साउदीमा दुई नेपाली हज यात्रीको मृत्यु


काठमाडौ । साउदी अरबको मक्कामा हज गर्न गएका दुई नेपाली हजयात्रीको निधन  भएको छ । मुस्लीम समुदायले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हजयात्राका क्रममा दुई नेपाली तिर्थयात्रीको मृत्यु भएको जानकारी दिएको हो । केन्द्रीय हज कमिटिको लापरवाहीका कारण हजयात्रीको मृत्यृ भएको आरोप लगाउदैं विभिन्न मुस्लिम संगठनहरुले त्यसको जिम्मा कमिटिले लिनुपर्ने बताएका छन् । नेपाली हजयात्रीहरुलाई साउदी अरबमा अमानवीय व्यवहार भएको पनि उनीहरुको गुनासो छ ।

हज यात्री संघर्ष समिति, मुस्लिम मुक्ति मोर्चा नेपाल र अवाम मिडिया हाउसले संयुक्त विज्ञप्ति जारी गर्दै हज कमिटिमा भएको भ्रष्टाचार छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले गत वर्ष प्रयोग गरिएको पुरानै एयरलाइन्सका कारण हज यात्रीले सास्ती भोग्नुपरेको र सरकारसँग गुनासो गर्दा पनि कुनै सुनुवाई नभएको बताएका छन् ।

नेपाल सरकारले हज व्यवस्थापनका लागि उपलब्ध गराएको ६५ लाख रुपियाँको पारदर्शिता हुनुपर्ने र साउदी अरबस्थित नेपाली राजदूतले अमर्यादित व्यवहार गरेकाले फिर्ता बोलाउनुपर्ने माग पनि मुस्लिम समुदायले गरेका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.