०७ नोभेम्बर २०१० तिहारको अन्तिम अर्थात भाईटिकाको दिन कुवेतमा कार्यरत शिव कुमार श्रेष्ठ एवं माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष धर्मराज गिरीको निवासमा कुवेतवासी नेपालीहरुले भाईटिका र मख्मली फुलको माला लगाई तिहार मनाएका छन । भाईटिकाको प्रमुख झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/11/2010
कुवेतवासी नेपालीहरुको भाईटिका (नोभेम्बर २०१०)
Posted in फोटोहरु
लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदमा भलिवल खेलाउने
जय आले, कुवेत
कुवेतमा बिगत केही महिना देखी कृयाशिल लालीगुराँस साँस्कृतिक परिवारले बक्रे-इदको अवसर पारी आगामी १९ नोभेम्बर २०१० को दिन, बिहानको ७ बजेदेखी कुवेतको मङ्गाफस्थित सि-साइड भलिबल मैदानमा कुवेतबासी नेपालीहरु बीच खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । लालीगुराँस साँस्कृतिक परिवार एउटा संगितप्रेमी संस्था मात्र नभएर खेलकूद प्रेमी संस्था पनि हो भन्ने कुवेतवासी नेपाली जनसमुदाय बीच जनाउन यो भलिवल प्रतियोगिता राखिएको संस्थाका अध्यक्ष बि.बि मल्ल ठकुरीले कुवेतनेपाल डटकमलाई बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कुवेतमा पनि नेपालीहरुले भाईटिका लगाएर तिहार मनाए
जय आले, कुवेत
०७ नोभेम्बर २०१० आईतवारको दिन, नेपालीहरुको दोश्रो ठुलो महानपर्व तिहारको अन्तिम दिन अर्थात भाईटिकाको दिन हो । यसै अवसरमा आफ्नो नेपाली परम्परालाई आत्मसात गर्दै, कुवेतको अल-खलीज कम्पनिमा कार्यरत शिव कुमार श्रेष्ठज्यूको हवालीस्थित निवासमा नेपालीहरुले भाईटिकाको साथमा मख्मली र सयपत्री फुलका माला लगाई तिहार मनाएका छन । श्रेष्ठकी धर्मपत्नी श्रीमती बिमला श्रेष्ठको अगुवाईमा यस वर्षको भाईटिका कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
अनेसास इजरायलद्वारा देवकोटा जयन्ती तथा दिपावली शुभ-कामना सम्पन्न
सुनिल संगम, तेल-अभीभ इजरायल
नोभेम्बर ७, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायलद्वारा नोभेम्बर ६ तारीखका दिन इजरायलको तेल-अभीभ शहरमा रात्रि कार्यक्रम गरि महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्ती तथा शुभ-दिपावलीको उपलक्ष्यमा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अनेसास इजरायलका अध्यक्ष तथा गीतकार सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका अध्यक्ष सुनिल संगमले दीप प्रज्वलन गरेर गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार