Daily Archives: 01/11/2010

राजेश हमाल, करिश्मा मानन्धर, दीपक विष्ट र मीन गुरुङविरुद्ध उजुरी


imageनयाँ पत्रिका, काठमाडौं, १४ कात्तिक । नेपाली चलचित्रका स्थापित अभिनेता राजेश हमाल, नायिका करिश्मा मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रियल जुसमा लेदो र कीरा भेटिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले हालेको उजुरी छानबिनमा रहेकै वेला सर्वसाधारणलाई भ्रमित पार्न विज्ञापन गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमतीले श्रीमानको लिङ्ग काटिदिइन्


केदार ओझा, काठमाडौं

कार्तिक १५, मान्छे रिसको आवेगमा कतिसम्म क्रुर हुनसक्छ भन्ने कुरा राजधानीमा शुक्रवार राति भएको एउटा घटनाले पुष्टि गरेको छ । आपसी असमझदारी बढ्दै गएपछि श्रीमतीले श्रीमानको संवेदनशील अंग मात्रै काटिनन् हात खुट्टा बाँधेर जिउँदै जलाउने प्रयास समेत गरिन् । जँड्याहा श्रीमानले सधैं गर्ने गरेको यौन दुर्व्यवहार खप्न नसकेर ती महिलाले श्रीमानको लिङ्ग काटेको बयान प्रहरीलाई दिएकी छिन् ।  पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कुवेत च्याप्टरको सूचना !!


अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको संयोजकत्वमा आगामी अक्टोवर १२ तारिकको दिन कुवैतस्थित सुकअल कविर पार्कमा एक कार्यक्रमका साथ आयोजना गरि मनाउने कुरा सूचना जारि गरि उक्त संस्थाले जनाएको छ । सूचनामा भनिएको छ कुवैतमा छरिएर रहेका कवि-कवयत्रीहरुको साझा संस्थाको रुपमा रहेको यो साहित्यीक संजालले कुवैतमा रहेका प्रतिभाहरुको खोजी गर्नेका लागि स्थापनाको पहिलो बर्षमा नै कविता प्रतियोगिता गर्ने भएको छ । बिदेशमा पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने क्रममा यो कार्यक्रम गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

यो बर्षपनी राम्रो खबर ल्याउन सकिनं “दिदी”


केशबप्रसाद घोरासैने, कुवेत
 
दिदी वर्षभरी खै के को व्यस्तताले दसैंमा आउन सकिनँ । ढिलै भएपनि तिहारको निहुँमा गाउँ आएको छु । यो पटक बिदेशबाट घर आउँदा पनि नेपालको राजधानी काठमाडौंबाट सुखद समाचार ल्याउन सकिनँ दिदी । दशैंलाई उल्लास र मनोरम बातावरणमा मनाउने, सबै गाउँघर जाने, आमा-बाबु र आफन्तहरुसँग भेट्ने, देश र दुनियाँको भलाकुसारी गर्ने, बिदेश र गाउँको खबर साटासाट गर्दै रमाउने बिचार थियो । ’causeं आफ्नो जन्मथलो छाडेर देश-विदेश गई रोजगारी, अध्ययन अथवा अन्य पेशा अंगालेकाहरु पनि अरुबेला भन्दा दशैंको बेला घर फर्कन रुचाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

बनभोजको तयारी अन्तिम चरणमा: उपलव्ध सुविधा तथा अवसरहरु


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “तेश्रो वार्षिक बनभोज-२०६७” बिगतका बनभोजहरु भन्दा भिन्न र थप आकर्षक किसिमको हुनेमा आयोजक समिति विश्वस्त छ । बनभोजको तयारी अन्तिम चरणमा पुगी सकेको र टिकट खरिदको लागि समय केबल ०३ नोभेम्बर २०१०, बेलुकीको ४ बजे सम्म मात्र तोकिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्नु हुन पनि आयोजकले आम कुवेतवासी नेपाली जनसमुदायलाई अनुरोध गर्दै सबैलाई बनभोजको निम्तो दिएको छ । साथै यस बर्षको बनभोजमा निम्न लिखित सुविधा तथा अवसरहरु उपलव्ध भएको पनि आयोजकले जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्