एक्ला उम्मेदवार पौडेलको १५ औं हार


काठमाडौं, कार्तिक १५ -प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल सोमबार १५ औं पटक पराजित भएका छन् । निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो । १२९ सभासद् उपस्थित मतदान प्रक्रियामा ३१ सभासद् तटस्थ बसेका थिए । प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुनेछ ।

५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढि स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेलको हार निश्चित थियो । यहि समीकरणमा जति पटक निर्वाचन भए पनि पौडेलले जित्न सक्दैनन् ।

सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले त्यसयता ८ निर्वाचनमा एक्लो पराजय भोगेका छन् । एक्लै भए पनि उनी निर्वाचित हुन सदनको कुल सदस्य संख्याको बहुमत अर्थात तीन सय सभासद्को समर्थन आवश्यक पर्छ ।

गत असार १६ मा प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएयता मुलुक कामचलाउ सरकारको भरमा छ । माओवादी र एमालेका पक्षमा गणित पुगेपनि कांग्रेस उम्मेद्वार पौडेलले सहमतिमा आफ्नो उम्मेद्वारी फिर्ता नलिएसम्म नयाँ प्रक्रिया सुरु हुँदैन । नयाँ प्रक्रिया सुरु भइहालेमा पनि यी दुई दलको गठबन्धन बन्ने निश्चित छैन । 

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.