काठमाडौ, कात्तिका १६ । पहिलो पटक डिजे तान्त्रिकसँगको ओछ्यान सेयर गरेर एकदमै चर्चामा आएकी नायिका नम्रता श्रेष्ठले यसपटक नायक दिलिप रायमाझीसँग एउटै ओछ्यान सेयर गरेकी छिन् तर यो रियल जीवनमा हैन चलचित्रको दृश्यमा ।
नायक दिलिप रायमाझीले बनाइरहेको चलचित्र ‘मिस यु‘ का लागि दिलिप र नम्रता जोरपाटीको इन्डोर सुटिङ हाउसको एउटा घरको ओछ्यानमा सुटिङ गरिरहेको अवस्थामा भेटिए । त्यस समयमा नायिका नम्रता साडिमा सजिएकी थिइन र निक्कै राम्री र सेक्सी पनि देखिएकी थिइन् ।
नायिका नम्रताको अश्लिल भिडियो वजारमा सार्वजनिक भएपछि उनले अभिनय गरेकी यो पहिलो चलचित्र हो । ‘मिस यु‘ चलचित्रको छायांकन एक महिनासम्म मलेसियामा भएको थियो । जहाँ सुटिङ गर्दा समुन्द्रमा डुब्न लागेकी नम्रतालाई दिलिपले बचाएका थिए ।
Posted by: Narayan Nepal Source: Weeklynepal