महत्वकाङ्क्षी प्रचार भित्र भ्रमपूर्ण खेती: मयूरटाइम्स


असफल गौतम, पोखरा

कुनै झण्डामुनी बसेको कार्यकर्ता हैन र म राजनीतिक विश्लेषक पनि । आज अनायासै महत्वकांक्षी र भ्रमपूर्ण भनेर भन्दा कसको नुनपानी खायो अनि सवाल आयो भन्ने लाग्न सक्छ । पोखरामा राजनीति गर्नेहरुको लुछाचुडीको वास्तवीकता ओकेल्दा परिस्थीति तितो बनेर आयो, एउटा समाचारका लागि । स्वयम फोनमा धम्की, कति खाएर लेखेको समाचार अनि आरोप पैसा खाएको । यहाँ पनि त्यस्तै अनुमान हुन सक्छ । ओकेलेका शब्द तिता लाग्नु नौलो प्रयोग हैन र वास्तवीकता पनि यही हो ।
 
समय र परिवर्तन एउटा नियम हो, चाहेर टार्न सकिन्न । नदेखियोस् भनेर वार्न सकिन्न, अन्त्य गर्छु भनेर भाव मार्न सकिन्न । अहिले बेला भएको छैन भनेर सार्न पनि सकिन्न किनकी साश्वत सत्य यही हो । समयको गतिसँगै बग्दै जाँदा कहिले एउटा प्यासीको प्यास मेट्ने पानी बनेर उसका लागि हिरा बनिन्छ । दोबाटोमा चप्लीन पुग्नेका लागि किरा पनि । आफैँलाई थाहा छैन म के भन्ने कुरा, कुनै विश्लेषक, समीक्षक र अग्रज हैन ।

बाल्यकालको काँचुली फेरेर जवानीको भेष धारण गरिरहदा सृजनाको अथाह सागर बनेर बगेको स्रजकको आफ्नै सिर्जनाको छातामुनी बसेर धज्जी उडाईरहेको की कसी लगाईरहेको मूल्याङ्कन गरेर हेर्ने र देख्ने काम पाठकको हो । जुन विषय उठान गर्दै, जसरी भाव व्यक्त गर्दै आउँदा काँचा छन् कि पाक्न खोज्दैछन् । आज कसैका विचारसँग विचार मिल्दैनन् । भोलि अर्कोसँग मिल्न सक्छ त्यही थाहा छ किनकी यी वाग्लेलाई देख्ने आँखाको स्पष्ट हेराई, बुझाई र सिढीँ चढ्नका लागि ईटा हो भनेर बुझेको छ पंक्तिकारले ।

सबैलाई थाहा भएको कुरा हो । कुनै पनि व्यक्ति आलोचित बन्न, भएको कमी कमजोरीहरुमा बोल्न चाहदैनन्, उसको नजरबाट झर्नुपर्छ भनेर । कतै भएको संरचना ठीक हुदाँ पनि बेठिक देख्छन् कोही, किनकी उनको हेर्ने दृष्टिकोण त्यस्तै छ । पहेले रोग लागेकोले हरियो नदेखे जस्तो ।

सच्चा स्रष्टा बन्ने हो भने इमान्दारितापूर्वक गरिएको आलोचनाबाट सिक्न र आफैँलाई विकसित गर्न सक्छौ । आलोचकको आलोचनाबाट निरुत्साहित हुने चरित्रको विकास गर्न सक्नु नै महान हो । सवाल आउँछ प्रकारको । यहाँ याद आयो भरेङ्ग त सकुनी पनि चढेँ, अनि विदुर पनि । कंक्रिटको पनि चढे काठको पनि । को के का लागि चढेँ यो भन्दा बढी भन्नु जरुर छैन ।

ईष्याबाट प्रेरित र स्वच्छ आलोचनाबीचको भेद छुट्टयाउनु नै महत्वपूर्ण हुन्छ । कुशल र असल मान्छेमा यो क्षमताको विकास हुन्छ । समालोचक वा आलोचकको आशय भनेको सही बुझ्नु हो । यदी सफल मान्छेले आँफू को हु भनेर केलाएर हेर्छ भने आफूप्रति गरिएको आलोचना कुन दृष्टिकोणले कसरी उचित, अनुचित ठम्याईदिने व्यक्तिको खाँचो पदैँन ।

