Daily Archives: 06/11/2010

कुवेतको ग्रीन आईल्याण्डमा बनभोज कार्यक्रम-२०६७ भव्यतापूर्वक सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

०५ नोभेम्बर २०१० शुक्रवारका दिन कुवेतको ग्रिन आईल्याण्ड पार्कमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा बिभिन्न सांगितिक प्रस्तुति र मनोरन्जनात्मक खेलकूद सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” भव्यतापूर्वक सम्पन्न भएको छ ।

बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा कुवेतवासी नेपालीहरु बीच शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बनभोज पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली लक्ष्मी Vs भारतीय लक्ष्मी


देवीदेवता भनेका त देवी देवता नै हुन् – सबै मानवको। बिस्तारै उनीहरुलाई कुनै सम्प्रदायको बनाउन थालियो। यो देवीदेवता अमुक धर्मसम्प्रदाय मान्नेको अनि यो चाहिँ अमुकको। जसले जे भने नि आखिर देवीदेवता कसैले देखेका हुन्नन्। अनि उनको रुपको, आकृतिको कल्पना गरी चित्र बनाउन थालियो। स्वभाविक छ, जसले बनाउँछ उसको वरिपरिको वातावरण हेरेर, त्यहाँको समाजबाट प्रभावित हुन्छन्। भारत र नेपालबीच धार्मिक, सांस्कृतिक समानता भए पनि केही न केही भिन्नता त पक्कै हुन्छ। र त, नेपाली र भारतीयले बनाउने लक्ष्मीको आकृति पनि फरक हुनपुग्छ। माथिको एउटा फोटो नेपाली कलाकारको कल्पना हो भने अर्को भारतीयको। पढ्नेक्रम जारी राख्नुहोस्

बहिनीलाई सन्देश !!


जितेन गुरुङ्ग, कुवेत

बहिनी तिमी शायद सञ्चै छौ कुसलनै छौ
आशा छ मलाई,
जिन्दगीको उतार चढाब बुझेकी छौ
त्यो पनि थाहा छ मलाई,
दसैं गयो तिहार आयो, बाध्यताहरु बुझेकी छौ
मखमली र सयपत्री यसपाली पनि ओइलिएर जाँदैछ
त्यो पनि थाहा छ मलाई !

परार पनि यस्तै भयो, पोहोर पनि उस्तै
यो साल त तिम्रो हातको टिका लगाउने रहर थियो
बाध्यता र परिस्थिती यथावत नै भो, उही पहिलाको जस्तै
पाँच पातेको फेंदमुनी रोइ नबस्नु तिमी,
साउने पाखामा बसी मेरो बाटो नकुर्नु तिमी
यो दाजुको मनमा भक्कानो फुट्दछ
मेरी बहिनी तिमी सबै कुरा बुज्दछ्यौ थाहा छ मलाई !! पढ्नेक्रम जारी राख्नुहोस्

दिपावलीको अवसरमा भाग्यशाली उपहार सम्पन्न


योगेन्द्र योगी, मलेसिया

मलेसियाको निलाई सहरस्थित नेगरी सेम्बिलानमा पर्ने तामन सिमारकको सयपत्री होटलमा भाग्यशाली उपहार कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ-दिपावलीको पावन अवसरमा यो भाग्यशाली उपहार कार्यक्रम गरीएको हो । भाग्यशाली उपहार बिजेता क्रमश: प्रथम पुस्कार ल्यापटप कम्प्युटर बिजेता नं. (१३२९) राजेन्द्र नगरकोटी, दितीय पुरस्कार सुनको सिक्री बिजेता नं.(४६५) कान्छा गुरुङ, त्रितिय पुरस्कार डिजिटल क्यामरा बिजेता नं.(११४) यमराज तामांग, चौथो पुरस्कार:२१ इन्चको कलर बिजेता नं.(१०८२) डिक बहादुर र पाचौं पुरस्कार २७०० मोडलको नोकिया बिजेता नं.(१५११) सन्तोष के.सीले भाग्यशाली उपहार लिनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा हुने “दिपावली सॉझ २०६७” को सम्पूणी तयारी पूरा


लक्ष्मण खनाल, कतार

नोभेम्बर ६, दोहा । यही नोभेम्बर १२ का दिन मुन्ताजास्थित केरला कल्चर सेन्टरको हलमा हिन्दुहरुको महान पर्व दिपावलीको पावन अवसरमा आयोजना हुन गई रहेको “दिपावली साँझ २०६७” को कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । मनकामना नेपाली साँस्कृतिक परिवार कतारको तेस्रो प्रस्तुती रहेको यस कार्यक्रममा सबै स्थानिय कलाकारहरुको प्रस्तुती रहने कुरा आयोजकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा कार्यरत गोरखालीहरुबाट गाउँको स्कुललाई सहयोग


बुधबल गुरुङ, कतार

दोहा, नोभेम्वर ५ -गोरखा जिल्लाको उत्तर पश्चिममा रहेको हंसपुर ७, बतासेबाट कतारमा कार्यरत गोरखालीहरुबाट संकलित रकम आफ्नो गाउँको स्कुललाई सहयोग गरेको छ । कतारमा कार्यरत दिनेश गुरुङका अनुसार बतासेमा रहेको सित्तल डाडा प्रा.वि.लाई ने. रु. ४४,००० रकम सहयोग गरेको हो । दिनेश गुरुङको सक्रियतामा संकलित सो रकम कतारबाट नै विदामा जानुभएका एकराम गुरुङले गत अक्टुवर १९ का दिन एक कार्यक्रको आयोजना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्