स्काई डाइभको परीक्षण उडान सुरु


पोखरा, कात्तिक १५। रोमाञ्चक र साहसिक खेलको रुपमा परिचित स्काई डाइभको पर्यटकीय नगरी पोखरामा आज सफल परीक्षण उडान भएको छ।

alt

एभरेष्ट स्काई डाइभ र तारा एयरको संयुक्त आयोजनामा भएको सो परीक्षणका लागि पोखरा विमानस्थलबाट उडान भरी पोखराको छिनेडाँडास्थित निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटहरु ओर्लिएका थिए। पहिलो उडानमा तारा एयरको पिलाटस पोर्टरमा १४ हजार फिटमाथिबाट हाम फालिएको थियो।

उडानमा विश्व च्याम्पियन तथा गिनिज बुकमा रेकर्ड राख्न सफल न्युजिल्यान्डकी विण्डीस्मिथसहित चारजना विदेशी पाइलटहरु र दुईजना नेपालीले उडान भरेका थिए। स्काई डाइभ गरिसकेपछि एभरेष्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेले पोखराको आकासबाट निकै मनोरम दृश्य देखिएको बताउँदै स्काई डाइभको लागि पोखरा अत्यन्त उपयुक्त ठाउँ भएको बताउनुभयो।

स्काइ डाइभको परीक्षण उडान मङ्गलबारसम्म सञ्चालन हुनेछ। परीक्षण उडान सफल भएमा स्काइ डाइभिङ कार्यक्रमलाई व्यवसायिकरुपमा पोखरामा सञ्चालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो। पोखरामा संस्थाले गत मे महिनामा स्याङ्बोचेमा टेन्डम स्काई डाइभिङ गरेका तीन प्रशिक्षार्थीलाई एएफएफ तालिम दिइनेछ। स्काई डाइभबाट स्वदेशी तथा विदेशी पर्यटकहरु तालिमका लागि पोखरा आउने हुनाले पोखरामा पर्यटन विकासमा सहयोग पुग्ने पाण्डेले आशा व्यक्त गर्नुभयो। संस्थाको आयोजनामा सगरमाथाको कालापत्थर र स्याङ्बोचेमा यसअघि यस किसिमको परीक्षण उडान भरिसकिएको छ।

Posted by: Narayan  Nepal                            Source: Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.