई हजार आठ सयदेखि आठ हजार रुपियाँसम्म पर्ने बताउनुभयो । यसको मासिक बिक्री सात हजार सेट रहेको दाबी

एक महिनाअघि मात्र नेपाल भित्रिएको ग्रेप्सको प्रतिसेट चार हजार पाँच सयदेखि पाँच हजार १५० रुपियाँसम्ममा पाइन्छ भने डेढ वर्षअघि भित्रिएको भारतीय ब्रान्डको जी फाइभको मूल्य एक हजार ७५० देखि ११ हजार ७५० रुपियाँसम्म रहेको छ । मोटोरोलाको बजार भने केही खस्किएको अवस्था छ । दुई हजारदेखि १० हजार रुपियाँसम्ममा किन्न पाइने मोटोरोलाको बिक्री सङ्ख्या त्यसका बिक्रेताहरूले बताएनन् । भारतीय कम्पनीको वीनकमको मोबाइल सेटलाई दुई हजार ५५० देखि साढे सात हजार रुपियाँसम्म र कार्बन मोबाइल सेटलाई तीन हजार २५० देखि नौ हजार रुपियाँसम्ममा किन्न पाइन्छ । जेन मोबाइललाई प्रतिसेट दुई हजार ६५० देखि नौ हजार नौ सय रुपियाँसम्म र बर्ड मोबाइलसेट एक हजार ९५० देखि नौ हजार ६५० रुपियाँसम्म बजारमा पाइन्छ । सबै कम्पनीका मोबाइल सेटको खरिदमा एक वर्षे वारेन्टी र ब्याट्रीमा छ महिना ग्यारेन्टी दिइने गरिएको छ ।

मोबाइलमा पाइने विभिन्न सेवा तथा सुविधाका कारण प्लस टुका विद्यार्थीदेखि शिक्षक, कर्मचारी तथा व्यापारी पनि मेमोरी कार्ड, क्यामेरा, जीपीआरएस, ब्लुटुथलगायतका सुविधा भएका सेटतिरै तानिएका छन् । मोबाइल प्रयोगकर्ताको पहिलो रोजाइ बन्न पुगेको छ जीपीआरएस तथा सफ्टवयेर सपोर्ट गर्ने सेट । मोबाइलमा नै गीत सुन्ने, भिडियो हेर्न तथा मोबाइलमा टीभी हेर्नेदेखि लिएर मोबाइलमै इन्टरनेट चलाउनेसम्मका सुविधा नयाँ होइनन् । यति मात्र होइन एप्लिकेसन सपोर्ट गर्ने सेटमा त डिक्सनरी राख्नेदेखि लिएर अन्य थुप्रै सफ्टवेर पनि राख्न मिल्छ । यसबाट मोबाइलको पहिलेको परिभाषा नै बदलिदिएको छ ।

कीर्तिपुर विश्वविद्यालय माइक्रोबाइलोजीका छात्र सेरु बीकेले मोबाइल सेटमा शब्द कोश नै राख्न मिल्ने भएपछि विद्यार्थीलाई निकै सजिलो भएको बताए । सुविधा सम्पन्न मोबाइल सेटका रुपमा रहेका आइफोन तथा आइप्याडमा त झन् सय भन्दा बढी एप्लिकेसन राख्न मिल्नुका साथै ग्लोबल पोजिसनिङ सिस्टम, भिडियो कल, भिडियो मसेजिङ, हाइ स्पिड इन्टरनेट जस्ता थुप्रै सुविधा हुने गर्दछन् ।

मोबाइलका सुलभ सेट तथा मोबाइल प्रविधिमा आएको विस्तारसँगै मोबाइलमा जीपीआरएस इन्टरनेट चलाउनेको सङ्ख्या अघिल्लो साउनमा तीन लाख ६३ हजार ९४२ जनाले जीपीआरएस चलाउने गरेकोमा अहिले यो सङ्ख्या ११ लाख ५३ हजार ६४३ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा झण्डै आठ लाखले बढेको छ ।

