जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “तेश्रो वार्षिक बनभोज-२०६७” बिगतका बनभोजहरु भन्दा भिन्न र थप आकर्षक किसिमको हुनेमा आयोजक समिति विश्वस्त छ । बनभोजको तयारी अन्तिम चरणमा पुगी सकेको र टिकट खरिदको लागि समय केबल ०३ नोभेम्बर २०१०, बेलुकीको ४ बजे सम्म मात्र तोकिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्नु हुन पनि आयोजकले आम कुवेतवासी नेपाली जनसमुदायलाई अनुरोध गर्दै सबैलाई बनभोजको निम्तो दिएको छ । साथै यस बर्षको बनभोजमा निम्न लिखित सुविधा तथा अवसरहरु उपलव्ध भएको पनि आयोजकले जानकारी गराएको छ ।
१) बिहानीको जलपान सहित खानामा ओपन बुफे साथै नास्तामा चिया, कफी आदि ।
२) लक्ष्मी पूजाको दिन परेकोले माता लक्ष्मीको मुर्ती/फोटोमा पूजा गर्ने अवसर ।
३) लक्ष्मी पूजा र महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन/जीबनीमा आधारित संकलित कविताहरु मध्ये छनौटमा परेका कविताहरु स्वयं कविहरुद्वारा वाचन गर्ने अवसर ।
४) बिजेता र उपबिजेता कविहरुलाई Consolation पुरस्कारले सम्मान गर्दै कविको फोटो सहित कवितालाई कुवेतनेपाल डटकममा प्रकाशित गरिने ।
५) चन्दन लिम्बु, राजेन्द्र बिरही, देब लिम्बु, पुर्खा पुन, बि. बि. मल्ल र रत्ना बराल जस्ता कुवेतका लोकप्रिय नेपाली गायकहरुले आ-आफ्ना धमाकेदार प्रस्तुती दिंदै कार्यक्रमलाई थप मनोरन्जनात्मक पार्ने ।
६) समय-समयमा थप मनोरन्जनको लागि साधारण किसिमका खेलहरु खेलाईने जसमा बिजयी प्रतिस्पर्धीलाई Consolation पुरस्कार ।
७) कुवेतका ख्यातिप्राप्त नेपाली डान्सरहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्ने । साथै सबैलाई आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिईने ।
८) बृहत नेपालीहरुसंग भलाकुसारीको अमुल्य अवसर ।
९) कुवेतको मालिया सिटीदेखी बनभोज स्थल ग्रिन आईल्याण्डसम्म र ग्रिन आईल्याण्डदेखी मालिया सिटीसम्म जान-आउनको निम्ती यातायात (बस)को सुविधा । बस छुट्ने समय मालियादेखी -बिहानको ९ देखी १० बजेसम्म र ग्रिन आईल्याण्डदेखी -बेलुकीको ५ देखी ६ बजेसम्म ।
BEST OF LUCK, REALY YOU PEOPLE DOING GOOD JOB, WE WILL BE THERE.
thanks for information & good manegment. i will be there insallah.
afai ayojak bhayera “i will be there insallah” bhanna laaj hudaina ki kaso yar manchhe haru lai ???