Daily Archives: 02/11/2010

स्काई डाइभको परीक्षण उडान सुरु


पोखरा, कात्तिक १५। रोमाञ्चक र साहसिक खेलको रुपमा परिचित स्काई डाइभको पर्यटकीय नगरी पोखरामा आज सफल परीक्षण उडान भएको छ।

alt

एभरेष्ट स्काई डाइभ र तारा एयरको संयुक्त आयोजनामा भएको सो परीक्षणका लागि पोखरा विमानस्थलबाट उडान भरी पोखराको छिनेडाँडास्थित निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटहरु ओर्लिएका थिए। पहिलो उडानमा तारा एयरको पिलाटस पोर्टरमा १४ हजार फिटमाथिबाट हाम फालिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

दिलिपको ओछ्यानमा नम्रता


altकाठमाडौ, कात्तिका १६ । पहिलो पटक डिजे तान्त्रिकसँगको ओछ्यान सेयर गरेर एकदमै चर्चामा आएकी नायिका नम्रता श्रेष्ठले यसपटक नायक दिलिप रायमाझीसँग एउटै ओछ्यान सेयर गरेकी छिन् तर यो रियल जीवनमा हैन चलचित्रको दृश्यमा ।

नायक दिलिप रायमाझीले बनाइरहेको चलचित्र ‘मिस यु‘ का लागि दिलिप र नम्रता जोरपाटीको इन्डोर सुटिङ हाउसको एउटा घरको ओछ्यानमा सुटिङ गरिरहेको अवस्थामा भेटिए । पढ्नेक्रम जारी राख्नुहोस्

सहयोग रकम संकलन गरी मृतकका परिवार पठाईयो


योगेन्द्र जोगी, मलेसिया

उदयपुर जिल्ला कटारी ओखले घर भई विगत ३ वर्ष अगाडि मलेशिया पुगेका जंग बहादुरको अचानक मृत्यु भएपछि उनको परिवारलाई पठाईएको थियो । मलेसियास्थित निजले काम गरेको कम्पनीको नेपाली, भियत्नाम र म्यानमारहरुबाट रकम संकलन गरीएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एकै दिन २७ सयले राहदानी लिए


काठमाडौं, दैनिक राहदानी लिनेहरुको संख्यामा सोमबार अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । नयाँ रेकर्डअनुसार २७ सय जनाले एकैदिन राहदानी लिएका छन् । परराष्ट्र मन्त्रालयका उपसचिव तापस अधिकारीले साचारकर्मीहरुसँग भन्नुभयो- आज २७ सय जनाले राहदानी लिँदै छन् उहाँले थप्नुभयो- यो अहिलेसम्मकै उच्च संख्या हो । गत असोजमा २२ सय जनाले एकैदिन राहदानी लिएको रेकर्ड परराष्ट्रमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

अफ्रिकाका अश्लील चलचित्रमा कन्डमको प्रयोग हुने


अश्लील चलचित्रमा असुरक्षित यौन सम्पर्कका दृश्य देखाउने क्रममा हालै एक नायकलाई एचआईभी/एड्सको संक्रमण भएपछि अहिले यो क्षेत्र सन्त्रासमा फैलिएको छ । अश्लील चलचित्रका कलाकारहरूको नियमित स्वास्थ्य परीक्षण गर्दा समेत यस्तो संक्रमण देखिएपछि दक्षिण अफ्रिकाका अश्लील चलचित्रका कलाकारले कन्डम प्रयोग गरेर मात्र अभिनय गर्ने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दाजुभाइहरूसँग मलाई के को डर ? प्रशान्त तामाङ


दुई वर्षअघि नेपाली मूलका प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन नेपालमा समेत वृहद अभियान चल्यो । प्रशान्त इन्डियन आइडल भएपछि नेपालीको साख विश्वभर फैलन्छ भन्ने सबैलाई थियो । विभिन्न संघ-संस्था तथा समूहले प्रशान्तलाई जिताउन आम नेपालीसँग चन्दा पनि उठाए । उनलाई जिताउन लाखौं रुपैयाँ दार्जीलिङ तथा सिक्किम पठाइयो । एक प्रकारले प्रशान्त तामाङका लागि संसारभरिका नेपाली एकजुट भए । सबै नेपालीको इच्छा पनि पूरा भयो । पढ्नेक्रम जारी राख्नुहोस्