अफ्रिकाका अश्लील चलचित्रमा कन्डमको प्रयोग हुने


अश्लील चलचित्रमा असुरक्षित यौन सम्पर्कका दृश्य देखाउने क्रममा हालै एक नायकलाई एचआईभी/एड्सको संक्रमण भएपछि अहिले यो क्षेत्र सन्त्रासमा फैलिएको छ । अश्लील चलचित्रका कलाकारहरूको नियमित स्वास्थ्य परीक्षण गर्दा समेत यस्तो संक्रमण देखिएपछि दक्षिण अफ्रिकाका अश्लील चलचित्रका कलाकारले कन्डम प्रयोग गरेर मात्र अभिनय गर्ने भएका छन् ।

विश्वमा एचआईभी/एड्सको संक्रमण तीव्र रूपमा बढिरहेको दक्षिण अफ्रिकामा अश्लील चलचित्रका कलाकारले सुरक्षित यौनसम्पर्कका दृश्यहरू देखाउँदा दर्शकहरूले पनि सोही कुराको नक्कल गरेर आफूलाई सुरक्षित राख्न सक्छन् भन्ने अनुमान कलाकारहरूले गरेका छन् । कन्डमको प्रयोगले यसलाई पनि सुरक्षित राख्छ, अझ कलाकारहरूले कन्डम प्रयोग गरेर अभिनय गरेपछि दर्शकमा सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ ।

दक्षिण अफ्रिकाका कलाकारहरूलाई मात्र लिएर निर्माण हुन लागेको चलचित्र मापोनाका सबै कलाकारले कन्डम प्रयोग गरेको दृश्य मात्र देखाइने त्यसका निर्माताले जनाएका छन् । अहिले दक्षिण अफ्रिकामा वाषिर्क पाँचवटासम्म अश्लील चलचित्र निर्माण हुने गरेका छन् । यसरी निर्माण भएका अधिकांश चलचित्रमा गोरा कलाकार मात्र हुने गरेका छन् । मापोनाका निर्माता ताउ मोरेनाका अनुसार यसमा केबल दक्षिण अफ्रिकाका काला जातिका कलाकार मात्र हुनेछन् । आफ्नै मूलका कलाकारले कन्डमको प्रयोग गरेको देख्दा दर्शकमा सकारात्मक सन्देश जान्छ ।

विज्ञापनहरू मार्फत कन्डमको सन्देश प्रवाह गर्दा दर्शकलाई जबर्जस्ती प्रयोग गर्नु भन्ने हुनसक्छ, तर चलचित्रले मनोरञ्जन दिँदै यस्तो सन्देश दिँदा बढी प्रभावकारी हुने हामीले विश्वास लिएका छौं- मोरेना भन्छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.