अहिले एनसेलबाट जीपीआरएस इन्टरनेट चलाउनेको सङ्ख्या नौ लाख ८९ हजार २९१ छ । गत वर्ष एनसेलमा जीपीआरएस चलाउने तीन लाख ३२ हजार ४२८ थिए । एनसेलको भन्दा बढी मोबाइल प्रयोगकर्ता भए पनि नेपाल टेलिकमका ग्राहकले कम जीपीआरएस इन्टरनेट चलाएका छन् । प्राधिकरणका अनुसार अघिल्लो वर्ष टेलिकमको मोबाइलबाट ३१ हजार ५१४ जनाले जीपीआरएस सेवा लिने गरेकामा यो बढेर एक लाख ६४ हजार ३५३ पुगेको छ ।

यसरी मोबाइलमै इन्टरनेटको सुविधा भएपछि जहाँबाट पनि इमेल हेर्न, च्याट गर्न, ई बुक पढ्नेजस्ता कार्य गर्नुका साथै मोबाइलको प्रयोगबाट नै आफ्नो बैङ्क खातामा रहेको रकम बुझ्न, विद्युत् महसुल तथा पीएसटीएनको बिल भुक्तानी गर्नेदेखि लिएर चाहेको स्थानमा रकम सजिलै पठाउन सकिन्छ ।

वातावरणसँग काम गर्ने अमेरिकी संस्था इडब्जुजीले केही महिनाअघि रेडिएसन फाल्ने मोबाइलको सूची सार्वजनिक गरेको छ । अध्ययनमा मानिसको शरीरमा मोबाइलले फ्याक्ने रेडिएसनका आधारमा मोबाइल सेटलाई खराबको सूचीमा राखेको छ ।

धेरै रडिएसन भएका मोबाइल सेट ः

१) मोटोरोला ड्रोइड

२) एप्पल आइफोन थ्रीजी एस

३) एचटीसी नेक्सस वान

४) ब्लाकवेरी नेक्सस वान

५) सामसुङ इन्सटिङ्ट एचडी

६) मोटोरोला क्लिक

७) मोटोरोला ब्रट आई ६८०

८) पेनटेक इम्प्याक्ट

९) एलजी चकलेट टच

१०) सामसुङ म्याथिक

कम रेडिएसन भएका मोबाइल सेट ः

१) सान्यो काताना २

२) सामसुङ रग्बी

३) ब्लायकबेरी स्ट्रोम १५३०

४) सामसुङ आई ८०० ओम्निमा २

५) सामसुङ प्रोपल प्रो

६) सामसुङ एसजीएच

७) हेली पेन्टेक ओसियन

८) सोनी एरिक्सन डब्लू ५१८

९) सामसुङ एसजीएच

१०) एलजी साइन २

विश्वमै अत्यधिक लोकपि्रय ब्ल्याकबेरीका मोबाइल सेट पनि नेपाली प्रयोगकर्ता माझ भर्खरै एनसेलले नेपाली बजारमा भित्र्याएको छ । संसारमा २१ लाखभन्दा बढी ब्लायकबेरी प्रयोगकर्ता रहेका छन् । ब्लायकबेरीका सेटमा वायेरलेस नेटवर्क तथा सफ्टवयेर अपडेटभएकाले पनि निकै लोकपि्रय बनेका छन् । यसमा ब्लायकबेरी इमेल आईडी, ब्लायकबेरी म्यासेन्जर तथा सिस्टम सेक्यिुरिटि, सिग्नेचर क्याप्चर, जीपीएस, ग्लोबल पोजिसनिङलगायतका विभिन्न सुविधा भएकाले पनि ब्लायबेरीतर्फ मानिसको आकर्षण बढेको छ ।

