दस वर्षिया बालिका आमा बनिन


बिबिसी, सम्वाददाता

pictureदस वर्षको उमेरका बालिकालाई हामी सामन्यत: बच्चै ठान्दछौ । तर रोमानियाकी एक दस वर्षिया बालिकाले स्पेनमा एउटा छोरी जन्माएकी छन् । स्पेनको सामाजिक मामिला सम्बन्धी मन्त्री मिकाएला नैवेरोले यसको पुष्टि गर्दै ती बालिकाले गत साता एक छोरी जन्माएको बताएका छन् ।

अधिकारीहरु अब ती बालिका र परिवार नवजात शिशुलाई साथै राख्न दिने वा नदिने भन्ने निर्णयमा पुग्न सकेका छैनन । स्पेनको संचार माध्यमहरुका अनुसार नवजात शिशुका पिता पनि आवश्यक छ उनको उमेर १३ वर्षको मात्र छ । उनी यतिबेला रोमानियामा छन् ।

मन्त्री मिकाएला नैवेरोले भने-त्यसो त आमा बनेकी बालिका पनि आवश्यक छ त्यसैले हामी यो सुनिश्चित गर्न खोजिरहेका छौ कि आमा र बच्चाको हेरचाह राम्रोसँग होस् । उनले भने, यदि बच्चा र आमाको राम्रो हेरचाह हुन सक्ने देखिए उनीहरु परिवारका साथ पनि रहन सक्नेछन् ।

नवजात शिशुकी हजुरआमा एउटा रोमा बञ्जारा हुन् । स्पेनका पत्रपत्रिकाहरुमा उनको तस्वीर प्रकाशित भएको छ। जसमा उनले आफ्नो सानो फ्ल्याटका सामु मुस्कुराउँदै देखाइएको छ। उनकी दस वर्षिया नातिनी तीन साताअघि मात्र रोमानियाबाट स्पेन आएकी हुन्। ओलंपिया नामकी ती महिलाले भनिन्-आमाजस्तै छोरी पनि ठिक छिन् र निकै राम्री छन् । जुन पत्रिकाले पहिलो पटक यो समाचार प्रकाशन गर्‍यो उसका अनुसार नवजात शिशुकी हजुरआमाले यो बुझिरहेकी छैनन् कि आफ्नी नातिनी आमा बने’boutमा संचारमाध्यमले यतिधेरै चासो किन लिइरहेका छन् । पत्रिकाले उनलाई उधृत गर्दै लेखेको छ-रोमानियामा यही उमेरका बालिकाहरुको विवाह हुन्छ ।

नयाँ तथ्याङ्कअनुसार सन् २००८ मै स्पेनमा १५वर्षभन्दा कम उमेरका १७७ बालिका आमा बनेका थिए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.