Daily Archives: 02/11/2010

एक्ला उम्मेदवार पौडेलको १५ औं हार


काठमाडौं, कार्तिक १५ -प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल सोमबार १५ औं पटक पराजित भएका छन् । निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो । १२९ सभासद् उपस्थित मतदान प्रक्रियामा ३१ सभासद् तटस्थ बसेका थिए । प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

मनकामना कतारद्वारा सदस्यलाई सहयोग


लक्ष्मण खनाल, कतार

अक्टुबर ३१, दोहा । मनकामना नेपाली साँस्कृतिक परिवार कतारले दोहरी गायक भिमसेन खतिवडालाई अक्टुबर २२ का दिन एक कार्यक्रमका विच सहयोग रकम क.री. २,५५० हस्तान्तरण गरेको छ । उहॉको दूर्घटनामा परेर खुट्टा भाँचिएको र पटक-पटक कतारस्थित हमाद हस्पिटलमा अप्रेसन गर्दा पनि ठिक नभएकोले नेपालमा नै गएर उपचार गर्नको लागि सो सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चन्द्रबहादुर बिक गाउँका प्रसुती डाक्टर


भूपाल राना “आभाष”, नेपाल

आजभन्दा ४५ वर्ष अगाडि जन्मेका चन्द्र बहादुर बिक, वाकु-९, सोलुखुम्बु निवासी हुन् । दुई छोरा र पाँच छोरीको बाबु चन्द्र बहादुर बिक पेशाले कृषक हुन् । एक कक्षा पनि नपढेका बिकलाई आजकल गाउँघरमा सुत्केरी अर्थात प्रसुती डाक्टर भनेर सबैले बोलाउँछन् । त्यसो त उहाँले अहिलेसम्म धेरै सुत्केरी महिलाहरु जो मृत्युको मुखसम्म पुगेकाहरुलाई पनि सफलतापूर्वक बचाउनु भएको छ । प्रसुती सम्बन्धी कुनै पनि तालिम नलिएका बिक आफ्नो बुद्धी, विवेक र अनुभवको आधारमा उपचार गर्नुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्