साहित्यको विद्यार्थी, सृजनाको कृषक इमान्दारिका साथ भन्नुपर्दा चाहे मान्नुपर्ने कुरा हुन वा मनाउनुपर्ने । राम्रो र नराम्रो भन्ने व्यक्तिको विचारमा फरक पर्छ, देख्ने आँखाहरु त उस्तै देख्छन् । जहाँ त्यो विचारको फरकपना आउँछ त्यसबखत त्यो व्यक्ति छिटो परिचित हुन्छ कि त राम्रो भनेर कि नराम्रो । त्यस्तै विचारको सुमेरु पर्वत बोकेर लामो समय पत्रकारीताका कलम खेलाएका, उपन्यासकार नारायण वाग्ले आफ्नो दोस्रो उपन्यास मयूरटाइम्स लिएर आएका छन् । नेपाली साहित्यको दुनियामा आज नारायण वाग्ले यस्तो व्यक्ति हो भनेर सबै साहित्यकार समक्ष उपस्थित हुन परिचायकको दरकार छैन ।

उपन्यासको क्षेत्रमा सबैको मानसपटलमा सफलता प्राप्त गरेको भन्ने कुरा पहिलो उपन्यास पल्पसा क्याफेबाट नै प्रमाणित भएको छ वाग्लेलाई । अत्याधिक बिक्री भएको, प्रतिष्ठित मदन पुरस्कार र तत्कालीन अवस्थामै स्थापना भएको आख्यान पुरस्कार पनि पाएको कृति । त्यही कृतिकारको अर्को उपन्यास के सो भन्दा ओजिलो र फराकिलो बनेको छ ? आम पाठक समक्ष प्रश्न सोध्न मन लाग्यो यो बबुरोलाई । कपीको विस्तारा लगाएर, कलमको सिरक ओढी, अक्षरको सिरनीमा, मीठो सपनाको कल्पना गरेर, सन्तानको रुप दिदै कृति जन्माउन चाहने एउटा व्यक्तिको नाताले भन्नुपर्दा उपन्यासको दृष्टिबाट सर्वांग पूर्ण भएन भनेर म दोष दिन्न । लेखकमा प्रतिभा, कलममा नेपालीकरणको चित्कार अनि पत्रकारिताको प्रसस्त अनुभव पनि । यसको अर्थ सफल साहित्यकारमा हुनुपर्ने गुणको कमी छ भन्न पनि सकिंदैन वाग्लेमा । हुनसक्छ आफ्नो लेखनमा धेरै उपकथाहरुलाई उचित रुपमा प्रयोग नभएको । उपन्यासीक कौशल र दक्षतामा रहेका झिना कसुर छयाँक्न अझैँ कपडछान नभएको तर सफल साहित्यकारमा हुनुपर्ने गुणरहित भन्न खोजेको हैन ।

तर मैले पल्पसा क्याफेका लागि खर्चेको २५० रुपैयाँमा पूर्ण रुपमा सन्तुष्ट थिए । आज मयुरटाइम्सका लागि गरेको लगानीबाट आफै डुबेको मूल्याङ्कन गरे । प्रतिफल स्वरुप अक्षर पारेर चुक्ता गरेको ठानेको छु । आफन्तको मृत्युको कारण रातभरी कुरुवाको लागि बसेको बेला नागरिक दैनिकको भित्री पृष्ठमा ठूलो विज्ञापन र त्यसका ’boutमा लेखेका कुरा मेरो अध्ययनको मसिनो विषय बन्यो, रातको समय बिताउनका लागि । भोलिपल्ट मलाई मेरो लाईव्रेरीमा मयूरटाईम्सको अभाव खड्केको भन्दै मेरो एक दिनको कमाई लगानी गरे । के का लागि ? केही सिकौं, आफ्ना चेलालाई केही सिकाउन पाउँ भनेर । जव अध्ययन गरेर सके अभाव खड्कियो । दिनभरी मर्यादाले मारमा पारेको पेशामा रहेर चक र डस्टरको धुलो खाएर भोको पेटमा कराएको एक दिनको मेरो कमाई सही ठाउँमा सदुपयोग भएन भनेर । जहाँ वास्तवीकताको नुतन रहेछ, छलङ्ग भयो महत्वकांक्षी प्रचारमा भ्रमपूर्ण खेती भनेर ।
भाषा मैले बुझ्न सकिन भन्छु आज । त्यसमा भनिएको पल्पसा क्याफेका लेखकको मयुरटाइम्स । त्यो जत्तिको ओजपुर्ण छैन भनेर पहिल्यै जानकारी त गराएको रहेछ ।

