कतारमा हुने “दिपावली सॉझ २०६७” को सम्पूणी तयारी पूरा


लक्ष्मण खनाल, कतार

नोभेम्बर ६, दोहा । यही नोभेम्बर १२ का दिन मुन्ताजास्थित केरला कल्चर सेन्टरको हलमा हिन्दुहरुको महान पर्व दिपावलीको पावन अवसरमा आयोजना हुन गई रहेको “दिपावली साँझ २०६७” को कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । मनकामना नेपाली साँस्कृतिक परिवार कतारको तेस्रो प्रस्तुती रहेको यस कार्यक्रममा सबै स्थानिय कलाकारहरुको प्रस्तुती रहने कुरा आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक आश बहादुर गुरुङ र कार्यक्रम व्यवस्थापक गणेश बानियाँका अनुसार जिम्मेवारी दिएका सबै साथीहरुले आ–आफ्ना जिम्मेवारी पुरा गरी सकेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु तथा गैर आवासिय नेपाली ताराका प्रतियोगी टपटेन कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिने कलाकार संयोजक कुन्दन क्षेत्रीले बताउनु भयो ।

कतारका दर्शकहरुलाई नौलो प्रस्तुती हुने उक्त कार्यक्रमबाट हुने मुनाफा यसै संस्थाद्वारा सञ्चालित नेपाली कला केन्द्रको विकासका लागि खर्चिने आयोजकले बताएको छ । उक्त कार्यक्रमको सहयोगी संस्था गोरखा सेवा समाज कतार र तमू साँस्कृतिक परिवार कतार तथा अफिसियल मिडिया www.gorkhalionline.com रहेको छ ।
 
स्मरण रहोस्, मनकामना नेपाली सा“स्कृतिक परिवार कतारद्वारा सञ्चालित नेपाली कला केन्द्र विगत एक बर्ष देखि कतारमा कार्यरत प्रतिभावान कला प्रेमी नेपालीहरुलाई नृत्य प्रशिक्षण, बाद्यबादन तथा गायन संबन्धी प्रशिक्षण दिदै आईरहेको छ ।

Posted by: Jay Ale

One response to “कतारमा हुने “दिपावली सॉझ २०६७” को सम्पूणी तयारी पूरा

  1. AGRIM SUVKAMANA DINA CHAHANCHHU MANAKAMANA CULTURE TEAM LAI SAFAL RAHOSH
    ‘LALI GURANS SASKRTI TEAM’ KUWAIT

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.