सुनिल संगम, तेल-अभीभ इजरायल
नोभेम्बर ७, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायलद्वारा नोभेम्बर ६ तारीखका दिन इजरायलको तेल-अभीभ शहरमा रात्रि कार्यक्रम गरि महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्ती तथा शुभ-दिपावलीको उपलक्ष्यमा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अनेसास इजरायलका अध्यक्ष तथा गीतकार सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका अध्यक्ष सुनिल संगमले दीप प्रज्वलन गरेर गर्नु भएको थियो ।
महाकबिको १०१ औं जन्म जयन्ती भएकोले सामूहिक रुपमा १०१ दीप प्रज्वलन गरिएको थियो । अनेसास इजरायलका महासचिब कृष्ण थापाद्वारा आकर्षक रुपमा संचालित उक्त कार्यक्रममा यस जी ले स्वागत मनतब्य राख्नु हुँदै उपस्थित सबैको स्वागत गर्नु भएको थियो भनें संस्थाकी सदस्य तथा गजलकार उमा सुबेदीले देबकोटाका कृतिहरू र ब्यक्तित्व माथि प्रकाश पार्नु भएको थियो त्यसैगरी लेखक तथा साहित्यकारहरु नयेन्द्र चेम्जोंग, सोमेन्द्र घिमिरे तथा संस्थाका सदस्य शंकर कुमार पौडेल र सल्लाहाकार श्याम रोक्काले आ-आफ्नो मनतब्य राख्नु हुँदै महाकबिको स्मरण गराउनु भएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा कार्यक्रम बिसर्जन गर्दै अध्यक्ष संगमले श्रष्टाहरुलाई मरणउपरान्त मात्र होइन जीवित छँदै केही गर्नु पर्ने र अब बन्ने सम्बिधानमा साहित्य र साहित्याकारहरुका लागि छुट्टै ब्यबस्था गरिनु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
दुई चरणमा बिभाजित उक्त कार्यक्रमामको दोस्रो चरणमा बिभिन्न साहित्यिक ब्यक्तित्वहरूले दीपावलीको शुभ-कामना सहित आ-आफ्नो रचनाहरु वाचन गर्नु भएको थियो । यसरी रचना वाचन गर्नेहरुमा उमा सुबेदी, दीप्स शाह, शंकर कुमार पौडेल, नयेन्द्र चेम्जोंग, कृष्ण थापा, मेनुका भण्डारी, यस जी, बीजी श्रेष्ठ, श्याम रोक्का र सुनिल संगम हुनुहुन्थ्यो । अन्त्यमा तिहारको बिशेष परिकार सेलरोटी सहित जलपानको कार्यक्रम राखिएको थियो भनें कार्यक्रमको लागि माल्का बेबी केयरले हल उपलब्द्ध गराएर अनेसास इजरायललाई सहयोग गरेको थियो ।
Posted by: Jay Ale