एजेन्सी । श्रीलंका सरकारले मुलुकको राजधानी कोलम्बोमा एउटा ‘प्रेम उद्यान’ बनाउने भएको छ । जहाँ प्रेमी-प्रेमिका बिना कुनै अवरोध एकसाथ समय बिताउन सक्नेछन् । श्रीलंकाको राष्ट्रिय युवा परिषदका अध्यक्ष ललिथ पियुम पेरेराका अनुसार उक्त प्रेम उद्यान यस्तो स्थानमा हुनेछ जहाँ प्रेमी जोडी एकअर्का प्रति आफ्नो विचार व्यक्त गर्न सकुन् । आगामी वर्ष निर्माण सुरु गरिने उद्यान संसद भवन नजिक रहेको नदी किनारमा रहनेछ । जहाँ गीत संगीतको व्यवस्था पनि गरिनेछ ।
पार्कमा प्रवेशका लागि उमेरको कुनै हद राखिने छैन । तर बालबालिकालाई प्रवेश दिइने छैन । ललिथ पियुम पेरेराका अनुसार उद्यान बनाउने योजना निर्क अघिदेखिको हो तर कार्यन्वयनलाई भने अहिले तिब्रता दिइएको हो । प्रहरीले यो वर्ष श्रीलंकाको दुई प्रमुख सहरको सार्वजनिक स्थलमा प्रेम व्यक्त गरिरहेका सयौ जोडीलाई पक्राउ गरेको थियो ।
यो गिरफ्तारीहरुका कारण सरकारलाई निकै आलोचना सहनु परेको थियो। गिरफ्तार गरिएका कतिपय जोडीको मगनीसमेत भइसकेको थियो । र कति त विवाहित थिए । पेरेराका अनुसार प्रशासनको गडबडीका कारण स्वयम जिम्मेवार छ । ’cause यस्ता जोडीका लागि कुनै सहज स्थान उपलव्ध गराउन सकेन जहाँ सहजतापूर्वक मेलमिलाप गर्न सकुन् । उनका अनुसार आधुनिकतातिर अघि बढिरहेको श्रीलंकाका युवा पिढी र पुरानो परम्पराबीच टकरावको अवस्था छ ।
Posted by: Jay Ale Source: NepalRus