भारतमा समेत सुरक्षाका कारण ब्लायकबेरी सेवामार्फत् हुने डाटाको विषयलाई लिएर आलोचना भइरहेको अवस्थामा नेपालमा यसको सेवा सञ्चालनमा एनसेल जुटेको छ । नेपाल प्रहरीले समेत ब्लायकबेरी सेवालाई लिएर सुरक्षाको प्रश्न उठाउँदै आएको छ ।

क)थ्रीजी -थर्ड जेनेरेसन) मोबाइल वायरलेस टेलिकमियुनिकेसन प्रणाली अन्तर्गत दू्रत गतिको डाटा ट्रान्सफर हुनुका साथै भिडियो कल, लाइभ टीभी, हाइ स्पिड इन्टरनेट, तस्बिर मेसेजिङ सेवालगायतका सेवा उपलब्ध हुन्छन् । हाल नेपालमा समेत यस प्रकारका सेवा दिनेमा नेपाल टेलिकम र एनसेल रहेका छन् । नेपाल टेलिकमले हाल काठमाडौँ र पोखरामा यो सेवा सञ्चालनमा ल्याएको छ ।

ख) सीआरबीटी -कलर रिङ व्याक टोन) मोबाइलमा फोन डायल गर्नेले सुन्न सकिने गरी सङ्गीत राखिने प्रविधि हो । यो सेवा नेपाल टेलिकम, एनसेल तथा यूटीएलमा उपलब्ध छ । एउटा सङ्गीत १५ दिनसम्म राख्न सकिने यो सेवाको मूल्य प्रति सङ्गीत १० रुपियाँ रहेको छ ।

ग) नोटिस बोर्ड सेवा इन्टेलिजेन्ट नेटवर्कमा आधारित भ्यालुएडेड दूरसञ्चार सेवा हो । यस सेवाबाट भ्वाइसमेल बक्सलाई नोटिसबार्डको रूपमा प्रयोग गर्न सकिन्छ । ग्राहकले आफ्नो फोनमा यो सेवा प्रयोग गरी नोटिसबोर्डमा सूचना रेकर्ड गर्न र फोनमा फोन गर्ने ग्राहकले सो सूचना सुन्न सक्छन् । यो सेवा निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ । á

विश्वभरि प्रयोगकर्ता कति ?

विश्वमा मोबाइल फोन प्रयोग नगर्ने मुलुक नै छैनन् । एक तथ्याङ्क अनुसार विश्वभरि झण्डै पाँच अर्ब जनसङ्ख्याले मोबाइल फोन प्रयोग गर्ने गरेको छ । विश्वको कुल जनसङ्ख्या छ अर्ब ८० करोड रहेको छ । मोबाइल फोन प्रयोगकर्ता विश्वको जनसङ्ख्याको करिव ७० प्रतिशत पुगेको अनुमान गरिएको छ ।

विश्वमा सबैभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता चीनमा छन् । चीनका एक अर्ब ३३ करोड जनसङ्ख्यामध्ये ८० करोड ४४ लाख जनसङ्ख्याले मोबाइल फोन प्रयोग गर्ने गरेका छन् । त्यसपछि भारतमा ६७ करोड र अमेरिकामा २९ करोड मोबाइल फोन प्रयोगकर्ता छन् ।

लिथुनिया, बुल्गेरिया, हङकङ, नेदरल्यान्ड, न्युजिल्यान्ड, रुस, जर्मनी, इटलीजस्ता राष्ट्रमा जनसङ्ख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । अर्थात् ती देशमा एक व्यक्तिले बढी मोबाइल फोन राख्ने गरेका छन् ।

बङ्गलादेश, इजिप्ट, लेवनानजस्ता मुलुक पनि छन् । जहाँ अहिले पनि मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या खासै बढ्न सकेको छैन ।

