हरेक पटक मिस नेपाल छनौट हुँदा पत्रपत्रिकामा उनीहरुले अन्तर्वार्ता दिने गर्छन्- यस पटक मिस वर्ल्डमा गएर केही न केही उपाधि जितेर आउने छु। अनि सँधै नै उनीहरु हराउँछन् विश्व सुन्दरीहरुको भीडमा। कुनै पनि उपाधि र टप २० मा सम्म पनि पर्न सक्दैनन् हाम्रा सुन्दरी। झण्डै एक महिना प्रतियोगिताको तयारी क्रममा आयोजक राष्ट्रमा रहन्छन् सुन्दरीहरु र त्यतिबेलाका केही फोटो सेसनमा हाम्री सुन्दरीहरुको उपस्थिति नै हाम्रा लागि उपलब्धि हुने गरेको छ। यस पटककी मिस नेपाल सदीक्षा श्रेष्ठ पनि त्यही परम्परा कायम गर्दै फर्कँदै छिन्। शनिबार सकिएको मिस वर्ल्डअगाडि भएका विभिन्न कार्यक्रमहरुमा चीनको सान्यामा हाम्री सुन्दरी यसरी देखा परिन्। आउनुस् हेरौँ, केही फोटोहरु-
पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/11/2010
टिकिनन् विश्व सुन्दरीको होडमा सदीक्षा
Posted in मनोरन्जन