जय आले, कुवेत
०७ नोभेम्बर २०१० आईतवारको दिन, नेपालीहरुको दोश्रो ठुलो महानपर्व तिहारको अन्तिम दिन अर्थात भाईटिकाको दिन हो । यसै अवसरमा आफ्नो नेपाली परम्परालाई आत्मसात गर्दै, कुवेतको अल-खलीज कम्पनिमा कार्यरत शिव कुमार श्रेष्ठज्यूको हवालीस्थित निवासमा नेपालीहरुले भाईटिकाको साथमा मख्मली र सयपत्री फुलका माला लगाई तिहार मनाएका छन । श्रेष्ठकी धर्मपत्नी श्रीमती बिमला श्रेष्ठको अगुवाईमा यस वर्षको भाईटिका कार्यक्रम सम्पन्न भएको छ । चौरासी व्यञ्जन नै लाग्ने स्वादिष्ट नेवारी भोजनका परिकारहरु र सयपत्री गोदावरी अनी मख्मली फुलहरुले सजिसजाउ रहेको भाईटिकाको मण्डपमा बिमला श्रेष्ठलाई बहिनीको रुपमा स्विकार गरी टिका थाप्ने र मख्मली फुलका माला लगाउने दाजुभाइहरुको घुँईंचो नै लागेको देखिन्थ्यो । भाइटीकाको निम्तो स्विकारी भाईटिकामा सरिक हुनेहरुमा कुवेतनेपाल डटकम, नेपालकुवेत मेनपावर एशोसियसन, काउन्सुलर मिनिस्ट्रिमा पेशारत र अन्य नेपाली दाजुभाई, दिदीबहिनीहरु रहेका छन ।
पौराणिक कथनअनुसार, यमराजलाई बहिनी यमुनाले पुजा गरिरहेको बेला, एकदिन मानिसहरुमा पनि दाजुभाईलाई दिदीबहिनीहरुले यस्तै स्नेह र माया गरी पुजा गर्ने दिन तोकि बक्सियोस् भनी अनुरोध गर्दा यमराजले बहिनी यमुनाको कुरा स्विकार गरी भाईटिकाको दिन तोकिदिएको मानिन्छ । यस्तै अर्को कथनअनुसार, कात्तिक शुक्ल द्वितीयका दिनमा दिदीले भाइलाई पुजा गरिरहेको बेला आयु सिद्धिएका भाइलाई आफ्ना दूतहरुसहित यमराज लिन आउँदा दिदीले यमराजलाई समेत निकै भक्तिभावले पुजा गरेको र त्यो देखेर यमराज प्रसन्न भई बरदान माग्न आज्ञा दिंदा, दिदीले मौका छोपी आयु छिन्न भएको मेरो यो भाईलाई यो पुजा गरिरहेको भूँइ-मण्डपमा भएको तेल नसुकेसम्म, बलेको बत्ती ननिभेसम्म, भाइलाई पहिर्याएको मखमली फूलका माला नओइलाएसम्म र भाइलाई दिएको ओखर पानीमा भिजाउँदा नभिजेसम्म लैजान पर्खीयोस भनी बरदान मागेको र सो बरदान यमराजले बक्सेको पनि पौराणिक ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।
यस्तै धार्मिक एवं पौराणिक विश्वासले गर्दा अरुबेला जे-जस्तै भएपनी भाइटीकाको दिन हर नेपाली दिदीबहिनीहरुले यमराजलाई सांक्षी राखेर आफ्ना दाजुभाइहरुको दीर्घ जीवनको कामना गर्दै, तेलको मण्डप लेखी, पञ्चरङ्गी अविरले सिंगारी, धानका मुठीहरुमा फूल अक्षताले पुज्दै दाजुभाइका निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्री गोदावरी र मख्मली फूलका माला लगाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस र सेलराटी समेत खान दिन्छन र दाजुभाइहरुले पनि आफ्ना दिदीबहिनीहरुलाई माया र स्नेहको प्रतीकका रुपमा चोलो, फरिया, पैसा वा अन्य उपहार दिने गरेको प्रचलन नेपालमा पाईन्छ ।
भाईटिका २०६७ कुवेतका प्रमुख झलकहरु:
Jay dada ko lekha uchcha starako hunchha. Bhaitika ko barema yati dherai Pauranik kuraharu jannu bhayeko rahechha, dherai khusi lagyo padhna pauda ani tapaile Dashain ra Tiij ko barema byakhya gareko pani maile purai padheko chhu dada keep it up and weldone for all the guys for celebrating our Bhaitika.
Ram Magar, Magnaf Kuwait
i appreciate this celebrating Bhaitika Jay jii and who are sister.
Private Detective service in Nepal for following services: Post Matrimonial
Pre Matrimonial
Internet Relationship
Telephone Harassment
Asset Verification
Fraud investigation
Background verification
Employment details verifications
Verifying qualifications
Proofs of employment or affairs etc. for our service please email us at : inquiries@nepalinvestigation.com