खाल्टोमा परेपछि लाटोले चाल पाउछ भनेजस्तो भयो बल्ल । संक्रमणकालीन दुई अवस्थाको जस्ताको तस्तै चित्रण गरेको अनि त्यस आगोबाट सल्केको मधेस आन्दोलनलाई समेट्दै म त मारिन सक्छु भनेर उपन्यासको शुरुवात गर्नु नै त्यो अवस्थाको चित्रण हो । मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गर्ने एउटा मधेशी पात्र पराग यादवलाई मूल पात्रको रुपमा ल्याईएको छ । पत्रकारिता विषय (मास्टर कम्युनिकेशन) मास्टर्स गरेर बंैकमा जागिरे बनेको दैनिकीको उठान गरेर जो कसैमा सञ्चार माध्यमको जोखिम मोल्न सक्ने अठोट र साहस हुदैन भनेर पेशा अपनाउन नसकेर भाग्ने गरेको यथार्थतालाई देखाउँदै विडम्बनाको चित्रण गरिएको छ । केही गर्नका लागि कसैको साथ चाहिन्छ भन्ने प्रसङ्गलाई छलङ्ग पार्दै बालसखा लिसराको आगमन पश्चात मयूरटाइम्स पत्रिकाको दैनिकी शुरुवात भएको देख्न पाईन्छ ।

मयूरनगरमा जो यस्तो पत्रकारिता गरेका छन् । आफ्नो कब्जामा परेको जुनसुकै विषयवस्तुहरु हुन् जसलाई कलमले ओकेलेर मात्र हैन वौद्धिकताको कसी लगाएर पनि त्यसको शल्यक्रिया गर्न सकिन्छ र विवेकको प्रयोग गनुपर्छ भन्ने उसको मास्टर्स कम्युनिकेशनको शुत्र लागेको छ । पत्रिका पनि त्यही रुपमा चलेको छ, त्यो सञ्चारको राम्रो पक्षलाई उजागर गर्न खोजिएको हो । त्यस्तै तथ्यपूर्ण समाचारको विषयवस्तुमा रहेर पाइला चाल्दै गर्दा त्यहाँ भूमिगत रुपमा अर्कालाई डसिरहेको दुस्मनको शेखी झारिएको छ । भनौँ गिरोहको नाइके शिवदास नियम र कानुनको फन्दामा परेको छ । विस्तापित मिस महिमाको प्रसङ्ग हाम्रो जनजीवनमा आईलागेका ति विगतका ताजा उपहार हुन् । कसैले बिर्सन सकेका छैनन् । त्यसको चर्चा गरिरहनु पर्दैन, इतिहास साँच्ची छ । यहाँ प्रेम प्रसङ्गको रुप हेर्दा मयुरटाइम्स र पल्पसा क्याफेमा देखाईएको उही छनक आएको छ । पात्र फरक गन्ध उही भन्दा सच्चा न्याय हुन्छ । यहाँ महत्वकांक्षी प्रचार र भ्रमपूर्ण खेती कसरी भयो भन्ने केही बुदाँमा समीक्षा गर्दैछ यो पाठकलेः

–आवरण मै पल्पसा क्याफेका लेखकको मयूरटाइम्स नभनेको भए जहाँ अध्ययन पश्चात सबैलाई स्पष्ट हुने थियो । यो कृतिको क्षमता कती छ भनेर, यदि त्यो भन्दा असल कृति जन्मेको भए यसो भनेर चिनाईरह्न पर्ने थिएन । जहाँ लेखक स्वयमले स्विकार गरी त्यो बाक्य राखेकोमा सरहाना व्यक्त गर्नै पर्छ चलाखीपनको ।

–पराग यादवलाई उत्कृष्ट बनाएर यहाँ मधेसी समाजलाई उचाल्न खोज्नु, मुख बन्द गरेको छोरी मान्छेको तस्वीर स्वरुपमा कभर डिजाईन गर्नु अवश्य पनि मर्यादीत पत्रकारीता हैन होला जस्तो लाग्छ । त्यसको अलवा कलम र कपि मात्र भएपनि राम्रो हुने थियो ।

–सबै आमाबाबुलाई आफ्ना सन्तान राम्रा लाग्छन् स्वभाविक हो । तर जो स्वयम र्सजकले त्यत्रो चर्चा परिचर्चा गरेर ठूला–ठूला होर्डिङ्बोड राखेर गरेको प्रचारको खेती देख्दा साँच्चै “गाई पनि मर्नु दाम्लो पनि पर्नु” बाहेक अरु केही भएको छैन । यसमा कसैको दुई मत रह्दैन र पश्चातापको समय पनि कुनै दिन स्वयम आउने छ । मैले त्यसको हैसियत भन्दा बढी गरे भनेर ।

