Daily Archives: 09/11/2010

अश्लील साइट बन्द सुरु


इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले अश्लील वेबसाइट ब्लक गर्न सुरु गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक रूपमा नकारात्मक असर पर्ने भनी पहिचान गरेर ६० वटा साइट बन्द गर्न बुधबार आइएसपीलाई पत्र पठाएपछि यो काम सुरु भएको हो । गृह, सञ्चार मन्त्रालय र प्राधिकरणका प्रतिनिधिको एक संयन्त्रको बुधबार बसेको बैठकले सर्वसाधारणबाट आएका साइटमध्ये पहिचान भएकालाई बन्द गर्न आइएसपी कम्पनीलाई भन्ने निर्णय गरेको थियो । त्यसअनुरूप प्राधिकरणले पत्र पठाएको हो । ‘बुधबार ढिला करिब ६० अश्लील साइट बन्द गर्न प्राधिकरणले पत्र पठाएको थियो,’ आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराले भने, ‘ती साइटहरू कतिपय आइएसपी कम्पनीले बुधबारै बन्द गरिसकेका छन् ।’ उनको कम्पनी भायोनेटले सबै साइट बुधबारै बन्द गरेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा ८० प्रतिशत कामदार गैरकानुनी


वैदेशिक रोजगारीमा कुवेत जाने कामदारहरूले श्रम स्वीकृति लिने नगरेको कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले बताए । “कुवेतले टुरिस्ट भिसामा कामदारको माग गर्छ,” उनले भने, “त्यसै भिसामा नेपाली कामदारले घरेलु काम गर्दै आएका छन् ।” अधिक कामदार कागजातविहीन अवस्थामा घरेलु काम गर्न बाध्य भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कोलम्बोमा प्रेमीहरुका लागि पार्क


एजेन्सी । श्रीलंका सरकारले मुलुकको राजधानी कोलम्बोमा एउटा ‘प्रेम उद्यान’ बनाउने भएको छ । जहाँ प्रेमी-प्रेमिका बिना कुनै अवरोध एकसाथ समय बिताउन सक्नेछन् । श्रीलंकाको राष्ट्रिय युवा परिषदका अध्यक्ष ललिथ पियुम पेरेराका अनुसार उक्त प्रेम उद्यान यस्तो स्थानमा हुनेछ जहाँ प्रेमी जोडी एकअर्का प्रति आफ्नो विचार व्यक्त गर्न सकुन् । आगामी वर्ष निर्माण सुरु गरिने उद्यान संसद भवन नजिक रहेको नदी किनारमा रहनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

फिफा रेफ्रीमा अब दुई नेपाली


राजेश कोइराला, अमेरिका

कार्तिक २३, सन् २०११ को फिफाको अन्तर्राष्ट्रिय रेफ्रीमा नेपालका पदमबहादुर भुजेल र सुदिशकुमार पाण्डे छानिएका छन् । एक महिलासहित कुल छ रेफ्री छन् । पाँचलाई यसै डिसेम्बर भित्र नियुक्त गरिने भएको छ भने एकमात्र महिला सिंगापुरकी अबिरामी अप्बाई नाइडुले नियुक्ति पाइसकेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा माउन्ट एभरेष्ट युथ क्लबले फूटबल प्रतियोगिता राख्ने


माधव मुखिया, दोहा कतार

इस्लाम धर्मालम्बीहरुको महान चाड ईद अल-अधा २०१० को ३ दिने छुट्टीको अवसरमा माउन्ट एभरेष्ट युथ क्लब दोहा, कतारले खुला अन्तर नेपाली फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबको संरक्षक समिति सदस्य दिलिप सुब्बाको संयोजत्वकमा ५ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । सह-संयोजक मिलन खत्री, सदस्यहरु निर कुमार गिरी, विजय लिम्बु र धुर्व रिमाल रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्