जितेन गुरुङ्ग, कुवेत
बहिनी तिमी शायद सञ्चै छौ कुसलनै छौ
आशा छ मलाई,
जिन्दगीको उतार चढाब बुझेकी छौ
त्यो पनि थाहा छ मलाई,
दसैं गयो तिहार आयो, बाध्यताहरु बुझेकी छौ
मखमली र सयपत्री यसपाली पनि ओइलिएर जाँदैछ
त्यो पनि थाहा छ मलाई !
परार पनि यस्तै भयो, पोहोर पनि उस्तै
यो साल त तिम्रो हातको टिका लगाउने रहर थियो
बाध्यता र परिस्थिती यथावत नै भो, उही पहिलाको जस्तै
पाँच पातेको फेंदमुनी रोइ नबस्नु तिमी,
साउने पाखामा बसी मेरो बाटो नकुर्नु तिमी
यो दाजुको मनमा भक्कानो फुट्दछ
मेरी बहिनी तिमी सबै कुरा बुज्दछ्यौ थाहा छ मलाई !!
यो बर्ष अनी अर्को बर्ष गर्दा गर्दै दस बर्ष बितिसकेछ
यो पनि राम्रै सँग थाहा छ मलाई
हरेक बर्ष मेरो तस्बिरमा टिका लगाउछौ रे तिमी
थाहा छ, आमाले भन्नु भएको छ मलाई
साथी सङी सँग देउसी भइली मा जदिनौ रे तिमी
सुन्दा पिडा र बेदनाको सुनामी चल्दछ,
पर्देसी यो मरुभुमिमा यो दुखी दाजु
बाध्यता र बिबस्तताको रापमा जल्दछ !!
करुवाको चोखो पानी चुहाउन्दै तीन पटक वरिपरी घुमेको
बिर्सेंको छैन, अझैपनी याद छ मलाई,
पिडिमा बसी सयपत्री र मखमलीको माला रमाउदै उनेको
ताजै छ यादहरु, झल्झली आइरहन्छ मलाई,
लिङे पिङ्को चहै चहै सँगै रमाएका दिनहरु याद छ मलाई
चर्खे पिङ्को फर्काइ सँगै काहलिएको क्षणहरु याद छ मलाई,
पर्देश गाको दाजु फर्केर आएन भनी नसोच्नु बहिनी
अर्काको गुलामी गरेर कसरी दिन काट्दै छ दाजुले भनी
मनमा सोचेर बस्नु बहिनी !!
Posted by: Jay Ale
wow dherai ramro maan 6une chitti wow wow
malai yo patri ka daini k rupama herne huda masik rupama chahiyo