दक्षिण कोरियामा नेपाल सम्बत भब्य रुपमा सम्पन्न


पुरु जोशी, दक्षिण कोरिया

कोरियामा ११३१ औं नेपाल सम्बत शुभकामना आदान प्रदान भब्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदूतावास सउल र नेवाः पुचः कोरियाद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूतद्वारा सम्पूर्ण नेपालीहरुलाई ११३१ औं नेपाल सम्बतको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो भनें कार्यक्रममा NCC का अध्यक्ष डेविट राई, NRN कोरियाका अध्यक्ष बिनोद कुँवर, नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसी, आदिवासी जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङ, गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिव सुवेदी, बाग्लुङ सम्पर्क समितिका सचिव याम श्रीस र चित्रकार राजेश मानन्धरद्वारा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सयौं फुलका थुङ्गा हामी राष्ट्रिय गान पश्चात कोरियामा दिवंगत भएका परिचित अपरिचित नेपालीहरुको नाममा १ मिनेट मौन धारण गरी शुरु गरिएको कार्यक्रममा संचालक माधव प्रसाद श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरुलाई आसन ग्रहण गराउनु भएपछि नेवाः पुचका भूपू सचिव रमेश प्रजापतिले अतिथिहरु लगायत उपस्थित सम्पूर्ण नेपालीहरुलाई स्वागत मन्तब्यबाट स्वागत गर्नुभयो । मन्तब्यका क्रममा वहाँले नेपाल सम्बतलाई सरकारले राष्ट्रिय सम्बतको रुपमा मान्यता दिएको कुरा अत्यन्तै ठुलो उपलब्धी हो भन्दै आउंदा बर्षहरुमा दूतावासको तर्फबाट नेपाल संवतको कार्यक्रम आयोजना गरियोस् भनी मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल सम्बतको इतिहास कहिले र कसरी भएको थियो यो सम्बतलाई नेपाली जनताहरुले लगभग ८ सय बर्षभन्दा बढी मनाएको तर चन्द्र शम्सेरको पालामा यो सम्बत मान्न बन्द गराएको र बिक्रम सम्बत भारतबाट आएको जस्ता यावत कुराहरुको समिश्रण गरी सनमुन युनिभर्सिटीमा पी एच् डी कोर्स गरिरहनु भएका ओम सुवालले पावर प्वाइन्ट मार्फत उपस्थित सबैलाई नेपाल सम्बतका ’boutमा जानकारी दिएका थिए ।

मन्तब्यका क्रममा उपस्थित अतिथीहरुले यो सम्बत सम्पूर्ण नेपालीहरुको नभई नेवार समुदायको मात्र हो भन्ने जस्ता भ्रामक बिचार गर्दै आइराखेको र अब उप्रान्त यो सम्बतलाई नेपाली दूतावास मार्फत प्रत्येक बर्ष अझ यो भन्दा यो भन्दा बढी महत्व दिई मनाउनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति गुरुज्यु नविन बज्राचार्यले नेपाल सम्बत ११३१ को शुभकामना दिनुहुंदै यो सम्बतलाई सबै नेपालीहरुले अपनाउनु पर्ने कुरा ब्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपालबाट ६ महिनाका लागि दक्षिण कोरियामा आउनु भएका नेपाली चित्रकार राजेश मानन्धरको चित्रकलाहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय दाजुभाइहरुले गीत प्रस्तुत गरिएको थियो भने नेवाः पुचका सकृय सदस्य मदन लाल श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.