–चिनारीमा पाँच वर्षदेखि बेस्ट सेलर हुँदै आएको र अन्य भाषामा ठाउँठाउँबाट छापिदैछ भनेर आफ्नो प्रचार आफैँले गर्नु, आफैँले आफैँलाई राष्ट्रपती घोषणा गरे सरह बाहेक अरु केही हैन । त्यो भन्दा कुनै साहित्यिक स्रष्टाको भनाई ठीक हुने थियो । पल्पसा क्याफेमा इन्द्रबहादुर राईले भनेका थिए ।

–काठमाण्डौँ बाहिरबाट सङ्घर्षपूर्ण पत्रकारिता गरिरहेका सहधर्मीहरुको साहस र समपर्णको सम्मान गर्न मैले यही कथा रोजे भनेर निश्चित घेरालाई मात्र समेट्दा के हामी जस्ता पाठकका लागि हैन । थोपा मिलेर नै सागर बन्ने हो जस्तो लागेको छ यो पंत्तिकारलाई भनेर स्रजकसँग सोध्न मन लागेको छ ।

–पत्रकारिता पेशाको सम्मान भन्दै आफ्नो मन्तव्य फुकेर समपर्णमा प्रिय नीतिका र छोरीलाई भन्दा नसुहाएको हो की ? त्यसमा पनि ध्यान गएको भए राम्रो हुने थियो ।

–बीस परिच्छेदमा संरचित उपन्यास एक हिसावले शुन्यमा टुङ्गिनु राम्रो हैन जस्तो लाग्छ ।

–एकै पटकमा दश हजार प्रकाशित भन्दै प्रकाशित प्रति नराख्दा विश्वसनीयता छैन, जसले सुने, नागरिक पढेँ तिनले थाहा पाए अरुले जानकारी पाउनु नराम्रो कुरा अवश्य हैन र उसको अधिकार पनि हो जस्तो लाग्छ ।

–बतास चलेपछि उल्लुको डरले काग आफैँ परपर हुन्छन् भनेर अन्त्य गर्न खोज्नाको कारण गौण छ अब कस्तो बतास चल्ने हो भनेर ।
पाटा अनेक छन् । तर राम्रा पाटा भनेर फुक्न पर्दैन राम्रो त्यसै राम्रो छ जसरी जोठोबुढो चामलको भात घरमा पाक्यो भने सबैतिर बसाउँछ त्यस्तै । हेर्ने आँखाले दोष छिटो पत्ता लगाउँछ । तर पाठक नारायण वाग्लेबाट आएको दोस्रो कृतिबाट अवश्य सन्तुष्ट छैनन् र ति असन्तुष्टिका आवाज बाहिर पनि आउँदैनन् ।

अन्तमाः राम्रा कुरा आफै राम्रा छन् । नराम्रो भित्रका राम्रा पक्ष र राम्रा भित्र अझ राम्रो बनाउन पत्ता लगाउँन पर्ने कुरा भनेकै नराम्रा पक्ष केलाउनु र्सजकका लागि, र सिर्जना प्रतिको सही मूल्याङ्कन हो । लेखन कला आफैमा चुनौती हो । सम्भाव्यताका मुनाहरु पलाएका थिए । आज ओईलाएर जाने वातावरणको सृजना भईसकेको छैन । आगामी दिनमा त्यो हुदैन होला । सरल भाषा शैली र कथाहरुको उपज अत्यन्त राम्रो बनेको छ । उठान गरेका हरेक प्रसङगले सेवा समाज सुहाउदो अतुलनिय नै छ । समस्याको जालो जहाँ पनि हुन्छ पन्छाउदै बढेका पाइलाहरु सफल रहुन । यो सुकाएको विस्कुन उठाउने बेला भन्दा अगाडी पनि रेखदेख गर्न वाग्ले बेलाबेलामा आउनु पर्छ । तसर्थ समय समयमा देख्न पाऊँ यसै गरेर यही शुभकामना ।

कृतिः मयुरटाइम्स उपन्यास
विधाः उपन्यास
पृष्ठः २३२+६#२३८
प्रकाशकः नेपालय

Posted by: Jay Ale

One response to “महत्वकाङ्क्षी प्रचार भित्र भ्रमपूर्ण खेती: मयूरटाइम्स

  1. गौतम जी म तपाईंको शहर पोखरामै भएर पनि आज सम्म यो लेख अध्ययन गर्न सकिन यो मेरो कमजोरी हो । तर आज पढेपछि मलाई केही लेख्न मन लाग्यो । तपाईंको भविवष्य असल छ साहित्यमा भन्ने यही बाट प्रष्ट भएको छ यसमा कसैको दोहोरो मत आउने सम्भावना मैले देखेको छैन। लेख्दै जा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.