माधव मुखिया, दोहा कतार
इस्लाम धर्मालम्बीहरुको महान चाड ईद अल-अधा २०१० को ३ दिने छुट्टीको अवसरमा माउन्ट एभरेष्ट युथ क्लब दोहा, कतारले खुला अन्तर नेपाली फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबको संरक्षक समिति सदस्य दिलिप सुब्बाको संयोजत्वकमा ५ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । सह-संयोजक मिलन खत्री, सदस्यहरु निर कुमार गिरी, विजय लिम्बु र धुर्व रिमाल रहेका छन् ।
प्रवासी नेपालीहरुको फूटबल प्रतिको रुची र लोकप्रियतालाई बुझी प्रतियोगिताको माध्यम प्रवासी नेपालीहरुलाई मनोरंजन दिन एबम प्रतिभावान नेपाली फूटबल खेलाडीहरुको खेल कौशल देखाउने मौका दिन नै प्रतियोगिता आयोजना गरेको सुब्बाले जानकारी गराउनु भयो ।
Posted by: Jay Ale