कतारमा कार्यरत गोरखालीहरुबाट गाउँको स्कुललाई सहयोग


बुधबल गुरुङ, कतार

दोहा, नोभेम्वर ५ -गोरखा जिल्लाको उत्तर पश्चिममा रहेको हंसपुर ७, बतासेबाट कतारमा कार्यरत गोरखालीहरुबाट संकलित रकम आफ्नो गाउँको स्कुललाई सहयोग गरेको छ । कतारमा कार्यरत दिनेश गुरुङका अनुसार बतासेमा रहेको सित्तल डाडा प्रा.वि.लाई ने. रु. ४४,००० रकम सहयोग गरेको हो । दिनेश गुरुङको सक्रियतामा संकलित सो रकम कतारबाट नै विदामा जानुभएका एकराम गुरुङले गत अक्टुवर १९ का दिन एक कार्यक्रको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङका अनुसार यस सहयोग रकमलाई विद्यालयको भित्तामा सिमेन्ट प्लास्टर तथा भौतिक साधनहरु व्यवस्थापनको लागि खर्च गरिने जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रवासमा बसेर पनि आफ्नो गाउको स्कूललाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सहयोग गर्नुहुने सहयोगी गाउ“लेहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो ।

कतारमा कार्यरत दिनेश गुरुङले आफुले अक्षर चिन्दा पाएको दुःख र हाल सम्म पनि आफ्नो गाउँको स्कूलको भौतिक साधनहरुको दयनिय अवस्था देखर यस किसिमको कार्यक्रम अघि सारिएको कुरा वताउनु भयो । आफ्नो गाउँमा स्थापित यस विद्यालयमा अध्ययन गर्ने केटाकेटीहरुलाई गुणस्तरीय शिक्षा दिलाउनु नै यस कार्यक्रमको मुख्य उद्धेश्य हो । गुरुङले भन्नुभयो -संकलन रकम जारी नै रहको र पुन: केही दिनमा नै अर्को सहयोग रकम पठाईने छ । गुरुङले यसरी सहयोग गर्नुहुने सहयोग दाताहरु प्रति धन्यवाद दिदै आभारी रहेको वताउनु भयो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.