लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदमा भलिवल खेलाउने


जय आले, कुवेत

कुवेतमा बिगत केही महिना देखी कृयाशिल लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदको अवसर पारी आगामी १९ नोभेम्बर २०१० को दिन, बिहानको ७ बजेदेखी कुवेतको मङ्गाफस्थित सि-साइड भलिबल मैदानमा कुवेतबासी नेपालीहरु बीच खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । लालीगुराँस साँस्कृतिक परिवार एउटा संगितप्रेमी संस्था मात्र नभएर खेलकूद प्रेमी संस्था पनि हो भन्ने कुवेतवासी नेपाली जनसमुदाय बीच जनाउन यो भलिवल प्रतियोगिता राखिएको संस्थाका अध्यक्ष बि.बि मल्ल ठकुरीले कुवेतनेपाल डटकमलाई बताउनु भयो ।

लालीगुराँसले खेलप्रेमी दर्शक र खेलाडीहरुलाई सहभागिताको लागि अनुरोध गर्दै, केही नियमावली बुंदाहरुसहित भलिवल टिम क्याप्टेनहरुलाई लेखेको पत्र जस्ताको तस्तै: 

 श्रीमान् टिम क्याप्टेन ज्यू,

बिषय : भलिवल प्रतियोगितामा सहभागी भै दिनु हुने ’bout ।

महाशय,

       उपरोक्त सम्बन्धमा लालीगुँरास साँस्कृतिक परिवार संगीतलाई मात्र नभएर खेललाई पनि उत्तिकै माया गर्ने भएको हुनाले यही आउँदो १९ नोवेम्बर २०१० तारिक को दिन खुल्ला भलिवल प्रतियोगिता राखिएको हुनाले कुवेतको नगरीमा रही हरेक कम्पनीमा आ–आफ्नो काममा कार्यरत नेपाली दाजुभाईहरुलाई संगीतबाट मात्र नभई खेलद्वारा पनि मनोरञ्जन दिई लालीगुँरास साँस्कृतिक परिवार तपाईहरुसंग भेटघाट गरी र गराई मित्रताको साईनो गाँसी अझै लचिलो बनाउने उदेश्य भएको हुँदा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको सोभा बढाईदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

खेल सम्बन्धी केही नियमावली:

१. भलिवल खेलमा टीम शुल्क १५ कुवेती डिनार लाग्ने छ ।
२. खेल निष्पक्ष र अनुशासित बमोजिम खेलाईने छ र खेल टि.टि. सिस्टममा हुने छ ।
३. प्रत्येक टीम खेलाडीको नामावलीमा ७ जना अनिवार्य हुनु पर्ने छ ।
४. खेलमा नेपाली खेलाडी मात्र समावेश गराउनु पर्ने छ ।
५. खेलमा रेफ्रीको निर्णयलाई मात्र पुर्ण रुपमा मान्यता दिईने छ ।
६. खेलाडीको नामावली टाइसिट अगाडी नै गोलाप्रर्था बुझाउनु पर्ने छ ।
७. भलिवल प्रतिस्पर्धा नक आउट नियमले खेलाईने छ ।
८. कुनै पनि टीमका खेलाडीले मादक पदार्थ सेवन गरी खेल मैदान भित्र प्रवेश गरेको खण्डमा त्यो पुरा टीमलाई नै समावेश गराईने छैन ।
९. प्रतियोगिताको प्रथम चरणको खेल बिहान ७.३० बजे प्रारम्भ हुनेछ र प्रथम चरणमा खेल्ने टीम बिहान ७.०० बजे सम्म खेल मैदानमा उपस्थित हुनु पर्ने छ अन्यथा खेलमा समावेश गरिने छैन ।
१०. खेलमा प्रथम र द्वितीयलाई खसी पुरस्कारका साथै प्रथमलाई शिल्ड, मेडल र प्रमाण–पत्रको पनि ब्यवस्था गरिएको छ ।
११. कुनै पनि टीमका सपोर्टरहरुले बाहिरबाट हुटिङ्ग गर्दा मादक पदार्थ सेवन गरी हुलदङ्गा गरेमा आयोजक कमिटीले याहाँको कुवेती सेक्यूरिटीलाई जिम्मा लगाउने छ ।
१२. कुनै संघ-संस्था वा कम्पनीले टीम दर्ता गराउनको लागि तलको टेलिफोनमा वा ईमेल मार्फत पनि गराउन सक्नु हुनेछ ।
१३. गोला प्रथा गराउने १८ नोवेम्बर २०१० को दिन मालिया सिटी पोस्ट अफिस अगाडि बेलुकीको ४ बजेसम्म दर्ता गराई सक्नु पर्नेछ ।

आयोजक समिती सम्पर्क:

१. श्री बि.बि मल्ल ठकुरी -५५०२१९०५, २. श्री राजेन्द्र बिरही -६७७४९३६१, ३. श्री श्याम बैजाली मगर -९७४६६५१४, ४. श्री डि.बि. लोपचन -६५१२४८९४, ५. श्री मनोज काफ्ले ‘मनसुन’ -९९६४६१८३, ६. श्री चन्दन लिम्बु -६५६८०५९४

धन्यवाद । 

लालीगुँरास साँस्कृतिक परिवार, नेपाल-कुवेत
ईमेल: laligurans_sp@yahoo.com

4 responses to “लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदमा भलिवल खेलाउने

  1. khel safaltako lagi agrim suvakaana! tara laliguraska sathi ho entry fee ta sarho mahango vo ni, tapaiharulai thaha chha ni kuwaitko bigatko game haruma 15 kd kasaile pani rakheko chhaina, ani puraskar pani ghatechha thirdlai pani rakhnu vayako vaya hunthyo ni, ki saskritik program dekhayara paisa kamaya jasto game bata pani kamaune bichar chha ra?? yo bisayama gunaso sabai kuwait basi kheladilai chha tara maile ta sujhab diyako, nirnya tapaiharuko hai la thank u !

  2. सर्ब प्रथम त सल्लाह र सुझाब को लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ |
    हामीले जुन फि उठाउने भनेका छौ त्यो खेलाडी साथी हरु सगै सोधेर मात्र राखेका हौ तपाईं सग सोध्न सकिएन तपाईं को नाम र न:-थाहा पाउन सके सोध्ने छौ अझै जानकारी लिने छौ |सल्लाह सुझाब दिदै गर्नु होला यो तपाईं हरुको सानो सल्लाह सुझाब ले पनि हाम्रो लागि भारी सहयोग पुग्ने छ भन्ने आशा गरेका छौ |हामीले खेल खेलाएर पैसा कमाउने भन्ने धारणा चाँही आँफै बिचार पनि गरी दिनुहोस् |त्यस्मा के कमाइ नै छ हाम्रो सस्था भनेको संगीत लाई मात्र नभएर खेल मा पनि उतिकै रुची र माया गर्ने भएको हुनाले खेल राखेका हौ अनी तेस्रो खेलाडी हरु लाई चाँही सान्त्वना राखिएको छ प्रथम र द्रितिय लाई जस्तै पुरुस्कार तेस्रो लाई पनि उस्तै पुरुस्कार दियो भने त प्रथम र द्रितिय को के नै अर्थ भयो त हैनर
    अझै जानकारी को लागि तलको फोन न;- मा नै कोन्त्यक गर्नु होला |

  3. Hello,
    I am also interesting to play volley ball, but i have no team, so any team want to give a break than call me, i will immediate response to your call. i was play volley ball in Nepal but not in kuwait, if i will get chance than i think i will play better……

    saugat
    55395623

  4. malai foodball khelna manlagchha tara k garnu tim ptgena hajur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.