कुवेतमा पाँच बर्षपछी पहिलो पटक लक्ष्मी पूजा सम्पन्न


बालकृष्ण घिमिरे, KGL कम्पनी कुवेत

धन कमाउने ठुलो आशा बोकेर बिदेशीनेहरुका लागि के दशैं, के तिहार, के चाडपर्व ? एउटै लक्ष्य र उदेश्य भनेको बिदेशमा बसुन्जेल इमान्दारीपूर्वक आफु कार्यरत कम्पनीका मालिकहरुले दिएको जिम्मेवारी पुरा गर्दै धन कमाउनु नै हो । यसो भनी रहँदा-रहँदै पनि आफ्ना रीति-रीवाज र चाडवाडहरुबाट हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेता पनि टाढा रहन सक्दैनौं । आफ्नो कला र संस्कृतिको संरक्षण गर्नु हामी नेपालीहरुको प्रमुख दायित्व र कर्तब्य हो र हुनु पनी पर्दछ ।  

कुवेतस्थित केजिएल कम्पनिमा रहेका नेपालीहरु मध्ये आर्मी सेक्सन हिड्को कम्पनिमा बस र ट्रकहरुमा चालक पदमा कार्यरत रहेका नेपालीहरुले बिगत पाच बर्षदेखी आफ्नो पेशा चलायमान भएका कारण र अन्य क्षेत्रहरुमा भन्दा आर्मिको कडा नियम र अनुशासन भित्र रहेर आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने भएको कारणले गर्दा नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अथवा धन-धान्यकी देवी लक्ष्मीको पुजा गर्न पाएका थिएनन् । सम्भवत: पाँच बर्षमा पहिलो पटक यसपालिको लक्ष्मी पुजा, लक्ष्मी पुजाकै दिन केजिएल कम्पनी आर्मी सेक्सन मिनाअब्दुल्लामा रहेका नेपालीहरुले बडो धुमधामपूर्वक आफुहरु बसेको स्थानमा लक्ष्मीपुजा गर्दै दिपावली मनाएका छन । उक्त लक्ष्मीपुजा र दिपावली कार्यक्रमको अगुवाई उत्तम कुमार न्यौपानेले गरेका थिए भनें कार्यक्रममा केजिएल कम्पनी बस सेक्सनमा कार्यरत सुपर भाईजर दधी राम श्रेष्ठ, हरी थपलिया, बस चालक बालकृष्ण घिमिरे, केशब प्रसाद घोरासाइने, आश बहादुर गुरुङ, राजेन्द्र लटौला, धुर्ब प्रशाद सापकोटा र कृष्ण खड्गीको सभागीता रहेको थियो ।

त्यसैगरी ट्रक चालकहरुमा रघुनाथ कार्की, शंकर पुरी, लेट बहादुर भट्टराज लगाएतका साथीहरुको उलेख्निय सहभागीता रहेको थियो भनें हिड्को कम्पनिमा सेफ्टी पदमा कार्यरत डोर बहादुर सुबेदी र बस चालकहरु तिर्थ उप्रेती, चिरन्जिबी गजुरेलले समेत सहभागीता जनाएका थिए । लक्ष्मीपुजा र दिपावली कार्यक्रमको अर्को रोचक पक्ष के थियो भनें भिभिन्न मुलुकहरुका हिन्दू, बौद्विष्ट, मुस्लिम, क्रिष्चियन लगाएतका धर्मावम्बिहरुले समेत नेपाली परम्परा अनुसारको लक्ष्मीपुजा, देउसी भैलो, बेदना, पिडा र बिछोडको भावनामा आधारित लोक तथा आधुनिक गीतहरुको अवलोकन तथा प्रसाद ग्रहण गर्दै दिपावलिको शुभ-कामना आदान-प्रदान  गरेका थिए ।

साथै एक श्रोतकाअनुसार, हल तिहार अथवा गोरु पूजाको रात हिड्को कम्पनिमा क्वालिटी पदमा कार्यरत रामजी अधिकारिको नेत्रित्वमा हिड्को मिनअब्दुल्ला बस, ट्रक सेक्सनमा कार्यरत चालक र सेक्युरिटिहरुले भब्यतापूर्वक पुरा रात देउसी-भैलो खेली यसपालिको तिहार भब्यतापूर्वक मनाएका छन । देउसी-भैलो कार्यक्रममा सहभागि चालकहरुका अनुसार आफ्नो ज्यान जोखिममा राखी इराक, कुवेत चल्दाको पिडालाई यसपालिको तिहारले थोरै भएपनी आनन्द र मनोरन्जन प्रदान गरेको भाबुक मुन्द्रामा बताएका थिए । स्मरण रहोस् हिड्को कम्पनी अन्तर्गत मिनाअब्दुल्ला अमेरिकन आर्मी सेक्सनमा केजिएल, हमदा, सिटी, रिहाल र स्वयं हिड्को कम्पनिका गरी लगभग ३०० जना भन्दा बढी सवारि चालक लगायत अन्य बिभिन्न पदमा नेपालीहरु कार्यरत रहेका छन ।

KGL कम्पनी कुवेतमा लक्ष्मी पूजाका केही झलकहरु:


Posted by: Jay Ale

2 responses to “कुवेतमा पाँच बर्षपछी पहिलो पटक लक्ष्मी पूजा सम्पन्न

  1. सम्भु प्रशाद न्यौपाने,इराक

    स्वदेशमा बिस्तार बिस्तारै हिन्दू धर्म माथि हमला गर्दै जातिय राजनीति तथा धार्मिक लडाईं सुरु गराउने नियतले धर्म निरिपेक्ष्यताको नाममा जनता जनताहरुमा बित्रिष्णा पैदा गराउने खेल सुरु गरीएको यो अवस्थामा बिदेशमा रहेका नेपालीहरुले आफ्नो कला सस्कृतिको जगेर्ना र सम्रक्षणका लागि गरेको यो दिपावली तथा लक्ष्मीपुजा कार्यक्रम हामी सबै हिन्दू धर्मालम्बिहरुका लागि प्रेणाको श्रोत बन्नु पर्छ | आफ्नो कामको ब्यस्तताका बावजुत पनि लक्ष्मीपुजा,दिपावली र देउसी भैलो कार्यक्रमको आयोजना गर्ने आयोजक र सहभागी सबैमा हार्दिक आभार ब्यक्त गर्दै कुवेतमा गरिएको यो सरानिय कार्यको जानकारी गराउनुहुने बालकृष्ण घिमिरे जि र कुवेत नेपाल डट कम परिवारलाई हार्दिक धन्यवात !

  2. हिन्दूहरुको महान पर्व दिपावलि तथा लक्ष्मीपुजा कार्यक्रममा मुस्लिम,क्रिचेन लगाएतका मानिसहरु सहभागि भई प्रशाद ग्रहण गरेको समाचार पढ्न पाउदा र फोटाहरु हेर्न पाउदा साह्रै खुशी लाग्यो |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.