मोबाइल फोनको विकास क्रम

ड्ड मोबाइल फोनको विकास क्रममा रेडियो फोनलाई विर्सिन सकिन्न । दोस्रो विश्व युद्ध ताका सेनाहरूले रेडियो फोन प्रयोग गर्दथे । यी ठूला आकारका हुन्थे । सन् १९४६ मा अमेरिकामा पहिलो मोबाइल टेलिफोनको निर्माण गरिएको थियो । यसको आकार ठूलो थियो । यसको तौल ८० पाउन्डको थियो ।

१) सन् १९६० मा स्वेडेनले मोबाइल फोनमा सुधार गर्‍यो । यसलाई मोबाइल फोनको आधुनिक संस्करणको विकासका रूपमा लिइन्छ ।

२) मोटोरोला कम्पनीले सन् १९७३ मा सुधारिएको नयाँ मोबाइल फोनको विकास गर्‍यो । यसको श्रेय डा. मार्टिन कुपरलाई जान्छ ।

३) जापानको टोकियो महानगरपालिका क्षेत्रमा मात्र प्रयोग गर्न सकिने मोबाइल फोनको विकास भयो । पछि सन् १९८१ मा जापानभरि प्रयोग गर्न सकिने पहिलो पुस्ताको मोबाइल फोनको विकास भयो । त्यस्तै खाले मोबाइललाई डेनमार्क, फिनल्यान्ड, नर्वे, स्वेडेन, अमेरिकाले प्रयोगमा ल्याएका थिए ।

४) सन् १९९१ मा दोस्रो पुस्ताको मोबाइल फोनको विकास भयो । यसलाई फिनल्यान्डले सार्वजनिक गरेको थियो ।

५) सन् २००१ मा तेस्रो पुस्ताको मोबाइल फोनको विकास भयो । यसको विकास जापानले गरेको थियो । हाल प्रयोगमा रहेका मोबाइल फोन तेस्रो पुस्ताको अर्थात् थ्रीजी हुन् ।

६) सिमकार्ड अर्थात् सबस्क्राइबर आइडेन्टिटी मोडुल को पहिलो पटक सन् १९९१ मा निर्माण गरिएको थियो । यसलाई जिसेक एण्ड डेभरिएन्ट कम्पनीले निर्माण गरेको थियो र त्यस बेला तीन सय वटा कार्ड विक्री भएका थिए ।

पुरुषलाई पनि समस्या

शोधकर्ताहरूले मोबाइल फोनको अधिक प्रयोगबाट पुरुषको शुक्राणुको सङ्ख्या घट्नसक्ने चेतावनी दिएका छन् ।

उनीहरूले यसो हुँदा प्रजनन क्षमतामा प्रभाव पार्न सक्ने बताएका छन् । भारतको मुम्बई अस्पतालमा सन्तान जन्माउन असफल भएकामध्ये उपचार गराइरहेका ३६४ पुरुषमाथि गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

शोध ओहियोको क्लिबल्यान्ड क्लिनिक फाउन्डेसनले गरेको थियो र त्यसबाट प्राप्त निष्कर्षलाई अमेरिकाको सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनलाई हस्तान्तरण गरिएको थियो । शोधकर्ताका अनुसार एक दिनमा चारघण्टा वा त्यसभन्दा बढी समयसम्म मोबाइल फोनको प्रयोग गर्ने पुरुषको शुक्राणुको सङ्ख्या कम पाइएको छ । रहेका शुक्राणुको अवस्था पनि ठीक पाइएको थिएन ।

त्यस्ता व्यक्तिको शुक्राणुको सङ्ख्या प्रतिमिलिलिटर पाँच करोड पाइएको थियो । जुन सामान्य व्यक्तिको भन्दा निकै कम हो । शोधले दुईदेखि चार घण्टासम्म मोबाइल फोन प्रयोग गर्ने व्यक्तिको शुक्राणु प्रतिमिलिलिटर सात करोड पाइएको देखाएको छ । मोबाइल फोन नगर्ने व्यक्तिमा यो संख्या साढे आठ करोड पाइएको बताइएको छ ।

Posted by: Raju Gurung                                                          Source: Youva Manch

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.