Daily Archives: 10/11/2010

सुन ४० हजार नजिक


योगेश खतिवडा,

काठमाडौ, कार्तिक २४ – विवाहको सिजन आउनै लाग्दा सुनको गहना किन्नेका लागि दुःखको खबर । अब तपाईले सुन किन्दा बढी रकम जोहो गर्नुपर्ने भएको छ ।

स्थानीय बजारमा मंगलबार प्रतितोला सुनको मूल्य ४० हजार रुपैयाँ नजिक पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार मूल्यभन्दा तोलामा झन्डै १ हजार रुपैयाँले बढेको मूल्य कायम भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सापट लिँदै, देश चलाउँदै


मैना धिताल,

काठमाडौ, कार्तिक २४ – बजेट आउन ढिलाइ हुँदै गएपछि अत्यावश्यक काममा भुक्तानी गर्न अर्थ मन्त्रालय ऋण सापटी लिन बाध्य भएको छ ।

राजस्व असुली भएर सरकारी ढुकुटीमा रकम जम्मा भए पनि काम चलाउ बजेटले दिएको एक तिहाइ खर्च सीमा सकिएपछि अर्थ मन्त्रालयको हात बाँधिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइल फोन शान घटेर सूचनाको साधन बन्दै


प्रकृति अधिकारी / अजय शर्मा
अन्तर्राष्ट्रिय बजारमा भर्खरै भर्खरै मोबाइल  फोन भित्रिएको थियो । प्रायः धनाढ्यको हातमा मात्र मोबाइल फोन देख्न पाइन्थ्यो । मोबाइल फोनका ’boutमा नेपालीबीचमा पनि चर्चा हुन्थ्यो । मोबाइल फोनका ’boutमा सुनेपछि नेपाली “ओहो, यस्तो गजबको फोन Û” भनेर अचम्म मान्ने गर्दथे । टाढा नजाऔँ, तिनताका भारतले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोबाइल फोन उपहार दिने घोषणा गरिएको थियो । खेलमैदानमा कारसँगै राखिएको मोबाइल फोनलाई टेलिभिजनले पटकपटक देखाउँथ्यो । यसपछि क्रमशः मोबाइल फोन नेपालमा पनि भित्रियो । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियामा नेपाल सम्बत भब्य रुपमा सम्पन्न


पुरु जोशी, दक्षिण कोरिया

कोरियामा ११३१ औं नेपाल सम्बत शुभकामना आदान प्रदान भब्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदूतावास सउल र नेवाः पुचः कोरियाद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूतद्वारा सम्पूर्ण नेपालीहरुलाई ११३१ औं नेपाल सम्बतको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो भनें कार्यक्रममा NCC का अध्यक्ष डेविट राई, NRN कोरियाका अध्यक्ष बिनोद कुँवर, नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसी, आदिवासी जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङ, गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिव सुवेदी, बाग्लुङ सम्पर्क समितिका सचिव याम श्रीस र चित्रकार राजेश मानन्धरद्वारा शुभकामना ब्यक्त गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सानो प्रयास, ठूलो उद्देश्य


-राज भानु-

रेमिट्यान्सले मात्रै देश बन्दैन भन्ने विषयमा धेरै बहस पढियो  र धेरैले यो विषयको तारिफ पनि गरे यसको विरोधमा बडो तर्कपूर्ण अभिव्यक्ति पनि भेटियो। तर यो विषयलाई अब कुन धरातलमा राखेर विश्लेषण गर्ने भन्ने कुरा अझै पनि दुविधापूर्ण देखिन्छ। हाम्रो देशलाई तुलना गरिएका सबै देशहरु हरेक आधारमा हामी भन्दा धेरै माथिका देशहरु छन् जसले गर्दा यो विषयलाई मापनको कसी बनाउँदा न्याय नहुन सक्छ। यस आधारमा देशको उद्योगधन्दा, कलकारखाना अझ भनुँ सम्पूर्ण अर्थतन्त्र धरासायी भइरहेको वर्तमान परिप्रेक्ष्यमा देश कसरी घिस्रिरहेको छ त भन्ने प्रश्न अनुत्तरित रहन सक्छ। देशमा आउने रेमिट्यान्सको मेरो विचारमा ठूलो भूमिका रहेको छ। अर्को कुरा, कुनै निश्चित क्षेत्र मात्र भए पनि देशमा भित्रेको रेमिट्यान्सले बाटो, स्कुल, खानेपानी जस्ता विकासका कामहरु हुँदै नभएको चाहिँ पक्कै होइन। यसको उदाहरणको रूपमा एउटा नामकै खातिर भए पनि धरानलाई लिन सकिन्छ। तर विदेशमा बसेर पैसा पठाएर देशको लागि केही गर्न सकिन्न भन्ने चाहिँ पक्कै पनि होइन। पढ्नेक्रम जारी राख्नुहोस्