एकै दिन २७ सयले राहदानी लिए


काठमाडौं, दैनिक राहदानी लिनेहरुको संख्यामा सोमबार अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । नयाँ रेकर्डअनुसार २७ सय जनाले एकैदिन राहदानी लिएका छन् । परराष्ट्र मन्त्रालयका उपसचिव तापस अधिकारीले साचारकर्मीहरुसँग भन्नुभयो- आज २७ सय जनाले राहदानी लिँदै छन् उहाँले थप्नुभयो- यो अहिलेसम्मकै उच्च संख्या हो । गत असोजमा २२ सय जनाले एकैदिन राहदानी लिएको रेकर्ड परराष्ट्रमा छ ।

परराष्ट्रले फर्म भर्ने प्रकि्रया शुरु भएको २४ घण्टाभित्रैमा राहदानी दिने गरेको छ तर कतिपय साचारमाध्यमहरुमा राहदानी प्राप्त गर्न चार/पाँच दिन लाग्ने गरेको समाचार र टिप्पणीहरु आइरहेका छन् नि भन्ने प्रश्नमा राहदानी विभागका प्रमुख भरतराज पौड्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो- त्यस्ता समाचारहरु पूर्वाग्रही हुन् उहाँले थप्नुभयो- अहिलेसम्म्कै उच्च संख्यामा आज करिब २७ सय राहदानी एकैदिन प्रभावकारी रुपमा वितरण भएको छ र यो प्रक्रिया शुरु गरेको २४ घण्टाभित्रैमा वितरण भएको छ ।

त्यसो भए समाचारमा आएका टिप्पणीहरु गलत नै हुन् त भन्ने प्रश्नमा उहाँले थप्नुभयो- कतिपयले विगतमा चार/पाँचवटासम्म नागरिकताको प्रतिलिपि लिने र प्रत्येक प्रतिलिपिपिच्छे राहदानी बनाउने गरेको पनि भेटिएकाले त्यस्तो जाँचबुझ गर्न एक/दुई दिन लाग्दछ। तर त्यस्तो संख्या दैनिक औसत ४० देखि ५० को हाराहारीमा हुने गरेको उहाँले दाबी गर्नुभयो।

बैंकले २७ सय राहदानी वितरणका लागि राति १२ बजेसम्म पनि काउन्टर खोलेर सेवा दिएको मन्त्रालयका एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए। उनले राहदानीका लागि फर्म वितरणदेखि पासपोर्टमा लिनका लागि लाग्ने गरेको भीड नियन्त्रणका लागि दस जनासम्म प्रहरीको परिचालन गर्नुपरेको उल्लेख गरे। बैंकले अहिले चारवटा काउन्टरमार्फत सेवा दिँदै आएको छ।

बैंकको सेवालाई थप विस्तार गर्नुपर्ने आग्रह मन्त्रालयले गरेको उनले बताए। विगतमा राष्ट्रिय वाणिज्य बैंकले मन्त्रालयस्थित परराष्ट्रको परिसरमा दुईवटा काउन्टरमार्फत फर्म वितरणका लागि सेवा दिँदै आएको थियो। पछि राहदानी लिनेहरुको ज्यादै भीड लागेका कारण मन्त्रालयको पहलमा निजी क्षेत्रको ग्लोबल बैंकले चारवटा काउन्टरमार्फत सेवा दिन थालेपछि केही सहज महसुस सेवाग्राहीहरुले गरे पनि अहिले वाणिज्य बैंकले हाल त्यहाँ सेवा दिन छोडिसकेको छ।

अहिले सेवाग्राहीको संख्यामा थप विस्तार भएकाले विगतमा भन्दा थप भीड लाग्ने गरेको छ। अब बैंकले काउन्टर थपेर सेवा बढाउनुपर्ने भएको छ -ती अधिकारीले दाबी गरे। राहदानीका लागि कर्मचारीको सेवा राहदानीको मागमा वृद्धिसँगै कर्मचारीहरुको लेख्ने समयमा विस्तार भए पनि राहदानी लेखकका रुपमा कार्यरत कर्मचारीहरुको सुविधामा कटौती हुँदा त्यहाँ कार्यरत कर्मचारीहरु आफू मर्कामा परेको बताउँछन्।

हरेक दिन झन्डै ६ घण्टा अतिरिक्त काम गरे पनि हाम्रो भत्ता जम्मा दैनिक एक सय रुपियाँ मात्रै हो’ एक कर्मचारीले नेपाल समाचारपत्रसँग भनिन्- पहिले त हामीलाई खाजा ख्वाउने व्यवस्था थियो तर अहिले त्यो पनि काटिएको छ। उनले भनिन- दिनभरि लेख्दालेख्दा ज्यानै दुख्छ बिहानै सात बजे कार्यालय हिँड्यो घरमा कहिले राति १० बजे पुगिन्छ त कहिले ११ पनि बज्दछ। उनले अगाडि थपिन्- धन्न विवाह भएको छैन भएको भए त मेरो र श्रीमान्बीच यही कामले गर्दा डिभोस्र नै हुन्थ्यो होला।

राहदानी लेख्ने कर्मचारीले खाजासम्म समयमै खान नपाएको बताउँछन्। दुवै छाकको खाना खाने समयमा यहीँ भइन्छ तर यहाँ खानाको समेत राम्रो व्यवस्था छैन् -उनले थपिन्। राहदानी विभागमा दैनिक १० जना कर्मचारीहरु राहदानी लेख्नका लागि खटिने गरेका छन् भने सम्पूर्ण प्रक्रियाका लागि सुब्बादेखि विशिष्ट अधिकृतसम्मका गरी झन्डै ४० भन्दा बढी कर्मचारीहरु राहदानी बनाउनका लागि खटिएका छन्। एक जनाले दैनिक सरदर डेढ सयदेखि तीन सयको हाराहारीमा राहदानी लेख्ने गर्दछन्। काममा ज्यादै होसियारी पुर्याउनुपर्दछ अन्तर्राष्ट्रिय रुपमा प्रयोग हुने साधनमा गल्ती र कमजोरी कहीँ हुनै हुँदैन् -उनले थपिन्- पासपोर्टजस्तो चीज गल्ती गर्दै च्यादै फ्यँक्ने कुरा पनि भएन नि।

Posted by: Narayan Nepal                                Source: newsofnepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.