सगरमाथाको शिखरमा मोबाइलको घण्टी


mount_everestएडमण्ड हिलारी सन् १९५३ मा जब विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगे त उनले आफ्नो सफलताको सन्देश संसारभर पुर्‍याउनका लागि नजिकको हुलाक कार्यालयमा आफ्ना दूत पठाएका थिए । तर केही वर्षदेखि पर्वतारोहीहरुले बाहिरी संसारसँग सम्पर्क गर्नका लागि स्याटेलाइट फोनको प्रयोग सुरु गरेका छन् ।

खुसीको कुरा अब विश्वकै सर्वोच्च शिखर सगरमाथामा पनि मोबाइलको घण्टी बज्ने भएको छ । र इन्टरनेटको माध्यमबाट पर्वतारोहीहरुले संसारसँग आफ्नो अनुभव बाँड्न सक्ने भएका छन् । नेपालको निजी दूरसंचार कम्पनी ‘एनसेल’ ले एभरेष्ट बेसक्याम्प जाने बाटोसम्म ३जी स्टेशन खडा गरेपछि विश्वको सर्वोच्च शिखर सगरमाथामा मोबाइलको घण्टी बज्ने भएको हो ।

एनसेलका अनुसार सबैभन्दा उच्च स्टेशन ५२०० मिटरमा लगाइएको छ। कम्पनीले हरेक वर्ष सगरमाथा क्षेत्रमा पैदल यात्रा गर्नका लागि आउने हजारौ पर्यटकले यो सेवा लिने आशा गरेको छ। एनसेलका अनुसार उसको नयाँ नेटवर्कबाट पर्वतारोहीहरुको कार्यशैलीमा फरक पर्नेछ । उनीहरुले पहाड चढ्दै गर्दाका बेला मौसम र सुरक्षाको जानकारी लिन सक्ने छन् ।
जहाँ कयौ मानिस एभरेष्टमा रहेर पनि बाहिरी संसारको सम्पर्कमा रहन पाउने मौकाको स्वागत गरिरहेका छन् भने केहीका अनुासर पहाडलाई संसारबाट अलग राख्नु नै आरोहणको सुन्दर पक्ष हो भन्ने पनि छन् । उनीहरुका अनुसार संचारको दखलले त्यहाँको विरानोपनमा कमी आउनेछ । जुन पहाड, जंगल र हिमालको विशेषता हो ।

एभरेष्टसम्म प्रविधिको तार पुगेकोमा खुसी नभएकाहरुका लागि एनसेलका कार्यकारी अधिकारी पासी क्वाइस्टनेनको आफ्नै तर्क छ। उनका अनुसार यो प्रविधि फाइदाजनक छ या छैन यो त पर्वतारोहीहरुले भन्दा अरु कसैले बुझ्न सक्दैन । तर यो निश्चित रुपमा हो कि जहिले पनि हामी पर्वतारोहीको यस्तो फिल्म हेर्दछौ जसमा उनीहरु विरानो पहाड, हावाहुरीका कारण फस्छन् तब दृष्य हेरेरपछि महशुस हुन्छ कि प्रविधि पर्वतारोहीहरुको ठुला समस्याहरुलाई पनि सहज बनाउन सक्दछ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.