मनकामना कतारद्वारा सदस्यलाई सहयोग


लक्ष्मण खनाल, कतार

अक्टुबर ३१, दोहा । मनकामना नेपाली साँस्कृतिक परिवार कतारले दोहरी गायक भिमसेन खतिवडालाई अक्टुबर २२ का दिन एक कार्यक्रमका विच सहयोग रकम क.री. २,५५० हस्तान्तरण गरेको छ । उहॉको दूर्घटनामा परेर खुट्टा भाँचिएको र पटक-पटक कतारस्थित हमाद हस्पिटलमा अप्रेसन गर्दा पनि ठिक नभएकोले नेपालमा नै गएर उपचार गर्नको लागि सो सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष आस बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य शंकर भुषालले मन्तव्यका साथै उहॉको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो । सचिव लक्ष्मण खनालले संचालन गरेको उक्त कार्यक्रम केरला कल्चर सेन्टर मुन्ताजामा भएको थियो ।

खतिवडा मनकामना नेपाली सास्कृतिक परिवारका संस्थापक सदस्य तथा वर्तमान प्रथम उपाध्यक्ष हुनुहुन्छ । साथै उहॉ कतारमा स्थापित विभिन्न समाजिक संघ संस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ।

यस समाचार तयार पार्दा सम्म उहॉ नेपाल फिर्ता भई सक्नुभएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.