जय आले, कुवेत
पाठक वृन्द, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को दिन दिपावलीको रमझम र लक्ष्मी पूजाको दिन मात्र नभई महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन समेत पर्न गएकोले सो अवसरमा कविता प्रतियोगिता राख्दै, लक्ष्मी पूजा एवं महाकवी देवकोटाको जन्मदिन या जीबनीमा आधारित कविताहरु मध्ये छनौटमा परेका कविताहरुलाई पूर्व-सूचना अनुरुप प्रतियोगितामा समावेश गराईएको थियो ।
कतार, साउदी अरब र कुवेत गरी जम्मा ३० वटा कविताहरु प्राप्त भएको यस प्रतियोगिताका सबै कविताहरु राम्रा र आकर्षक भएपनी २ वटा कविताहरु उत्कृष्ट छनौटमा परेका हुन । युवा कवी, साहित्यकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका बरिष्ट सल्लाहाकर श्री बाल कुमार गुरुङ्गज्यूको नेत्रित्वमा रहेको उप-समितिले प्राप्त गरिएका कविताहरुको निरिक्षण एवं छनौट गरेको थियो । जसमध्ये कुवेतमा कार्यरत रहनु भएका जीबन लावतीज्यूको “तिहार” शिर्षकको कविता बिजेता छनौटमा र हाल कुवेतमै रहेकी उषा खड्काज्यूको “महाकबिको महानता” शिर्षकको कविता उप-बिजेता छनौटमा परेका छन । उप-बिजेता कवी उषा खड्का -नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री आर.बि बुढाथोकीज्यूको धर्मपत्नी “श्रीमती उषा बुढाथोकी” हुनु भएकी अहिले मात्र खुल्न आएको छ ।
आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले सहभागी सबै कवीहरुलाई धन्यवाद दिंदै, बिजयी प्रतिश्पर्धीहरु प्रतियोगिता (०५ नोभेम्बर २०१०) को दिन बनभोजको मञ्चमा उपस्थित नहुनु भएकोले आफ्नो पुरस्कार ग्रहण गर्नको निम्ती क्लवका उपाध्यक्ष धर्मराज गिरीज्यूलाई -९४०६९७३४ मा यथाशिघ्र सम्पर्क गर्नु हुन पनि अनुरोध गरेको छ ।
कवीद्वय जीबन लावती र उषा खड्काका निम्न कविताहरु उत्कृष्ट छनौटमा परेका हुन ।
तिहार !!
जीबन लावती, पाँचथर नेपाल
हाल: अबुहालिफा, कुवेत
आयो खुशीको भारी लिई ६७ सालको तिहार
हाँसो अनि उमङ्ग सँगै ल्यायो खुशीको बहार !
गद्य-पद्य कबिता लिई जन्मेका यहि दिन महाकबि
लक्ष्मीप्रसाद देवकोटाको भुलि नसक्नुको छ छबि
दियो र कलस बालि गरौं पुजा लक्ष्मीको
अर्पण अनी समर्पण गरौ सम्झना कबिको !
देउसी अनि भैलो खेलि रमाउं है यो तिहारमा
प्रगाढ बन्छ दिदी-भाईको साइनो लगाई टिका निधारमा
दिदीबहिनी बसेकी होलिन् मेरै बाटो हेरी
आऊन सक्दिन म घर सम्झना छ मुटुभरी !
मखमली र सयपत्री ओइलाई झरी गए
अर्को साल भेटौ है चेलि बिधातामा भए
शुभ-कामना दिपावलीको सुख-शान्ती सबैमा छाओस्
हामी सबैको घर-घरमा लक्ष्मी माताको बास रहोस् !
आयो खुशीको भारी लिई ६७ सालको तिहार
हाँसो अनि उमङ्ग सँगै ल्यायो खुसिको बहार !!
——————————————————————–
महाकबिको महानता !!
उषा खड्का “अन्जान”
अबुहालिफा, कुबेत
महान थियौ देबकोटा
नेपाली साहित्य फांटमा
चम्केका थियौ धुर्ब तारा झै
लक्ष्मीका भक्त भए पनि
सरस्वतीका प्रसाद थियौ तिमी !
अब त तिमी जस्तो
महाकबिलाई नेपाली आमाले
जन्म दिन छाडी सकिन
लाग्छ बिर्सें जस्तो छ
लाग्छ अब साहित्य
सेलाए जस्तो छ !
साहित्य जगतले तिमीलाई
गर्छ सम्झना एक दिन
३६४ दिन भुलेकै छ
अब त आउने पिढीले
सम्झलान या नही
गर्भ मै छ !
शिक्षा क्षेत्रलाई सम्हालेकै थियौ
कोट खोली गरीबलाई दिएकै थियौ
चुलो धुँवाउने ब्यब्स्था गरिदिएकै थियौ
नखाएर पनि खुवाएकै थियौ
लक्ष्मी कै दिन जन्मे पनि
दरिद्र भएर बाँचेकै थियौ !
भुंडीमा मुसा दौडिए पनि पटुका बाँधेर
साहित्य लेख्न भ्याएकै थियौ
मदन भोट गए पनि
मुनालाई सम्हालेर राखेकै थियौ
बाच्नु पर्थ्यो तिमी अझै
भर्नु पर्थ्यो ढुकुटी पुरै !
आधुनिक कबिका हुलमा
तिमी हराएका छौ
तिम्रा काब्य, महाकाब्य
ढुंसी लागि सकेका छन्
संरक्षण गर्न सबैले भुलेका छन
इतिहास बनेका छौ मात्र किताबमा !
बहिस्कार गरे तिम्रा कृतिहरु
नब आगनमा थेचारिए तिम्रा महानताहरु
बरालियो साहित्य जगत
मियो छैन घुम्छन यताउती
सुरुवात नभै गन्तब्य !
फर्काइ दिए हुन्थ्यो
ति देबाकोटा फेरी
सम्हालिदिए हुन्थ्यो
यो संकटलाई फेरी एक पटक
ब्युंझाई दिए हुन्थ्यो
साहित्य जगतलाई !
रातो रात भए पनि
साहित्य भण्डार भरेकै थियौ
मोटा पातला दर्जनौ
पुस्तक लेखेकै थियौ
साहित्य जगतका बुज्रुक
भिष्म पितामह थियौ तिमी
भिष्म पितामह थियौ तिमी !!
HUrrayyyyy, Congrats Jiban Vai. I know you deserve it. Such a touching poetry. Credit goes to Brother here..LOL. Thanks a lot to Mount Everest Unit.Wish you best of luck, keep going Jiban Vai, Tnx.
Sabailaai jaankaariko laagi yas kabita bachan dosro hune shree mati Usha Budathoki hununchha whahaa bhaneko hamro kuwait maa rahaeko patrakaar mahasangha ko President shree Maan R.B. Budathoki ko wife hununchha.
khushi lagyo hajur ko kabita padhera
ani parati ajhai badhadai jahos
ahi subha kamana